• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

    सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस कारण आवश्यक छ टीकापुरमा कृषि अनुसन्धान केन्द्र

by
९ साउन २०८०,
0
यस कारण आवश्यक छ टीकापुरमा कृषि अनुसन्धान केन्द्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । कैलालीको टीकापुरमा बहुआयामिक प्रदेशस्तरीय कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि पहल थालिएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना र दुई कृषि क्याम्पस स्थापना भएसँगै टीकापुरलाई कृषिको ‘हब’का रूपमा विकास हुँदै गएको छ ।

कैलाली क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य रुपा सोसी चौधरीले कृषि भण्डारका रूपमा रहेको यस क्षेत्रमा कृषिको अनुसन्धान गर्दैै उत्पादन बढाउनका लागि कृषि अनुसन्धान केन्द्र स्थापना हुनुपर्ने बताएका छन् । उनले भने, ‘कृषिमा सम्भावना बोकेको क्षेत्र भएका कारण पनि अनुसन्धान केन्द्र स्थापना गर्नु आवश्यक छ ।’

राष्ट्रियसभा सदस्य गरिमा शाहले कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याइन् । ‘अनुसन्धानकै माध्यमबाट सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिन्छ’, उनले भनिन्, ‘त्यसका लागि हामीले गर्नुपर्ने काम हामी गर्छौँ । त्यसमा ऐक्यबद्धता सबैको चाहिन्छ ।’

नेपाल कृषि अनुसन्धान परिषद्का बाली निर्देशक डा। कृष्णकुमार मिश्रले सुदूरपश्चिममा कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि धेरै प्रयास यसअघि पनि भएको जानकारी दिए । सबै दृष्टिकोणले टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्न राम्रो हुने उनको धारणा छ । ‘टीकापुरमा दुई कृषि क्याम्पस स्थापना भएका छन् । राष्ट्रिय गौरवको आयोजना यहीँ छ । कृषि क्षेत्रमा टीकापुरले सम्भावना बोकेको छ’, उनले भने, ‘हामी बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्न तयार छौँ । त्यसका लागि आवश्यक जग्गाको व्यवस्थापन स्थानीय सरकारले गर्नुपर्छ ।’

परिषद्ले नगरपालिकासँग दुई सय ३५ बिघा जग्गा माग गरेको छ । उसले पहिलो चरणमा स्थापनाका लागि ७५ देखि एक सय बिघा जग्गा आवश्यक पर्ने बताएको छ । ‘जग्गा आवश्यकताका आधारमा चाहिने कुरा हो । तत्कालका लागि ७५ देखि एक सय बिघा जग्गा आवश्यक हुन्छ’, निर्देशक मिश्रले भने, ‘भोलि क्षेत्र जति बढ्दै गयो त्यसैअनुसार जग्गाको खपत बढ्दै जाने हुनसक्छ ।’ सरकारले चार वर्ष अगाडि नै सुदूरपशिममा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरिसकेको थियो ।

सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा अम्माराज जोशीले कृषि अनुसन्धान केन्द्र स्थापनाले समग्र सुदूरपश्चिममा कृषि क्षेत्रको विकास हुने जानकारी दिए । उनले एउटा फलफूलको बिरुवाका लागि भारतीय बजार पुग्नुपर्ने बाध्यता रहेको बताउँदै अनुसन्धान केन्द्रले काम गर्न सके भारतीयहरू नेपाली बजारमा आएर खरिद गर्ने स्थिति बन्ने बताए । ‘ीकापुरका बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापना हुँदा त्यसको सबैभन्दा बढी फाइदा विश्वविद्यालयले लिनेछ । किनभने विश्वविद्यालयको कृषि विज्ञान सङ्कायको डिन कार्यालय टीकापुरमा छ र त्यहाँ ६७ जिल्लाको बिद्यार्थी अध्ययन गर्छन् । उनीहरूका लागि बलियो सिकाइ केन्द्र बन्न सक्छ ।

टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्न आवश्यक रहेको बताए । उनले भने, ‘अहिले टीकापुरमा दुई क्याम्पसमा कृषिको अध्ययन हुँदै आएको छ । त्यससँगै तीन वर्षीय बाली विज्ञानको अध्ययन–अध्यापन पनि टीकापुरमा हुन्छ । त्यतिमात्र नभई, कृषि, पशु र वन विज्ञानको समेत अध्यापन हुने हुँदा त्यो जनशक्तिलाई स्थानीय क्षेत्रमा आबद्ध गराउनका लागि पनि केन्द्र निकै उपयोगी हुनेछ ।’

टीकापुर नगरपालिकाका उपप्रमुख खड्क शाहले बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि टीकापुर एक ठाउँमा उभिने बताएका छन् । उनले कृषिबाटै देश समृद्ध बनाउन पनि कृषिमा आधुनिकीकरण आवश्यक हुने बताउँदै त्यसका लागि अनुसन्धान केन्द्रले टेवा पुर्याउने विश्वास व्यक्त गरे । ‘नगरपालिकाले गर्ने काममा समग्र टीकापुरको ऐक्यबद्धता चाहिन्छ । यसमा सबैले केन्द्रको आवश्यकता महसुस गर्नुभएको छ’, नगर उपप्रमुख शाहले भने, ‘अझै आवश्यक छलफल र बहसमार्फत कृषि अनुसन्धान केन्द्रको स्थापनाका लागि नगरपालिका लागेको छ र लाग्ने छ । आशा गरौँ केन्द्रको स्थापना हुन्छ ।’

सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका डिन लालप्रसाद अमागाईले कृषि विकासको मेरुदण्ड भएको जनाउँदै कृषि अनुसन्धान केन्द्रको स्थापनाले विश्वविद्यालयमा बिद्यार्थीको संख्यामा वृद्धि हुने अपेक्षा गरे । उनले कृषिका लागि सबै कुराले परिपक्व बन्दै गएको टीकापुर कृषि अनुसन्धान केन्द्रको स्थापनापछि पूर्ण हुने बताए ।

Previous Post

नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

Next Post

कमला नदीमा पुल बनेपछि स्थानीयलाई सहज

सम्बन्धित खबर

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

९ बैशाख २०८३,
१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट
फिचर-ब्यानर

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

९ बैशाख २०८३,
दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम
फिचर-ब्यानर

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

९ बैशाख २०८३,
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
फिचर-ब्यानर

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

९ बैशाख २०८३,
ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक
समाचार

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

९ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

९ बैशाख २०८३,
Load More
Next Post
कमला नदीमा पुल बनेपछि स्थानीयलाई सहज

कमला नदीमा पुल बनेपछि स्थानीयलाई सहज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In