• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    सडक असहजः सेवाग्राहीलाई समस्या

    सडक असहजः सेवाग्राहीलाई समस्या

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुस्ताङको (लेते–धम्पु) पुल निर्माणमा ढिलासुस्ती

metakhabar by metakhabar
१६ चैत्र २०८२,
0
मुस्ताङको (लेते–धम्पु) पुल निर्माणमा ढिलासुस्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यहाँस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ । थासाङ गाउँपालिका–३ लेतेस्थित कालीगण्डकी नदी पारी ओझेलमा परेका दुर्गम गाउँहरु जोड्ने (लेते–धम्पु) मोटरेबल पुल निर्माण कम्पनीको चरम ढिलासुस्ती र बेवास्ताका कारण पटकरपटक अलपत्र परेको हो ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको अख्तियारीमा परेको कालीगण्डकी नदीमा निर्माणाधीन प्रिस्टेज मोटरेबल पुल निर्माणमा चरम ढिलासुस्ती देखिएको हो । यहाँ निर्माणाधीन पुलको विसं २०७६ फागुन २९ गते निर्माण कम्पनी देव एण्ड सायर कन्ट्रक्सनसँग रु पाँच करोड पाँच लाख लागतमा ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अवधि विसं २०७८ साल भदौ २८ गते अर्थात् डेढ वर्षमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएका थियो ।

एक स्पानको ३५ मिटर लम्बाइ रहने गरी कालीगण्डकी नदीमा निर्माणाधीन (लेते–धम्पु) मोटरेबल पुल फुटपाथसहित ७ दशमलव ९ मिटर चौडा रहने गरी ठेक्का सम्झौता भएको थियो । सुरुआती ठेक्का सम्झौता सकिएर हालसम्म चार पटकसम्म म्याद थप भइसकेको उक्त पुलको पछिल्लो म्याद थप गरिएको सम्पन्न अवधि विसं २०८३ असार ३१ गतेसम्म कायम भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जीता गिरीले जानकारी दिइन् । प्रमुख गिरीका अनुसाल (लेते–धम्पु) मोटरेबल पुलको पछिल्लो भौतिक प्रगति ३३ दशमलव १३ प्रतिशत र भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ ।

हालसम्म निर्माण कम्पनीले पुल निर्माणको काम गरेवापत रु एक करोड ६३ लाख ६२ हजार भुक्तानी लगेको कार्यालय प्रमुख गिरीले बताए । कालीगण्डकी नदीमा निर्माणाधीन पुल निर्माणका लागि राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमार्ग र मुख्य राजमार्ग सडकदेखि कालीगण्डकी पारी दुईतर्फी आरसीसी फाउण्डेशन र एबुटमेन्टसहित क्याप ढलानको संरचना तयार भइसकेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।

पुल निर्माणका लागि स्ल्याप ढलान, एप्रोज रोड र पुल फिनिसिङलगायत काम बाँकी रहेको प्रमुख गिरीले उल्लेख गरे । लामो समय अवधिदेखि पटक पटक अलपत्र पर्दै आइरहेको (लेते–धम्पु) पुल निर्माणको काम गत हप्तादेखि सुरु भएको पूर्वाधार विकास कार्यालयले बताएको छ । वर्खायाममा कालीगण्डकी नदीको सतह उच्च हुने भएकाले जतिसक्दो चाँडो पुलको स्ल्याब ढलानका लागि निर्माण कम्पनीलाई सचेत गराइएको प्रमुख गिरीले बताइन् । पुल निर्माणका लागि सम्वन्धित कम्पनीले उपकरण र जनशक्ति कार्यस्थलमा परिचालित गरी अलपत्र पुलको काम सुरु गरिसकेको प्रमुख गिरीको भनाइ छ ।

पुल निर्माणको अलपत्र काम पुनः सञ्चालन भएसँगै त्यस क्षेत्रका स्थानीय नागरिक उत्साहित भएका छन् । थासाङको दुर्गम कालीगण्डकी पारी रहेका गाउँहरू पुल नहुँदा निकै समस्यामा पर्दै आएका छन् । त्यस क्षेत्रका स्थानीय किसानले उत्पादन गरेको कृषि उपज पुल नहुँदा बजारीकरणमा निकै समस्या पर्ने गरेको छ ।

लेते–धम्पु पुल निर्माण सम्पन्न भएमा कालीगण्डकी पारिका आधा दर्जन बस्तीका स्थानीय कृषकले उत्पादन गर्ने कृषि उपजको सहज बजारकरण गर्न सजिलो हुने स्थानीय नवीन शेरचनले जानकारी दिए । छ वर्ष बितिसक्दा पुल सम्पन्न हुन नसक्नु दुर्भाग्य भएको र अब विकास पूर्वाधारका काममा ढिलासुस्ती गर्न नहुने शेरचनको भनाइ छ ।

थासाङस्थित कालिगण्डकी नदी पारीका दुर्गम गाउँहरुमा अहिले सङ्घीय एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्त्वको कालोपत्र सडक निर्माण अन्तिम चरणमा रहेको र उक्त सडक जोड्ने (लेते–धम्पु) पुल सम्पन्न भएमा मुख्य राजमार्गदेखि कालिगण्डकी पारीका ग्रामीण वस्ती सडक कनेक्टिभिटीसँग जोडिने बताइएको छ ।

Previous Post

संसदीय नेता हर्क साम्पाङलाई ज्यान मार्ने र घर जलाउने धम्की ,अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग

Next Post

मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो

metakhabar

metakhabar

सम्बन्धित खबर

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल
आर्थिक

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

११ जेष्ठ २०८३,
सडक असहजः सेवाग्राहीलाई समस्या
आवाज

सडक असहजः सेवाग्राहीलाई समस्या

११ जेष्ठ २०८३,
केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
आवाज

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

११ जेष्ठ २०८३,
असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता
आवाज

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

११ जेष्ठ २०८३,
वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
Load More
Next Post
मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो

मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In