• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

    रुसी ड्रोन रोमानियामा खस्यो

    रुसी ड्रोन रोमानियामा खस्यो

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लुम्बिनी केबलकारको प्रधानमन्त्रीले गरे उद्घाटन

by
२५ जेष्ठ २०८०,
0
लुम्बिनी केबलकारको प्रधानमन्त्रीले गरे उद्घाटन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भएको छ। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केबलकारको औपचारिक उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकार उद्घाटन गरेका हुन्।

यससँगै आईएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार अब व्यावसायिक रूपमा सञ्चालनमा आउने छ।

बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका(३ वसन्तपुरसम्म ३ किलोमिटर दूरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो।

उद्घाटनपछि लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपीपल, ढुंगेधारा, पोखरी आदि संरचनाहरूले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ।

यसअघि यही जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरु गरिएको थियो। सप्ताहव्यापी पूजाआराधनामा भारतको गुवाहाटी र नेपालका ११ जना पण्डितहरूले धार्मिक प्रवचन दिएका थिए।

वसन्तपुरमा गुवाहाटीमा रहेको मन्दिरकै शैली र कलामा कामाख्या मन्दिर बनेको छ। कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ।

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ। लुम्बिनी केबलकार प्रालिले प्रति टकट शुल्कको दुई प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्याउने छ।

आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो। यसअघि आईएमई समूहले काठमाडौंको चन्द्रागिरि र हालै नवलपुरको गैंडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताए। लुम्बिनी केबलकार नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारहरूसहित स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूको सामूहिक प्रयासबाट प्राप्त माया, सद्भाव र सहयोगका कारण समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल भएको पनि अध्यक्ष ढकालले उल्लेख गरे।

रूपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रूपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउने विश्वास रहेको पनि अध्यक्ष ढकालले बताए।

अध्यक्ष ढकालले रूपन्देहीलाई लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने यो प्रदेशका राजनीतिक नेतृत्व तथा आम जनताको चाहनालाई पूरा गर्न यो परियोजना कोसेढुंगा सावित हुने आशा लिएको बताए।

अध्यक्ष ढकालले केबलकार धार्मिक पर्यटन सर्किट निर्माणको नयाँ अभियानको पनि घोषणा गरे। अध्यक्ष ढकालले यस सर्किटअन्र्तगत बुटवलको लुम्बिनी केबलकारबाट धार्मिक यात्रा सुरु गर्‍यौं भने यही बाटो हुँदै मौलाकाली, मुक्तिनाथ, मनकामना, चन्द्रागिरि, कालिञ्चोक हुँदै पाथीभरासम्म पुग्न सकिने अवस्था सिर्जना गर्न सकिने बताए।

उनका अनुसार भोलिका दिनमा यो सर्किटको विस्तार अन्य धार्मिक पर्यटकीय स्थलसम्म पुग्न सक्छ। नेपालमा पर्यटकको बसाइ अवधि बढाउनुपर्ने आवश्यकता महसुस भइरहेका बेला यो सर्किटले विदेशी पर्यटकको बसाइ लम्ब्याउन योगदान दिन सक्छ।

लुम्बिनी केबलकार र रिसोर्टसहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। टप स्टेशनमा पर्यटकका लागि भेज र नन(भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काइवाक, जीपलाइन निर्माणको क्रममा छन्। मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ।

बटम स्टेशन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेशन ९ सय ४० मिटरको उचाइमा रहेको छ। बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ। खासगरी गर्मी मौसममा वसन्तपुर पुगेर शीतलता प्राप्त गर्न केबलकार सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए। केबलकार सञ्चालनमा आएसँगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटललगायत संरचना निर्माण हुने छन्।

Previous Post

यस कारण विशेष छ मुर्रा राँगा

Next Post

एकिकरणको समय बि.स. १८४६ मा बनेको डोटीको मालिका मन्दिर

सम्बन्धित खबर

परेवाको दिशाबोधमा कलेजोको भूमिका
आवाज

परेवाको दिशाबोधमा कलेजोको भूमिका

१६ जेष्ठ २०८३,
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान
आवाज

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

१६ जेष्ठ २०८३,
जनकपुरमा जानकी जन्मोत्सव सुरु
आर्थिक

जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

१६ जेष्ठ २०८३,
रुसी ड्रोन रोमानियामा खस्यो
अन्तर्राष्ट्रिय

रुसी ड्रोन रोमानियामा खस्यो

१६ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

१६ जेष्ठ २०८३,
पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय
कृषि

पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

१६ जेष्ठ २०८३,
Load More
Next Post
एकिकरणको समय बि.स. १८४६ मा बनेको डोटीको मालिका मन्दिर

एकिकरणको समय बि.स. १८४६ मा बनेको डोटीको मालिका मन्दिर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In