अमेरिकाको वाशिङ्टन डीसीसहित दक्षिण–पश्चिमी क्षेत्रका अधिकांश राज्य अत्यधिक गर्मीको मारमा परेका छन्।
गएराति फ्लोरिडादेखि टेक्सास तथा क्यालिफोर्निया सम्ममा झण्डै १ करोडभन्दा बढी नागरिक अत्यधिक गर्मीको मारमा परेको अधिकारीहरूले जनाएका छन् ।
टेक्सास राज्यमा गएराति विद्युत् खपतको नयाँ रेकर्ड कायम भएको छ। गर्मी छल्न एयर कुलरको अत्यधिक प्रयोग हुँदा विद्युत खपतको हालसम्मकै उच्च रेकर्ड कायम भएको हो ।
यी राज्यमा ४३ डिग्री सेल्सियसम्म गर्मी भएको छ। आगामी दिनमा तापक्रम ४६ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ, जसबाट करिब तीन करोड मानिस प्रत्यक्ष प्रभावित हुने आँकलन छ । अमेरिकामा प्रत्येक वर्ष अत्यधिक गर्मीका कारण सात सयभन्दा बढीले ज्यान गुमाउने गरेका छन्।













