• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सन् २०३० सम्ममा एड्सको अन्त्य सम्भवः संयुक्त राष्ट्रसङ्घ

by
३० असार २०८०,
0
सन् २०३० सम्ममा एड्सको अन्त्य सम्भवः संयुक्त राष्ट्रसङ्घ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेनेभा । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको अन्त्य’ सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् ।

“एड्सलाई सार्वजनिक स्वास्थ्य खतराको रूपमा अन्त्य गर्न सकिन्छ किनकि यसले लगानी, प्रमाणमा आधारित रोकथाम र उपचारको रोडम्याप, नागरिक समाजलाई सशक्तीकरण र असमानताहरूको सामना गर्न प्रगतिलाई रोक्छ,” एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम ९यूएनएड्स० ले भनेको छ ।

युएनएड्सले महामारीको अन्त्य राजनीतिक र आर्थिक विकल्प भएको बताएको छ । एजेन्सीका कार्यकारी निर्देशक विनी ब्यानिमाले भन्नुभयो, “हामी एड्सको अन्त्य गर्ने बाटोमा अझै पुगेका छैनौं, तर हामी त्यो प्रयासमा सफल हुन सक्छौँ ।”

संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रूपमा अन्त्य गर्ने लक्ष्य सन् २०१५ मा लिएको थियो । ब्यानिमाका अनुसार एचआईभी अर्थात् एड्स गराउने भाइरसबारे सबैभन्दा ठूलो प्रगति ती देश र क्षेत्रमा भइरहेको छ, जसले कडा लगानी गरेका छन् ।

उहाँले पूर्वी र दक्षिणी अफ्रिकालाई उद्धृत गर्दै भन्नुभयो, “ती मुलुकमा सन् २०१० यता नयाँ एचआईभी सङ्क्रमण ५७ प्रतिशतले घटेको छ ।”

बोत्सवाना, इस्वातिनी, रूवान्डा, तान्जानिया र जिम्बाब्वेले ९५–९५–९५ को लक्ष्य हासिल गरिसकेका छन् । यसको अर्थ एचआईभी सङ्क्रमितमध्ये ९५ प्रतिशतलाई आफ्नो अवस्था थाहा छ । एचआइभी भएको थाहा पाएकामध्ये ९५ प्रतिशत उनीहरूले आफूलाई जीवन बचाउने एन्टी–रेट्रोभाइरल उपचार गराइरहेका छन् । सङ्क्रमितमध्ये ९५ प्रतिशत मानिसहरू सङ्क्रमणलाई दबाउन उपचार गरिरहेका छन् । त्यसैले अरूलाई सङ्क्रमित गर्ने सम्भावना छैन ।

कम्तीमा पनि १६ वटा अन्य देश यो लक्ष्य हासिल गर्ने उद्देश्यको नजिक पुगेका छन् । ९५ प्रतिशतको लक्ष्य हासिल गर्ने मुलुकमा ६५ प्रतिशत एचआइभी सङ्क्रमित बसोबास गर्ने उप–सहारा अफ्रिकाका आठ र डेनमार्क, कुवेत र थाइल्याण्डलगायत आठ मुलुक छन् ।

युएनएड्सले एक प्रतिवेदनमा भनेको छ, “दुई दशकअघि एड्सको महामारी रोक्न नसकिने जस्तो देखिन्थ्यो, हरेक वर्ष २५ लाखभन्दा बढी मानिस एचआईभी सङ्क्रमित हुने र एड्सले वार्षिक २० लाख मानिसको ज्यान लिने गरेको थियो । तर अहिले त्यो चित्र नाटकीय रूपमा फरक छ ।”

युएनएड्सका अनुसार सन् २०२२ मा विश्वमा तीन करोड ९० लाख मानिस एचआइभी सङ्क्रमित थिए जसमध्ये दुई करोड ९८ लाखले एन्टी रेट्रोभाइरल थेरापीको प्रयोग गरिरहेका छन् । यो सेवाबाट छुट्नेमा छ लाख ६० हजार बालबालिका छन् ।

सन् २०१० मा एन्टी–रेट्रोभाइरल उपचारको सङ्ख्या ७७ लाख रहेकोमा अहिले चार गुणाले वृद्धि भएको छ ।

यसबाहेक, एचआईभी सङ्क्रमित ८२ प्रतिशत गर्भवती र स्तनपान गराउने महिलाहरूले सन् २०२२ मा एन्टी–रेट्रोभाइरल उपचारको पहुँच पाएका थिए । यो सङ्ख्यासन् २०१० मा ४६ प्रतिशत थियो ।

गतवर्ष करिब १३ लाख मानिस एचआइभी सङ्क्रमित भएका थिए, जुन सन् १९९५ को तुलनामा ५९ प्रतिशतले कम हो ।

यसैबीच एड्ससँग सम्बन्धित रोगका कारण छ लाख ३० हजार मानिसको मृत्यु भएको र मोजाम्बिकलगायतका देशमा यो अझै पनि ‘मृत्युको एक नम्बर कारण’ रहेको ब्यानिमाले बताए ।

सन् २००४ को तुलनामा एड्सका कारण हुने मृत्युको सङ्ख्या मा ६९ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

“एड्सको अन्त्य एउटा अवसर हो,” ब्यानिमाले भन्नुभयो । “आजको विश्व नेतृत्वलाई ‘संसारको सबैभन्दा घातक महामारीलाई रोक्नेहरूका रूपमा सम्झने अवसर प्रदान गर्न यसको नियन्त्रणमा उनीहरूले खेल्ने भूमिका रहनेछ ।”

सन् २०२२ मा एचआइभीका लागि दिइने अनुदान २०।८ अर्ब डलरमा झरेको छ, जुन सन् २०१३ को जस्तै हो र सन् २०२५ सम्ममा आवश्यक पर्ने २९।३ अर्ब डलरभन्दा निकै कम हो ।

“मुख्य जनसङ्ख्या वा उनीहरूको व्यवहारबाट मानिसहरूलाई अपराधीकरण गर्ने कानुनहरू धेरै राष्ट्रहरूमा लागू छन्,” लागूऔषध इन्जेक्टरहरूको अपराधीकरण र कलङ्कले उनीहरूलाई उपचारका लागि अगाडि आउनबाट रोक्छ भन्ने उदाहरण दिँदै यूएनएड्सले भनेको छ ।

सन् २०२२ मा १५ देखि ४९ वर्ष उमेर समूहका वयस्कको तुलनामा पुरुषसँग यौन सम्बन्ध राख्ने पुरूष एचआईभीको सङ्क्रमण ११ गुणा बढी देखिएको थियो भने यौनकर्मीहरूमा चार गुणा बढी लागूपदार्थको सुई लगाउने मानिसमा सात गुणा बढी र ट्रान्सजेन्डर व्यक्तिहरूमा १४ गुणा बढी छ ।

Previous Post

जापानद्वारा भुटानी विद्यार्थीलाई पहिलो पटक मेडिकल छात्रवृत्ति प्रदान

Next Post

‘बोल्ड’ अवतारमा बलिउडकी अभिनेत्री जैकलिन फर्नाडिस (फोटोफिचर)

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
‘बोल्ड’ अवतारमा बलिउडकी अभिनेत्री जैकलिन फर्नाडिस (फोटोफिचर)

‘बोल्ड’ अवतारमा बलिउडकी अभिनेत्री जैकलिन फर्नाडिस (फोटोफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In