• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

    रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

    रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

    रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लम्पी स्किन महामारीः एक लाख ८० हजार पशुलाई खोप

by
२३ असार २०८०,
0
काभ्रेका सबै स्थानीय तहमा फैलियो ‘लम्पी स्किन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सरकारले मुलुकभर फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न हालसम्म एक लाख ८० हजारभन्दा बढी पशुमा यसको खोप लाउने कार्य सम्पन्न गरेको छ । लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो ।

सरकारले प्रभावित पशुको उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरेको पशु सेवा विभागका महानिर्देशक डा।सम्झनाकुमारी काफ्लेले बताएकी छन् । साथै खोप आपूर्तिका लागि आयात अनुमति प्रदान गरी हालसम्म १० लाख ३७ हजार मात्रा खोप आयात भई सातवटै प्रदेशमा वितरण गरिसकिएको छ ।

विभिन्न जिल्लामा एक लाख ८० हजार एक सय २२ पशुमा खोप कार्य सम्पन्न भएको विभागको तथ्याङ्क छ । महानिर्देशक डा.काफ्लेका अनुसार यस रोगको उपचार विधि र यसबारे बारम्बार सोधिने प्रश्नउत्तरको सङ्गालो तयार गरी विभागको वेबसाइटसमेतमा राखिएको छ । प्रदेश तथा स्थानीय तहसँग समन्वयका लागि प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकिएको छ ।

सरकारले चालु आर्थिक वर्ष ९२०७९/८०० मा नै खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्लाबाहेक प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न सङ्घीय सःशर्त अनुदानअन्तर्गत रु एक लाखका दरले रकम विनियोजन गरेको छ । सो रकमबाट यथाशीघ्र औषधि उपचार तथा खोप खरिद कार्य गर्न सबै पालिकालाई अनुरोध गरिएको छ ।

यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घटने छालामा गोली गिर्खा देखिने, र्याल, सिँगान बग्ने, चिप्रा÷कचेरा लाग्ने, खुट्टा÷जोर्नी सुन्निनेजस्ता लक्षण देखिन्छन् । यस रोगले मुख्यतया बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाइभैँसीलाई असर गर्छ ।

नेपालमा यो रोग पहिलो पटक विसं २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाईमा देखा परी हालसम्म ७६ जिल्लामा यो रोग पुष्टि भएको छ । यस रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्यपहाडी तथा पहाड़ी क्षेत्रमा रहेका पशु बढी प्रभावित भएका छन् ।

हालसम्म सङ्क्रमति सात लाख नौ हजार दुई सय तीन पशुमध्ये चार लाख ५३ हजार आठ सय १९ निको भइसकेका छन् । यस्तै २५ हजार सात सय ८२ पशु मरेका छन् । हाल दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमति छन् र सङ्क्रमणको दर क्रमशः घट्दै गएको महानिर्देशक डा काफ्लेले बताएका छन् ।
यस रोगको महामारी नियन्त्रणका लागि विभाग र मातहतका निकाय, प्रदेश सरकार मातहतका निकाय तथा स्थानीयतहमा कार्यरत पशु स्वास्थ्यकर्मी परिचालित रहेका छन् । यस क्रममा अन्य सरकारी निकाय, निजी क्षेत्रमा कार्यरत पशु स्वास्थ्य कर्मीलगायतका सरोकारवालासँग समन्वय गरी रोग रोकथाम तथा नियन्त्रणका उपाय अवलम्बन गरिएको विभागले जनाएको छ ।

विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरिएको छ ।

Previous Post

१६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य

Next Post

प्रोत्साहन रकम थपिँदा स्वयंसेविका दंग

सम्बन्धित खबर

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
आवाज

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

१० असार २०८३,
स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता
समाचार

स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

१० असार २०८३,
रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह
फिचर-ब्यानर

रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं हिँडे प्रधानमन्त्री शाह

१० असार २०८३,
रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन
फिचर-ब्यानर

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

१० असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

१० असार २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
प्रोत्साहन रकम थपिँदा स्वयंसेविका दंग

प्रोत्साहन रकम थपिँदा स्वयंसेविका दंग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In