१. अनुभवले हामीलाई यो विश्वास दिलाउँछ कि असत्य र हिंसाको परिणाम कहिल्यै असल हुन सक्दैन ।
२. नम्रताको तात्पर्य हो अहम् भावको एकै क्षणमा नाश हुनु ।
३. बलिदान उसैले गर्न सक्छ जो शुद्ध छ, निर्भय छ र योग्य छ ।
४. आलस्य एक प्रकारको हिंसा हो ।
५. सोझो बाटो जति सरल छ त्यति नै कठिन छ । यस्तो नहुँदो हो त सबैले सोझो बाटो लिने थिए ।
६. जुन मानिसलाई आफ्नो मनुष्यत्वको आभास छ ऊ ईश्वर बाहेक कसैसँग डराउन्न ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













