अज्ञानी एकपटक नष्ट हुन्छ । मिथ्या ज्ञानी पटक पटक नष्ट हुन्छन् । तत्व ज्ञानी आफ्नो स्थितिमा रहन्छ जो प्रज्ञामा छ त्यो केही हुन्न, केही बन्दैन । प्राणलाई हेर, प्राणका साथ मित्रता गर, बाहिर कहाँ जान्छ ? भित्र कहाँ जान्छ ?
प्राणका साथ स्मृतिलाई लगाइदेऊ । म जहाँ छु, त्यो दृष्टिमा सृष्टि कर्ता र सृजन दुइटै मेरा कल्पना मात्र हुन् । जसले जस्तो जस्तो ‘प्रबल कल्पना’ गर्छ उसले त्यही रूपमा आपूmलाई देख्छ । म नभएको कहाँ के छ र ? हे बुद्धिमान् ! हजूर यो कुरो सम्झनुहुन्छ त ? आत्माको चिन्तन गर्नु, अहङ्कार वा मनको शून्यताको बारेमा पढ्नु, सुन्नु सन्तजनको सङ्गत हुनु जीवनको परम सौभाग्य हो ।
सम्झिनुपर्ने दुइटा कुरा छन् । एउटा म जो यो शरीरमा छ, एक ठाउँबाट (जन्मबाट) प्रारम्भ भयो र एक ठाउँ (मृत्युमा)मा समाप्त हुन्छ । अर्को मेरो मूल तत्व जो पूर्ण छ वा महाशून्य छ, त्यो जस्ताको तस्तै छ । त्यो जस्ताको तस्तै स्वरूपमा दृष्टि राख्नु, मौन हुनु हो । यही हो मेरो शिक्षा ।
शिक्षाका आधार हुन् : सम्पत्ति र विचारको सङ्ग्रह गर्ने, सबै शब्द मिथ्या हुन् यो सम्झने, एकान्तमा एकाग्र हुन श्वासमा ध्यान राख्ने, जो आत्मचिन्तनमा छैनन् ती कसैसँग पनि सङ्गत नगर्नेे । वैरागी, सन्तोषी र शान्त भएर जीवनयापन गर्ने ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













