काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लिएको नाम दर्ता ९लाइसेन्स० परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ बनस्थली स्कुल परीक्षा केन्द्रबाट ३ जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको फेला पारेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।
प्रश्नपत्र खिचेर बाहिर पठाउनुका साथै सामाजिक सञ्जालमा हालेपछि उनीहरुलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी वृत्त बालाजुका डिएसपी मोहनजित कुँवरले जानकारी दिए ।
प्रहरीले परीक्षार्थी पक्राउ गरेपछि काउन्सिलको आकस्मिक बैठकले परीक्षाको नतिजा स्थगन गरेको छ । काउन्सिलले विशेष कारण परीक्षाको नतिजा स्थगित गर्न परेको सूचना निकालेको छ ।













