• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

    आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

    लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश

    लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    रास्वपा महाधिवेशनः मतदान सुरु

    रास्वपा महाधिवेशनः मतदान सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

झोलुङ्गे पुल प्रयोगविहीन

by
२० असार २०८०,
0
झोलुङ्गे पुल प्रयोगविहीन

df]6/]jn k'nn] k|of]u lalxg ag]sf] emf]n'ªu] k'n unsf]6, !( c;f/ M afun'ª lhNnfsf] unsf]6 gu/kflnsf / al8uf8 ufpFkflnsf hf]8g] u/L lu/LªbL vf]nfdf k'n ag]kl5 k|of]udf cfpg 5f]8]sf] emf]n'ªu] k'n . lhNnfdf df]6/]jn k'n / ;8s ofqfsf] k|of]u ubf{ !%) eGbf a9L emf]n'ªu]k'n k|uf]uljxLg / lj:yflkt ePsf 5g . tl:a/ M v]d/fh uf}td÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गले छिचोलेको बागलुङमा पछिल्लो पाँच वर्षयता लोकमार्गमै आधा दर्जन मोटरेबल पुल थपिए । मोटरेबल पुल थपिएपछि बाह्रैमास सवारीसाधन चल्न पाउँदा यात्रुलाई सहज भएको छ ।

गलकोट नगरपालिका–११ रिघा र बडिगाड गाउँपालिकाको सिमानामा रहेको गिरीङ्दीखोला पुल बनेपछि छेउमै रहेको झोलुङ्गे पुलबाट वारपार गर्न छोडेका छन् । काठको फलेक प्रयोग गरेर बनाइएको उक्त झोलुङ्गे पुल जीर्ण बनेको छ । मोटरेबल पुल निर्माण भएपछि पैदलयात्रुले सहजताका लागि मोटरेबल पुल प्रयोग गर्न थालेका छन् । गिरीङ्दी खोलामाथिको झोलुङ्गे पुलका काठ कुहिएर झर्न थालेका छन् ।

बडिगाड गाउँपालिकाभित्रै रहेको लब्दी खोला मोटरेबल पुल र भीमगिडेको भीमगाड खोलामा मोटरेबल पुल निर्माण भएपछि झोलुङ्गे पुल प्रयोगविहीन अवस्थामा रहेको स्थानीय कमल पौडेलले जानकारी दिए । ‘पहिला खोला तर्नका लागि झोलुङ्गे पुल निर्माण हुन्थ्यो, अहिले नागरिकको पैदलयात्रा छोट्ट्याउन लामा र अग्ला झोलुङ्गे पुल निर्माण हुन थाले, पहिला मोटरेबल पुल हुँदैनथे, अहिले मध्यपहाडी पुष्पलाल लोकमार्गका कारण बागलुङमा धेरै मोटरेबल पुल बने, हाम्रै बडिगाडमा रहेको तीन मोटरेबल पुलका कारण सँगै रहेका तीन झोलुङ्गे पुल प्रयोगविहीन अवस्थामा छन्’, उनले भने ।

कतिपय खोलामा साना छोटा झोलुङ्गे पुलमाथि लामो झोलुङ्गे पुल निर्माण गरिएका छन् । बागलुङ नगरपालिका–१ देखि बागलुङ नगरपालिका–१० भकुण्डे जोड्ने गरी काठेखोलामा बनाइएको झोलुङ्गे पुल, काठेखोलाको दोबिल्ला खोलामा रहेको झोलुङ्गे पुल, काठेखोलाकै लामाबगरमा रहेको झोलुङ्गे पुलकै ठाउँमा मोटरेबल पुल निर्माण गरिएका छन् ।

बागलुङ बजारदेखि तित्याङ जोड्ने गरी निर्माण भएको लामो झोलुङ्गे पुलका कारण काठेखोलामाथि रहेको छोटो झोलुङ्गे पुल प्रयोग गर्न छाडिएको छ । झोलुङ्गे पुल भएकै स्थानमा मोटरेवल पुल निर्माण गर्दा प्रयोगविहीन अवस्थामा छन् । बागलुङ नगरपालिका आसपास, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका क्षेत्रमा ग्रामीण सडकमा समेत मोटरेवल पुल निर्माण हुँदा झोलुङ्गे पुल प्रयोग गर्न छाडिएको छ । ती पुललाई आवश्यक स्थानमा प्रतिस्थापन गर्न आवश्यक छ ।

लामा र अग्ला झोलुङ्गे पुल र पक्की पुलका कारण नदी तर्नका लागि निर्माण गरिएको स–साना झोलुङ्गे पुल बागलुङमा प्रयोगमा आउन छाडेका छन् । जिल्लामा हाल चार सय ४५ भन्दा बढी झोलुङ्गे पुल रहेको तथ्याङ्क छ । करिब एक सय ५० झोलुङ्गे पुल प्रगोगविहीन अवस्थामा रहेका विवाइसीमार्फत झोलुङ्गे पुल व्यवस्थापन कार्यक्रमका संयोजक प्रेम केसी बताए । मोटरेवल पुलसँगै सडकयात्राका कारण पदमार्ग विस्थापित हुँदा झोलुङ्गे पुल प्रयोग हुन छाडेको उनको भनाइ छ ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

एसईई नतिजा अबको दुई दिनभित्र, यसरी हेर्न सकिने

सम्बन्धित खबर

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

११ असार २०८३,
रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी
आवाज

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

११ असार २०८३,
आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
आवाज

आयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

११ असार २०८३,
लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश
आवाज

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

११ असार २०८३,
मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’
आवाज

मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

११ असार २०८३,
रास्वपा महाधिवेशनः मतदान सुरु
आवाज

रास्वपा महाधिवेशनः मतदान सुरु

११ असार २०८३,
Load More
Next Post
एसईई नतिजा अबको दुई दिनभित्र, यसरी हेर्न सकिने

एसईई नतिजा अबको दुई दिनभित्र, यसरी हेर्न सकिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In