• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बागमतीमा लक्ष्यभन्दा नौ अर्ब ४३ करोड कम राजश्व संकलन

by
१४ साउन २०८०,
0
उपचारका लागि आर्थिक सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा– बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७९/८० मा राजश्व असुलीमा कमी आएको छ । गत आवमा प्रदेशमा लक्ष्यभन्दा नौ अर्ब ४३ करोड कम राजश्व संकलन भएको छ ।

बागमती प्रदेश लेखा नियन्त्रक कार्यालय, हेटौँडाका कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार प्रदेश सरकारले गत आवभन्दा १७ प्रतिशत कम राजस्व संकलन गरेको छ । प्रदेश सरकारले आव २०७९/८० मा रु ५५ अर्ब ३१ करोड राजस्व संकलनको अनुमान गरेकामा रु ४५ अर्ब ८८ करोड संकलन गरेको उनले बताए। ‘शीर्षकको हिसाब मिलानको काम बाँकी रहेकाले केही राजस्व बढ्न सक्छ’, प्रमुख उपाध्यायले भने । प्रदेश सरकारले विभिन्न आयस्रोत र गत वर्षको नगद मौज्दातसहित रु ७० अर्ब ९३ करोड प्राप्त हुने अनुमान गरेको थियो ।

प्रदेश सरकारले गत आवको सुरुआतसम्ममा नगद मौज्दातसहित रु ७७ अर्ब ८२ करोड संकलन गरेको थियो । त्यसैगरी प्रदेश सरकारले सो आर्थिक वर्षमा संघीय र स्थानीय तहबाट बाँडफाँड हुने राजस्वअन्तर्गत अनुमानभन्दा २६ प्रतिशत कम प्राप्त भएको प्रमुख उपाध्यायको भनाइ छ । संघीय र स्थानीय तहबाट बाँडफाँड हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोतलगायतका राजस्वमार्फत अनुमानको ७४ प्रतिशत मात्र संकलन भएको छ । सो शीर्षकअन्तर्गत रु २८ अर्ब ४५ करोड राजस्व संकलनको अनुमान गरिएकामा आर्थिक वर्षको अन्त्यसम्ममा रु २१ अर्ब चार करोड मात्र संकलन भएको उनले बताए ।

यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणअन्तर्गत रु २१ अर्ब चार करोड प्राप्त हुने अनुमान गरिएको थियो । तर, आर्थिक मन्दीका कारण संघीय सरकारले बजेट कार्यक्रम कटौती गर्दा केही कार्यक्रम फिर्ता भएको प्रमुख उपाध्यायले बताए। उक्त कार्यक्रम फिर्ता हुँदा प्रदेश सरकारले वित्तीय हस्तान्तरणअन्तर्गत रु १७ अर्ब ९९ करोड प्राप्त हुने अनुमान गरिएकामा शतप्रतिशत रकम प्राप्त नभएको उनको भनाइ छ ।

आन्तरिक स्रोतअन्तर्गत वन, सञ्चार तथा विभिन्न साना तथा घरेलु उद्योग दर्ता, नवीकरण र सेवा सुविधाअन्तर्गत आर्थिक वर्ष २०७९(८० मा चार अर्ब ७४ करोड रुपैयाँ आय संकलन हुने अनुमान गरेको थियो । प्रदेश सरकारले आन्तरिक स्रोतमार्फत बागमती सभ्यता तथा नारायणी राप्ती सभ्यतासहित अनुमान गरिएको उक्त रकममध्ये सो आवमा रु पाँच अर्ब ९९ करोड आय संकलन गरेको छ ।

प्रदेश सरकारले सो आर्थिक वर्षमा अनुदान फिर्ता, बेरुजुलगायतका शीर्षकमार्फत एक अर्ब पाँच करोड रुपैयाँ आय संकलनको अनुमान गरेकामा आर्थिक वर्षको अन्त्य असार मसान्तसम्ममा रु एक अर्ब ४४ करोड आय संकलन गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

घरजग्गा रजिस्ट्रेसनमा ४० प्रतिशत घट्यो राजस्व

आर्थिक मन्दीको असरका कारण प्रदेश सरकारले संकलन गर्ने विभिन्न शीर्षकका राजस्व तथा दस्तुरमा गिरावट आएको छ । प्रदेश सरकारको राजस्वको मुख्य स्रोत नै घरजग्गा रजिस्ट्रेशन ९मालपोत० र सवारीसाधन कर रहेको छ । दुवै शीर्षकमा गत आर्थिक वर्ष २०७९(८० को असार मसान्तसम्ममा घरजग्गा रजिस्ट्रेशन शीर्षकअन्तर्गत अनुमानभन्दा ४० प्रतिशत कम राजस्व संकलन गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

घरजग्गा रजिस्ट्रेशन शीर्षकअन्तर्गत प्रदेश सरकारले रु सात अर्ब ८५ करोड राजस्व संकलनको अनुमान गरेकामा रु पाँच अर्ब ४७ करोड मात्र प्राप्त भएको छ । प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथ नवीकरणअन्तर्गत गत आवमा अनुमानभन्दा २५ प्रतिशत कम राजस्व संकलन गरेको छ । उक्त शीर्षकमा रु सात अर्ब २५ करोड राजस्व संकलनको अनुमान गरेकामा रु छ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

त्यस्तै प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु आठ अर्ब २८ करोड प्राप्त हुने अनुमान गरेकामा ७५ प्रतिशत आय संकलन भएको छ । अन्तःशुल्क करबापत कूल अनुमानको ७० प्रतिशत आय संकलन भएको कार्यालयले जनाएको छ । उक्त शीर्षकमा रु तीन अर्ब ५५ करोड राजस्व प्राप्त हुने अनुमान गरिएकामा रु दुई अर्ब १४ करोड मात्र प्राप्त भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत कूल रु आठ अर्ब ४० करोड प्राप्त हुने अनुमान गरिएकामा रु सात अर्ब ३५ करोड प्राप्त भएको छ । स्थानीय तहबाट संकलित प्राकृतिक स्रोत उत्खननबापतको करबापत रु एक अर्ब प्राप्त हुने अनुमान गरिएकोमा रु ६६ करोड करोड प्राप्त भएको छ ।

गत आवमा प्रदेश सरकारको कूल अनुमानित बजेटभन्दा राजस्व संकलन र नगद मौज्दातसहितको आय भने बढी देखिन्छ । सो आर्थिक वर्षमा प्रदेश सरकारले कूल बजेटभन्दा अनुमानित आय करिब सात अर्ब बढी संकलन गरेको कार्यालयको तथ्यांक छ । चालु आर्थिक वर्षमा नगद मौज्दातमा रु ३१ अर्ब ९४ करोड प्राप्त भएको तथ्यांकमा उल्लेख छ । विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयन हुन नकसकेका कारण रकम फिर्ता भई प्रदेश सञ्चिती कोषमा सो रकम जम्मा भएकाले कूल आम्दानी अनुमानभन्दा छ अर्ब ८९ करोड बढी देखिएको हो ।

Previous Post

विषालु च्याउ खाँदा रोल्पामा एक जनाको मृत्यु

Next Post

गृहमन्त्री श्रेष्ठमाथि ओलीको आरोपैआरोप, संसद् तत्काल नखुल्ने संकेत

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
गृहमन्त्री श्रेष्ठमाथि ओलीको आरोपैआरोप, संसद् तत्काल नखुल्ने संकेत

गृहमन्त्री श्रेष्ठमाथि ओलीको आरोपैआरोप, संसद् तत्काल नखुल्ने संकेत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In