आँखा कान नभएको मान्छे पनि बाँच्न सक्छ, परन्तु–आँखा र कानको आफ्नो सुन्दरता छ । यी दुवै शरीरका पूर्णता पनि हुन् । यी दुवैको सदुपयोग र दुरुपयोग भिन्न कुरा हो । त्यस्तै तिमिसित प्रेम भयो । यो प्रेमविना बाँच्न सकिन्छ परन्तु प्रकृति र पुरुषको तात्विक पूर्णता ‘प्रेम’को अनुभूति र स्थितिमा छ सुविधा, ढुक्क बाँच्नु भिन्न कुरा हो, किन्तु जीवनको पूर्णता प्रेम–सेवा अपनत्वद्वारा नै प्रकट हुन्छ ।
घरको अगाडि फुलेको राम्रो पूmलको विरुवा कति सुन्दर लाग्छ । त्यो पुष्प विरुवा नभए पनि घरको केही बिगिँ्रदैन । हुँदा एक अकथनीय शोभा हुन्छ । कसैले पूmल टिप्यो वा गाईगोरुले खाइदियो भने व्यथा पनि हुन्छ । शोभा–सुरक्षा सावधानीको सम्बन्ध छ सावधानी नभए व्यथा आउँछ ।
प्रेम शरीर रूपी घरमा लागेको परमात्मा रूपी विरुवाको सुन्दर फुलेको पुष्प हो यो सौन्दर्य, सुवासको आफ्नो दिव्यता छ भिन्न प्रकारले हामी प्रेमको, प्रेमपीडाको, प्रेम आन्तरिकताको बोध गर्न सकिन्न ।
प्रेम–सूर्योदय हो, प्रेम द्वितीयाको चन्द्रमा हो, प्रेम सोमलता हो, प्रेम कल्पवृक्ष एवं चिन्तामणि हो, प्रेम सुगन्धित कमल हो, प्रेम नदीको धारा हो, प्रेम आकाशमा अनेक आकार बनाउने मेघ हो, प्रेम इन्द्रायणी हो, प्रेम फुलेको पुष्प हो, प्रेम हृदयको सौन्दर्य हो, प्रेम जीवनको शोभा हो, प्रेम रत्न–स्वर्ण हो, खतरा पनि हो, प्रेम शाश्वत वेदना हो, प्रेम भगवान् हो, प्रेम नै जन्म हो, प्रेम मृत्यु पनि हो र प्रेम जीवनको प्रवाह हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













