मरुभूमिको जहाजको रुपमा चिनिने ऊँट एउटा बलियो प्राणी हो । ऊँट १७ दिनसम्म खाना–पानीबिना नै बाँच्न सक्छ । यसले १७० किमिको दुरी खाना पानीबिना नै यात्रा गर्न सक्छ । पानी पाएको खण्डमा भने दश मिनेटमा नै १३४ लिटरसम्म पानी पिउन सक्छ । सिउँडी मानिसका लागि विषजन्य पदार्थ मानिन्छ तर मरुभूमिमा ऊँटहरु सिउँडी र काँडेदार बुट्यान मात्र खान पाउँछन् । यस्ता काँडेदार वनस्पति खाँदा जिब्रोमा चिथोरिएर रगत निस्कन्छ त्यही रगतलाई ऊँटहले काँडासँगै मीठो स्वाद मान्ने गर्दछन् । ऊँटले खाएको खाना जुरोमा भण्डारण गरेर राख्छ र आवश्यकता अनुसार पचाउँछ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट












