शोभाः ओ हो, डली, कस्तो ब्ल्याक कलरको सारी लगाएकी तैले ?
तँलाई त कालो कलर मनपर्छ भनेको होइन र ?
सरिताः हो नि । तर श्रीमानले उहाँको कपालसँग म्याच गर्ने सारी लगाउनु भन्नुहुन्छ ।
शोभाः कस्तो छ र तेरो श्रीमानको कपालको रङ्ग ?
सरिताः कालो ।
शोभाः मेरो श्रीमानको कपालसँग म्याच गर्ने सारी लाउन त मलाई पनि मन पर्छ तर…
सरिताः तर के ?
शोभाः मेरो श्रीमान तालु खुइले हुनुहुन्छ क्या !
कति धेरै चायाँ
प्रेमिका अँगालोमा बाँधिएकी छिन्
म उनको काखमा बसेको छु ।
हातमाथि हात राखेर जोडले कसेको छु ।
म भन्छुः तिम्रो लागि ज्यान दिन्छु ।
तिमी भन मात्र, लण्डनमा घर किन्छु ।
अब बोल्ने उनको पालो थियो
सल्काउनु थियो अब प्रेमको दियो
कपाल खेलाउँदै, बोलिन् मेरी माया
तिम्रो टाउकोमा कति धेरै चायाँ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













