१. बडा काजी अमर सिंह थापा नेपाल एकिकरण को सिलसिलामा बाजुरा पुग्दा उनले बाजुरा मा रहेकी बडि मालिकाको दर्शन गरेका थिय। एकिकरणको लागि उनले त्याहा शक्ती मागेका कुरा सुनिन्छ।
२. त्यस पछी उनी डोटी जिल्ला र हाल को अछाम जिल्ला को सिमाना मा पर्ने (हाल पनि डोटी मा नै पर्छ) कांडामान्डौ मा पुगी त्यहा रहेकी मालिका देबीलाई मन्दिर बनाइ राखे। साथै कहिले न निभ्ने बत्ती (अखन्ड बत्ती) बाल्ने पनि प्रबन्ध गरे। उक्त अखन्ड बत्ती हाल सम्म पनि बलिरहेकोछ। यस स्थान बाट पस्चिम तर्फको एकिकरण को लागि सक्ती मागेका थिय भनिन्छ, यि देवी सँग।
३. यस मन्दिर को लागि मालिका गुठी खडा गरी बडा काजिले ३ गाउ गुठीः बोगटी गाउ, नुवा घर गाउ र बाटला गाउ राखी यि नै ३ गाउ मिलेर पूजा आज गर्ने र अखन्ड बत्ती बालिरहेका छन।
४. एकिकरण पछी , राणा सरकार का र पन्चायति ब्यबस्था मा समेत् यस् स्थान मा मुद्दा, मामिला छिन्ने र धर्म भाक्ने थलो थियो।
५. पञ्चायत काल सम्म पनि यहाँ नेपाली सेना ले बडा दसैं र चैते दशै मा २ पटक पूजा गर्दै आयकोमा पछी आएर यहाँ सेनाले पूजा गर्न छाडेको र यहाँ सेना जान समेत् छाडेको मा स्थानियले गुनासो गरेका थिय।
साभारः डा.प्रेम सिंह बस्न्यातको फेसबुकबाट












