• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

खानीगाउँमा घरैपिच्छे बाख्रापालन

by
२२ असार २०८०,
0
खानीगाउँमा घरैपिच्छे बाख्रापालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । दुई दशक खाडी मुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाले । उनले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गरे । बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाएका छन् । सुरुआतमा १७ स्थानीय र चार अष्टे«लियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गरेका उनले अहिले एक सय २० बाख्रा पालेका छन् ।

बुढाथोकीले मात्रै होइन २६ परिवारको बसोबास रहेको खानीगाउँका सबै व्यावसायिकरुपमा बाख्रापालनमा होमिएका छन् । गाउँको नाम नै खानीगाउँबाट ‘बाख्रा गाउँ’ मा परिवर्तन भएको छ । हरेकका घरमा बाख्राको व्यवस्थित खोर बनाइएको छ । तीन वर्षयता बुढाथोकीले बाख्रा र बोका बिक्री गरेर वार्षिक रु १० लाख आम्दानी गरेको बताए । ‘विदेशबाट फर्किएपछि रु ६ लाखको लगानीमा बुढाथोकी कृषि तथा पशुपंक्षी फार्म खोले’, उनले भने । बाख्रापालन मात्रै होइन बुढाथोकीले अहिले व्यावसायिक तरकारी खेती समेत गर्दै आएका छन् । उनले सुन्तलाका तीन सय बिरुवासमेत लगाएका छन् । ‘वार्षिक १५ लाख आम्दानी गर्ने लक्ष्य छ’, उनले भने ।

विदेशमा सिकेको सीपको सदुपयोग गर्दै बाख्रापालन व्यवसाय र कृषि उद्यम थालेको ४८ वर्षीय बुढाथोकीले बताए । ‘मेरै बाटो पछ्याएर गाउँका अरुले बाख्रापालन थालेका हुन्, तरकारी खेती र बाख्रापालनले गाउँको परिचय नै फेरिएको छ’, उनले भने । सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा परिवर्तन आएको उनको अनुभव छ ।

बुढाथोकीको सिको गरी गुप्तेश्वर कृषक समूह नै गठन गरेर समुदाय नै बाख्रापालनमा लागेको छ । ‘चरनको समस्या छैन’, बाख्रापालक कृषक राजन राम्जालीले भने । विदेशबाट फर्किएका युवाको सक्रियतामा अनुदानसहितका कार्यक्रममा समेत सिङ्गो गाउँमा वितरण गर्ने, समूह बनाएर सीप हस्तान्तरणसहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन गरिँदै आएको छ ।

विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नत जातका बाख्रापालनमा जुटेका बाख्रापालक कृषकको दैनिकी दिउँसो जङ्गलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ । ‘मिलेर बाख्रापालन गरेका छाँै’, राम्जालीले भने ।

बाख्रापालन, कृषिका साथै सुन्तला खेतीको समेत उच्च सम्भावना रहेकाले अबको पाँच वर्षभित्र गाउँमा बाख्रापालन, तरकारी र फलफूल खेतीबाट लाखौँ भित्रिने स्थानीय बताउँछन् । खानीगाउँका कृषकले खेर गएको जमिनमा सुन्तला खेतीसहित कृषि खेती नहुने जमिनमा डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राइखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाएका छन् ।

मङ्गला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेपछि थप सहज भएको छ । गुप्तेश्वर कृषक समूहमा हाल ३४ कृषक आबद्ध छन् । उनीहरुले ६ सयभन्दा बढी बोका, बाख्रा र पाठापाठी पालेका छन् । गाउँपालिकाले उनीहरुलाई रु २२ लाख अनुदान समेत दिएको गाउँपालिकाका प्रवक्ता एवं कुहुँका वडाध्यक्ष एकजित रोकाले बताए । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकालाई कृषि र पशुपालनमा नमूना गाउँ बनाउने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाएको बताए ।

Previous Post

इलाममा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

Next Post

केन्द्रीय कारागारमा १५ देखि २० प्रतिशत मानसिक रोगी

सम्बन्धित खबर

वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
Load More
Next Post
केन्द्रीय कारागारमा १५ देखि २० प्रतिशत मानसिक रोगी

केन्द्रीय कारागारमा १५ देखि २० प्रतिशत मानसिक रोगी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In