इटालीका महान् चित्रकार एवम् कवि रोजिनी निकै गरिब थिए । उनले जसोतसो आफ्नो जीवन व्यतीत गर्दै आएका थिए । एक पटक उनले सरकारले एक करोड फ्राङ्कमा उनको प्रतिमा बनाएर सार्वजनिक स्थानमा राख्दै छ भन्ने थाहा पाए ।
उनले तत्कालै सरकारलाई पत्र लेख्दै भने –‘अहिले म आफू जीवित रहेकाले एक करोडको बदला १० हजार फ्राङ्कमात्र दिए म आफै आएर प्रतिमाको बदलामा त्यस ठाउँमा खडा हुने थिएँ । भोको मानिसलाई इज्जतको भन्दा खाने चिजको महत्व बढी हुन्छ ।’
सरकारले आफ्नो निर्णय बदल्यो र रोजिनीको आर्थिक सुधार गर्नेतर्फ ध्यान दियो ।
साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट













