• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

समुद्रमा तैरिएको एउटा सहरको खतरनाक भविष्य

by
२५ असार २०८०,
0
समुद्रमा तैरिएको एउटा सहरको खतरनाक भविष्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देख्दा लाग्छ यो पूरै सहर पानी माथि–माथि तैरिइरहेको छ। इटलीको उत्तर–पूर्वी भेनिस समुद्रमाथिको सहर हो। यसको सुन्दरता अनि अनौठोपन हेर्न हरेक वर्ष लाखौं मानिस त्यहाँ पुग्छन्।

पानीमाथि तैरिएर अनौठो सुन्दरता बोकेको यो सहर अब त्यही समुद्रको पानीमै मिसिने हो कि भन्ने डर त्यसको छालजस्तै उचालिएको छ।

तीन वर्षअघि समुद्रमा आएको आँधीका कारण समुद्रको पानी सहरभरि भरिएको थियो। त्यो बेला सहरका मानिस निकालेर सुरक्षित स्थानमा सारिएको थियो।

सहरवासीमात्रै होइन, पूरै सहर अनि सहरको इतिहास झल्काउने कैयौं सम्पदा त्यो आँधीले वर्वाद गरिदियो।

फेरि यस्तै खतराबाट यो सहर बचाउनका लागि एड्रियाटिक सागर किनारामा बाँध लगाएको छ। जसलाई ‘मोसे ब्यारियर’ भनिन्छ।

जलवायु परिवर्तनका संकेतहरूले यो सामुद्रिक सहरलाई निकै सताइरहेको छ। समुद्रमा पानीको मात्रा बढिरहेको छ। विज्ञहरू भन्छन् ‘यही स्थिति बढ्दै गए सायद त्यो किनाराको बाँधले समुद्रको छाल रोक्न सक्दैन।’ र फेरि पनि त्यो सहर समुद्रको लहरले डुब्न सक्छ।

अब सरकारले यो सहरलाई बचाउनका लागि अर्को एउटा नयाँ उपाय रचेको छ। जसअनुसार समुद्रको पानीलाई भेनिस सहरको जमिनमुनि भरिनेछ र सहरलाई माथि उठाउने कोसिस गरिनेछ।

डुब्दै गरेको एउटा अनौठो सहर

पानी माथिको यो सहर कसरी बस्यो होलारु इतिहासकार क्लेयर ज्यूडका अनुसार यो एउटा मध्ययुगिन सहर हो। जसलाई एउटा विशाल खाडीमा बसाइएको थियो। त्यसको वरिपरि विशाल एड्रियाटिक सागरमा टाढा टाढा बग्दै बग्दै आएका नदीहरू मिसिन्थे।

‘त्यो समय इटलीमाथि निरन्तर आक्रमण भइरहन्थ्यो। ती आक्रमणबाट बच्नका लागि त्यो बेला पानीको बीचोबीच सहर बसाइएको थियो। अनि पानी भरिएका खाडलहरूमा माछाहरू हुन्थे र जमिनमा तरकारी उब्जाउन सजिलो थियो।’

तर पानीले भिजेको त्यो दलदलमाथि सहर बसाल्न निकै कठिन थियो। त्यसका लागि त्यो थिलथिलो जमिनलाई ठोस बनाउनेपर्ने थियो। जसका लागि मानिसले एउटा अनौठो उपाय लगाए।

उनका अनुसार जमिनलाई सारो बनाउनका लागि त्यो दलदलमा काठहरू गाडिए। अनि सतहमा ढुङ्गा र इँटाहरू छापियो। जसमाथि महल बने। गिर्जाघरहरू ठडिए। त्यो बेला पानीमुनि करोडौं काठका खम्बाहरू गाडिएका थिए। एकप्रकारले त्यो पानीमुनिको जंगल नै थियो।

सहर त लगभग मजवुत भयो। तर पनि समुद्रको पानी सहरका लागि खतरा नै थियो। समुद्रको ज्वार उर्लेर सहरमा पस्थ्यो।

यस्तो बाढीलाई इटलीमा ‘एक्वा आल्टा’ भनिन्छ। जो निकै विनासकारी मानिन्छ।

त्यो बेलाका भेनिस शासकहरूले बाढीबाट बच्नका लागि धेरै उपायहरू अपनाए। आल्प्स पर्वतबाट झर्ने नदीहरूको धार नै बदलिएका थिए। नहरहरू सफा गरिन्थ्यो। त्यसमा जमेका लेदो निरन्तर झिकिन्थ्यो। १९ औं शताब्दीमा ती खाडलमा ढुङ्गाका पर्खालहरू ठड्याइए। जसले समुद्रको पानी खाडलमा आउन सक्दैनथ्यो।

अब अर्को उपाय

सहर बचाउनका लागि अब एउटा अर्को नयाँ उपायबारे अनुसन्धान भइरहेको छ। पानीमुनि बाँधिएको बाँध बाहेक अब सहरको उचाइ बढाउनेबारे त्यहाँको नेतृत्वले काम गरिरहेको छ।

पाडुआ युनिभर्सिटीका हाइड्रोलोजी प्रध्यापक पियाट्रो टियेटिनीका अनुसार यो उपायले लगभग काम गर्नसक्छ।

उनका अनुसार जमिनको उपसतहबाट पानी अलग गरियो भने त्यसको माथिल्लो सतह धसिनसक्छ। त्यसमा पानी भरिएपछि सतह केही माथि उठ्नसक्छ। यो प्रक्रियाबाट सतह लगभग ३० सेन्टिमिटर माथि उठ्नसक्छ।

त्यसका लागि मध्य भेनिस सहरको दश किलोमिटर गोलघेरामा लगभग दशभन्दा धेरै कुँवाहरू खनिनेछ। अनि त्यसमा पानी भरिनेछ।

तर योजनाअनुसार एक मिटर माथि यो सहर उठाउन सकिँदैन। उनका अनुसार लगभग ३० सेन्टिमिटर उचाइ बढाउनमात्रै सकिन्छ।

यो लगभग १५ वर्षअघिको योजना हो। तर त्यो समय त्यहाँ पानीमुनि बाँध हालिँदै थियो। र दोस्रो योजनाका लागि बजेटको अभाव थियो।

अहिलेको नयाँ योजनाका लागि लगभग १० करोड युरो खर्च हुने अनुमान गरिएको छ। तर त्यो लागत पनि बढ्नसक्छ।

विभिन्न बैज्ञानिक अनुसन्धानहरूले पृथ्वीको तापमान बढ्दै जाँदा २१०० सम्ममा समुद्रको जलस्तर एक मिटरसम्म बढ्नसक्छ।

यदि यस्तो भयो भने भेनिस सहर अनि त्यसको आसपास पानीमा डुब्नसक्छ।

यही एउटा डर हो जसका कारण पानीमाथि तैरिइरहेको यो सहरमा विस्तारै मानिस कम भइरहेका छन्। करिब ५० हजार मानिस बस्ने यो सहर अहिले मानव गतिविधि लगभग शून्यसरी हुँदैछन्।

साभारः www.breaknlinks.com

Previous Post

मिटरब्याजपीडितलाई न्याय दिलाएरै छाड्छौं : गृहमन्त्री श्रेष्ठ

Next Post

कति छ सोमबारको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
कति छ आइतबारको विदेशी मुद्राको विनिमय दर ?

कति छ सोमबारको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In