• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बर्खा लागेपछि भजनीका नागरिक बाढीको त्रासमा

by
१ साउन २०८०,
0
बर्खा लागेपछि भजनीका नागरिक बाढीको त्रासमा

af9Ln] ;'/lIft :yfgdf ;b}}{ ehgLsf gful/s 6Lsfk'/, ! c;f]h nuftf/ tLg lbg;Dd jiff{ ePkl5 cfPsf] af9Ln] hndUg ePkl5 x'nfsL ;8sdf ;b}{ u/]sf ehgLsf :yfgLo . ehgLsf ;a} j8f 8'jfgdf k/]sf 5g . ehgLdf ;of}F kl/jf/ ;8sdf ;/]sf 5g . t:aL/ M b'uf{ b]jsf]6f /f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । बर्खा लागेपछि कैलालीको भजनीका नागरिकलाई बाढीको त्रासले सताउने गरेको छ । भजनीमा हरेक वर्ष बर्खामा आउने बाढीले हजारौँ नागरिक विस्थापित हुनुका साथै धनजनको क्षति हुने गर्दछ ।

बाढीले भजनीका प्रायः सबै वडा प्रभावित हुन्छन् । बाढीले बढी जोखिममा वडा नं ३ र ८ रहेका छन् । पछिल्ला दुई वर्ष यी दुई वडामा धेरै क्षति भएको छ । भजनीकी सुनितादेवी राजी बर्खा लागेपछि राम्ररी सुत्न सकेकी छैनन् । उनलाई सामान्य वर्षा हुँदा पनि बाढी आउँछ कि भन्ने पिरले सताउँछ । पानी पर्न थालेपछि सुनिताले अत्यावश्यक सामानको पोको पार्न थाल्छिन् ।

गत वर्ष बाढी आउँदा एक वर्षको बच्चासहित विस्थापित भएकी थिइन् । केही दिन स्नेह आश्रयस्थलमा बच्चासहित बसेकी सुनिताको घरखेत सबै बगेपछि साहै्र कठिन भएको थियो । यस वर्ष पनि सुनिता बाढीको त्रासमा छिन् । ‘पोहोर आएको बाढीले घरखेत बगाउँदा सानो बच्चा बोकेर भागेको बिर्सेकी छैन’, उनी भन्छिन्, ‘घर छोडेर एक साता आश्रयस्थलमा बसेका थियौँ, अहिले बच्चा दुई वर्षको भयो । यस वर्ष पनि ठूलो वर्षा भएमा घर जोगिने छैन ।’

सुनिताको घरमा बाढी आउने त्रासले अत्यावश्यक सामान पोको पारेर राखिएका छन् । धेरै वर्षा भएमा सुरक्षित स्थानमा जानुपर्छ भनी उनीहरु पूर्वतयारीमा बस्ने गरेका छन् । ‘गत वर्ष घरका केही सरसामान पनि रहेनन्, हरेक वर्ष जोडेको सामान त्यही पानीमा मिसिन्छ’, उनी गुनासो गर्छिन्, ‘अन्त जाने ठाउँ पनि छैन, बाढीले हरेक वर्ष सबै बगाएर सक्छ ।’

वडा नं ८ का खेमराज जैसी पनि बाढीले अघिल्ला वर्ष आँखैअगाडि मानिस बगेको बिर्सेका छैनन् । बादल गड्गडाउन थालेपछि खेमराजको मन पनि बिचलित हुन्छ । खेमराज र उनका छिमेकी ठूलो वर्षा भएपछि भाग्नुपर्छ भनी पूर्वतयारीमा बस्ने गरेका छन् । ‘जब बादल लाग्छ, आकाश गड्गडाउन थाल्छ, मन निकै बिचलित हुन्छ’, उनी भन्छन्, ‘वर्षा नभए खेतीपाति राम्रो हुन्न तर हामीलाई थाहा छ तर बाढीको त्रासले पानी नै नपरोस् भन्ने लाग्छ ।’

गत वर्षको बाढीले वडा नं ८ का सबै टोलमा क्षति पुगेको थियो । बाढीले वडा नै तहसनहस भएको थियो । ‘बाढी नआएको कुनै वर्ष छैन, कुन वर्ष कति क्षति भयो भन्ने मात्र हो’, उनी भन्छन्, ‘गत वर्ष त धेरै क्षति भयो । बाढीबाट बच्न भागिरहेका मानिस बाढीमै मिसिए, त्यसैले यस वर्ष हामी बढी त्रासमा छौँ ।’

भजनीकी पुष्पा राजी पनि गत वर्ष बाढी आउँदा गर्भवती थिइन् । बाढीले पुष्पाको पनि घरखेत बाढीले बगाएको थियो । बाढीपछि उनी पाँच दिन स्नेह आश्रयस्थलमा गएर बसेकी थिइन् । उनले त्यो बेला भोगेका पीडा भुलेकी छैनन् । अहिले पनि उनलाई बाढी आउँछकी भन्ने त्रासले सताइरहन्छ । ‘गर्भवती थिए, हिँडडुल गर्नै गाह्रो भइरहेका बेला बाढीले घर बगायो, घर छोडेर आश्रयस्थलमा बस्नुपर्‍यो’, पुष्पाले भनिन्, ‘आश्रयस्थलमा त खान, बस्न समस्या भएन, घर फर्केपछि बगेको घर पुनर्निर्माण, खाद्यान्न अभाव जस्ता कुराले सतायो ।’

पुष्पाको बच्चा अहिले आठ महिनाको छ । पुष्पालाई बाढीको डर रातिको समयमा बढी लाग्छ । ‘सुतेको बेला बाढी आएर थाहै नपाइ बगिन्छ कि भन्ने डर लाग्छ’, उनी भन्छिन्, ‘दिउँसो भए त भाग्न सकिन्छ, राति बच्चासहित भाग्न पनि कठिन हुन्छ ।’ भजनीमा वडा नं ८ को कृष्णनगर, काढाढिक, सोनाफाटा, जनकपुर, खैरागोड्चौरा, छच्छरहवा, बहादुरपुर, दैलेखीटोल, भर्खान टोल, कालिका टोल बाढीको जोखिममा रहेका टोल हुन् ।

त्यस्तै वडा नं ३ को बर्दवाफाटा, नयाँबस्ती, ढुसी, पकरिया डाडा, जवलपुर, कन्हैयापुर, कसुमघाट, वडा नं ५ को कौवाखेडा, दुदुवाफाटा, पगियापसार, कर्मदेव, लालबोझी, ७ को चर्रा, हिम्मतपुर, २ को पल्टुपुर, मोहनपुर र कटानपुर, वडा नं ४ र ९ को कुडीमा समेत बाढीले क्षति पुर्‍याउने गरेको छ ।

भजनीमा पथरैया, मोहना, काढा र कन्द्रा नदीले क्षति पुगाउने गरेको छ । नगर प्रमुख केवल चौधरी पूर्वतयारीका कार्य भइरहेका, विपद् व्यवस्थापन समितिसँग छलफल भइरहेको बताउँछन् । ‘सङ्घसंस्थाको सहयोगमा पालिकाले पलियापुरमा १६ परिवारका उच्च घर निर्माण गरिदिएको छ’, नर प्रमुख चौधरी भन्छन्, ‘हरेक वर्ष बाढी आउँछ । सोह्र परिवारलाई ढुक्क भयो । अन्य ठाउँमा बाढी आएपछि भाग्नैपर्छ ।’

भजनीमा बाढीले विस्थापित हुने सयौँ परिवारले हुलाकी सडकको आश्रय लिनुपर्ने बाध्यता छ । बाढी आउँदा केही परिवार उच्च घर, केही विद्यालयमा आश्रय लिन्छन् भने अधिकांशले हुलाकी राजमार्गलाई आश्रयस्थल बनाउँछन् । पालिकाले बाढीबाट बच्न पूर्वतयारी, पूर्वकार्यका कार्य समुदायमा सिकाएको छ । पालिकाले नदी नियन्त्रणको काम गर्न नसक्ने भएकाले पूर्वतयारी, खोज तथा उद्धार, बाढीपछि राहत वितरणज स्ता कार्य गर्दै आएको छ । भजनीमा गत वर्ष आएको बाढीले सात हजार ९६ परिवार विस्थापित भएका थिए । उनीहरु करिब एक महिनापछि घर फर्किएका थिए ।

Previous Post

‘रोयल ट्रेक’लाई प्रवर्द्धन गरिँदै

Next Post

सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप र आर्थिक चलेखलबाट मुक्त राख्ने प्रतिबद्धता

सम्बन्धित खबर

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
आवाज

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

१० असार २०८३,
स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता
समाचार

स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

१० असार २०८३,
Load More
Next Post
गठबन्धनले जिते देशमा स्थिरता र विकास हुन्छ : नारायणकाजी श्रेष्ठ

सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप र आर्थिक चलेखलबाट मुक्त राख्ने प्रतिबद्धता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In