• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

metakhabar by metakhabar
१४ चैत्र २०८२,
0
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर, १४ चैतः हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चमेरे गुफा संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकार सक्रिय बनेको छ । प्राकृतिक बनावट, ऐतिहासिक पृष्ठभूमि र धार्मिक आस्थासँग जोडिएको यस गुफालाई व्यवस्थित गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित वडाले योजनाबद्ध रूपमा काम अघि बढाएको हो ।

ओझेलमा परेको यो स्थानको उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले संरक्षण, पहुँच विस्तार र प्रचारप्रसारका कामलाई प्राथमिकतामा राखिएको वडा कार्यालयले जनाएको छ । गुफा आसपासको स्थानको संरक्षण, बाटो व्यवस्थापनलाई एकीकृत रूपमा अगाडि बढाइएको छ ।

गुफासँगै रहेको राज गैया देवी थानका कारण यस क्षेत्रको धार्मिक महत्वसमेत उच्च रहेको वडाध्यक्ष कुमार विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार गुफासम्म पुग्न सहज बनाउन सिँढीसहितको पैदलमार्ग निर्माण गरिएको छ । जसले स्थानीय तथा आगन्तुकलाई सहज पहुँच दिएको छ। पहिले यहाँ पुग्न निकै कठिन रहेकोमा अहिले संरचना बनेपछि पुग्न सहज भएको उहाँको भनाइ छ ।

वडाको सीमित स्रोतसाधनका बाबजुद पनि हरेक वर्ष थोरै भए पनि बजेट छुट्याएर संरक्षण तथा पूर्वाधार विकासका कामलाई निरन्तरता दिइएको उहाँको भनाइ छ । चालु आर्थिक वर्षमा मात्रै रु ५० हजार बजेट विनियोजन गरिएको छ । “चमेरे गुफा र राज गैया देवीथान हाम्रो वडाको पहिचान र गौरवका विषय हुन्,” वडाध्यक्ष विष्टले भन्नुभयो, “यस क्षेत्रलाई व्यवस्थित बनाउँदै पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखेका छौँ ।”

स्थानीय बुढापाकाका अनुसार प्राचीन समयमा युद्धका बेला एक रानीले यही गुफामा लुकेर ज्यान जोगाएको किम्बदन्ती छ । यही ऐतिहासिक कथासँग जोडिएर यहाँको गाउँको नाम ‘रानीबास’ रहन गएको स्थानीय रामप्रसाद सुवेदीले बताउनुभयो । “यो गुफा केवल ढुंगाको संरचना मात्र होइन”, उहाँले भन्नुभयो, “हाम्रो इतिहास र पहिचानसँग जोडिएको धरोहर हो । यसलाई राज्यले ध्यान दिन आवश्यक छ ।”

उहाँका अनुसार गुफाको भित्री संरचना, प्राकृतिक बनावट र वातावरण आफैँमा अत्यन्त आकर्षक र रहस्यमय छ । उचित संरक्षण र प्रचारप्रसार गर्न सके यो क्षेत्र प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

गुफाबाट करिब डेढ किलोमिटर माथि रहेको अर्को ऐतिहासिक स्थल जोरआहाल संखामचुलीसम्म पुग्न सकिने भए पनि २०७२ सालको भूकम्पपछि केही स्थानमा बाटो अवरुद्ध भएको स्थानीय नविन राईले जानकारी दिनुभयो। उक्त क्षेत्रको पुनःसंरचना गर्न सके थप पर्यटकीय आकर्षण बढ्ने विश्वास गरिएको छ ।

यसैगरी, गुफा नजिकै रहेको राज गैया थानमा प्रत्येक वर्ष बैशाखे पूर्णिमाका दिन स्थानीयले भव्य पूजा–आजा गर्ने परम्परा रहँदै आएको छ । धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्राकृतिक सौन्दर्यको संगम भएकाले यो क्षेत्रलाई विशेष महत्वको रूपमा लिइन्छ ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले पालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र विकासका लागि दीर्घकालीन योजना बनाएर काम भइरहेको बताउनुभयो । “पर्यटनको माध्यमबाट स्थानीयको आर्थिक अवस्था सुदृढ बनाउने हाम्रो लक्ष्य हो,” अध्यक्ष राईले भन्नुभयो । गाउँपालिका केन्द्र घोडेटारबाट नजिकको दूरीमा रहेकोले अहिले पनि धेरै जना यो गुफा अवलोकन गर्न तथा राज गैया थानको दर्शन गर्न आउनेको गरेको स्थानीयबासीले बताएका छन् ।

Previous Post

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

Next Post

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
आवाज

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

२४ असार २०८३,
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
जीवन शैली

धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

२४ असार २०८३,
आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन
आवाज

आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

२४ असार २०८३,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

२४ असार २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

२४ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

२४ असार २०८३,
Load More
Next Post
युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In