सत्यको चिन्तन या खोज नगरी कुनै एक भाग्यशाली र चलाकको भक्त भएर बस्नमा परेवाजस्तै मनःस्थितिका छन् । शुतुरमुर्ग र पालतु जानवर बन्ने प्रबलताका साथ मनुष्य शरीरमा, जानवरका सबै गुण र आसहरू सुरक्षित राख्ने तरखरमा छन् ।
धैर्य राख्नु, आफैमा आफ्नो अधिकार हुनु, मनोविनोदी बानी रहनु, मनुष्य मात्रको न्यायपूर्ण, सद्भावपूर्ण कार्यमा सानो मान्छे भएर भाग लिन सक्नु, विद्या, बल, जाति एवं आफ्नो चातुर्यको घमण्ड नगर्नु, यस्ता गुण हुन् कि यी गुण जसमा छन् ती क्षणदेखि क्षणमा बाँच्ने क्षमता लिएको हुनाले केही पाउने लोभ एवं केही छुट्छ कि भन्ने डरबाट मुक्त भएर जहाँ पनि सुख, शान्ति र प्रसन्नतामा रहन सक्छ ।
आत्मस्मरण, वर्षा, तपस्वी, सद्गुण, गृहस्थ, सती, सुपुत्र, प्रेम, अतिथि सत्कार, मधुर वचन, अहोभाव, समता, संयम, शिष्ट व्यवहार, विश्वसनियता, धैर्य, ईष्र्या, प्रलोभन, परनिन्दा, दुष्टता, सामाजिक प्रतिबद्धता, दान, प्रसिद्धि, दयालुता, शुद्ध भोजन, तपस्या, ढोंग, चोरी, सत्यनिष्ठा, क्रोध, अहिंसा (मन, वाणी, शरीरबाट) अनित्यता, त्याग, साक्षात्कार, तृष्णा, इच्छा, भाग्य, प्रवृत्ति आदि चिन्तनका विन्दु हुन् ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













