• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गोरखामा योग शिविर

    गोरखामा योग शिविर

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नवौँ राष्ट्रिय खेलकुदः आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

by
१ कार्तिक २०७९,
0
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः पोखरामा उद्घाटन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा। नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ । आर्मीले ३९ रजत र २८ कास्यसहित कुल एक सय २८ पदक प्राप्त गरेको छ ।

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब दोस्रो तथा नेपाल प्रहरीको पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छन् । एपिएफ क्लबले २३ स्वर्ण, १७ रजत र १५ कास्यका साथ कुल ६५ पदक प्राप्त गरेको छ । पुलिस क्लबले १५ स्वर्ण, २५ रजत र ३३ कास्यसहित कुल ७४ पदक प्राप्त गरेको छ ।

यसैगरी बागमती, गण्डकी र एनआरएनए क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित कुल ५९ पदक प्राप्त गरेको छ । गण्डकी प्रदेशले १० स्वर्ण, आठ रजत र २० कास्यसहित कुल ३८ पदक प्राप्त गरेको छ । गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए०ले छ स्वर्ण, छ रजत र चार कास्यसहित कुल १६ पदक हासिल गरेको छ ।

यस्तै प्रदेश नं १ सातौँ, मधेश प्रदेश आठौँ, सुदूरपश्चिम प्रदेश नवौँ, लुम्बिनी प्रदेश १०औँ तथा कर्णाली प्रदेश पदक तालिकाको ११औँ स्थानमा छन् । प्रदेश १ ले हालसम्म तीन स्वर्ण, आठ रजत र २१ कास्यसहित कुल ३२ पदक पाएको छ । मधेसले दुई स्वर्ण, तीन रजत र सात कास्यसहित कुल १२ पदक, सुदूरपश्चिमले दुई स्वर्ण, एक रजत र ११ कास्यसहित कुल १४, लुम्बिनीले एक स्वर्ण, नौ रजत र १२ कास्यसहित कुल २२ तथा कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्यसहित कुल चार पदक प्राप्त गरेको छ ।

हालसम्म एक सय ३९ स्वर्ण, एक सय ३९ रजत र एक सय ८६ कास्यसहित कुल चार सय ६४ पदकको छिनोफानो भएको छ । छ हजार एक सय ५७ खेलाडी सहभागी नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशका आठ जिल्लामा भइरहेको छ । कुल तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा दुई प्रदर्शनीसहित ३८ खेल समावेश गरिएका छन् । तीन विभागीय, सात प्रदेश र एनआरएनएका खेलाडीबीच खेल भइरहेको छ । पोखरामा यसअघि २०४० सालमा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।

उसु सान्सौमा २४ खेलाडी क्वाटरफाइनलमा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सान्सौ र थाउलो दुवै विधाका खेल जारी छन् । आइतबार उद्घाटन भएको प्रतियोगितामा सोमबारदेखि खेल सुरु भएका हुन् । हालसम्म सान्सौतर्फ २४ खेल भएका छन् । पुरुषतर्फ १६ र महिलातर्फ आठ खेलाडी क्वाटरफाइनल प्रवेश गरेको कास्की जिल्ला उसु सङ्घका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिनुभयो ।

महिला ४८ केजीमा सशस्त्र प्रहरीकी गौरी घर्तीमगर र सुदूरपश्चिम प्रदेशकी अस्मिताकुमारी गाहामगर क्वाटरफाइनलमा पुग्नुभयो । उहाँहरुले क्रमशः बागमती प्रदेशका सञ्जिता ग्लान र मधेस प्रदेशका कञ्चन पाललाई पराजित गर्नुभयो । थाउलोमा पुरुष र महिलातर्फ समान स्वर्ण चार, रजत चार र कास्य चारका लागि खेल हुनेछ । प्रतियोगिताका विभिन्न इभेन्टमा करिब तीन सय ४० खेलाडी सहभागी छन् । उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता छ । एनआरएनएको खेलाडी उसुमा सहभागी छैन ।

Previous Post

इरानमा प्रतिबन्ध लगाउने विषयमा इयु विदेशमन्त्रीको बैठक

Next Post

कैलालीका बाढीपीडित भन्छन्– ‘बाढीको दीर्घकालीन समस्या समाधान गर्नेलाई भोट दिन्छौँ’

सम्बन्धित खबर

गोरखामा योग शिविर
आवाज

गोरखामा योग शिविर

८ असार २०८३,
आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
आवाज

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

८ असार २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
Load More
Next Post
कैलालीका बाढीपीडित भन्छन्– ‘बाढीको दीर्घकालीन समस्या समाधान गर्नेलाई भोट दिन्छौँ’

कैलालीका बाढीपीडित भन्छन्– ‘बाढीको दीर्घकालीन समस्या समाधान गर्नेलाई भोट दिन्छौँ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In