• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतीय प्रधानमन्त्री नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ –प्रधामन्त्री दाहाल

by
२० जेष्ठ २०८०,
0
भारतीय प्रधानमन्त्री नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ –प्रधामन्त्री दाहाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहन्छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन् । ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायत रहेका छन् । दुवै देशका प्रधानमन्त्रीबाट समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको छ । भारत भ्रमणमा केन्द्रित रहेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय समाचार समिति (रासस) का विशेष समाचारदाता रमेश लम्सालले भारतको इन्दौरमा गर्नुभएको कुराकानीको सम्पादित अंश : –

प्रधानमन्त्रीज्यू, यहाँको चौथो भारत भ्रमणलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

यो भ्रमण पहिलेका तुलनामा बढी फलदायी, दूरगामी प्रभाव पार्ने, नेपालको राष्ट्रिय हितमा केन्द्रित रह्यो । मुख्यतः आर्थिक क्रियाकलापमा सकारात्मक सन्देश दिने सफल भ्रमणका रुपमा मैले महसुस गरेको छु ।

भ्रमण सफलताका आधारहरु के के हुन् ?

पहिलो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मेरा बीचमा खुलेर जसरी कुरा भयो, एउटा विश्वासको राम्रो वातावरण बन्यो । त्यो स्तरमा विगतमा खुलेर कुराकानी त्यति हुने गर्दैनथ्यो । यो हिसाबले पनि यसलाई मैले भिन्न र मौलिक ठानेको छु । तीन पटक नै ‘वान टु वान’ वार्ता भएको त होइन, ‘वान टु वान’ त एक पटक नै हो । अरु कार्यक्रममा जाने क्रममा पाँच/सात मिनेट हामी दुई जना मात्रै बसेर कुरा गर्ने अवसर भयो । त्यसअर्थमा पनि हरेक पटक अलि खुलेर विश्वासको वातावरण बनाउने र केही परिणाम निस्कने किसिमले जानुपर्छ भन्ने बन्यो ।

दोस्रो, हामीकहाँ समस्या भनेर भन्ने गरिरखेका थियौँ, नेपाली जनताको मनमा पनि त्यो कुरा गहिरोसँग थियो । सीमा समस्या हल हुन्छ कि हुँदैन, के होला भन्ने प्रश्न थियो, छ पनि, त्यसमा यसपटकको नयाँपन के देखियो भने सिमानाको समस्या सदाका निम्ति हल गर्नुपर्छ, भन्ने कुरा भयो । प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा मैलेभन्दा पनि पहिले सिमानाका समस्या समाधान गर्नुपर्छ भनेर बोल्नुभयो । नेपाल–भारत सम्बन्धलाई हिमालयको उचाइसम्म पु¥याउनुपर्छ भन्ने जसरी राखियो, त्यसले नयाँ सन्देश दिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई ‘सुपरहिट’ बनाउने र हिमालजस्तै उचाइ दिने भन्नुभएको छ, यसको अर्थ के हुन सक्छ ?

उहाँ पहिलो पटक सन् २०१४ मा नेपाल भ्रमणका क्रममा सदनमा बोल्दा ‘हिट’को अर्थ लगाएर नेपाल–भारत सम्बन्धको चर्चा गर्नुभएको थियो । बीचमा जुन ‘गति’मा जानुपथ्र्यो, गएन । अब त्यसलाई ‘सुपरहिट’ बनाउनुपर्छ भनेर उहाँले त्यतिबेलाको आफ्नो सफल भ्रमणलाई जोडेर भन्नुभएको मैले महसुस गरेको छु । नेपाल–भारत सम्बन्धलाई धेरै नै माथि लानुपर्छ भनेर भन्ने नै त्यसको अर्थ हो । यो दुई शब्दको प्रयोगबाट भारतीय प्रधानमन्त्री निकै विश्वासको साथमा अब नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा रहेको मैले ठानेको छु ।

सिमानाका समस्या समाधान गर्नुपर्छ, यसलाई अड्काइराख्नु हुँदैन भन्नेमा दुवै देश एउटास्तरमा आइपुग्नु नै ठूलो कुरा लाग्छ । प्रधानमन्त्री मोदी र मेराबीचमा कुरा हुँदा भारत र बङ्गलादेशले सीमा समस्या हल गरेको चर्चा हामीले गरेकै हो । स्वयं प्रधानमन्त्री मोदीले लामो समयको मेहनत र गृहकार्यपछि त्यो सफलता प्राप्त भएको हो भनेर बताउनुभयो । नेपाल–भारतबीचको सीमा समस्यालाई राखिराख्न हुँदैन, यसलाई समाधान गर्नुपर्छ । बङ्गलादेश मोडल पनि एउटा अवसर हुनसक्छ, अर्को पनि हुन सक्छ । नेपालले इतिहासको तथ्यतथ्याङ्कका आधारमा आफ्नो भनेको भूमिलाई भारतले छाड्दा पनि समाधान भई नै हाल्छ । अर्को कुरा धेरै ठाउँमा अप्ठ्यारो प¥यो भने सट्टपट्टा गर्ने चलन पनि छ । तर अहिले नै यी विकल्पबारे हामी औपचारिक ढङ्गले प्रवेश गरेका छैनौँ । नेपालमा पनि केही सीमासम्बन्धी जानकारले बङ्गलादेश जाने बाटो हामीलाई दिने हो भने समस्या समाधान भइहाल्छ भनेर ल्याउने गर्नुभएको छ । तर यी विकल्प अहिले भारत सरकारसँग औपचारिकरुपले प्रवेश गरेको विषय होइनन् । जे भए पनि सिमानाका समस्या अब हल गर्नुपर्छ भन्ने प्रतिबद्धताको तह अहिले नेपाल–भारतको अर्को उचाइमा पुगेको छ । यो सत्य हो ।

भारतसँगको विद्युत् व्यापारमा केही महत्वपूर्ण निर्णय भएका छन्, १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरेर बिक्री गर्ने अवस्था सिर्जना भएको हो ?

नेपालमा लामो समयदेखि बिजुली उत्पादन गर्ने तर बजारको सुनिश्चित नहुँदा उत्पादन मात्रै गरेर के हुन्छ भन्ने प्रश्न लगानीकर्ता र नेपाली विज्ञको मनमा रहँदै आएको प्रश्न हो । भारतसँग दीर्घकालीन व्यापार सम्झौता होस् भन्ने नेपालको चाहना हो । यसपटक त्यो विषयमा सम्झौता सम्पन्न भयो । १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने स्वयं भारतीय प्रधानमन्त्री मोदीले आफैँले प्रष्ट भाषामा भन्नुभयो । त्यसको औपचारिकता करिबकरिब केही दिनभित्र सबै टुङ्गिन्छ । यो ठूलो उपलब्धि हो ।

बजारको सुनिश्चिताको अभावले लगानीकर्तालाई लगानी गर्न जुन समस्या हुन्थ्यो, त्यो अब रहेन । अब हामीले छिटोछिटो उत्पादन गर्ने दिशातर्फ जान सकिन्छ भन्ने मलाई लाग्छ । जे भए पनि यो समझदारी नेपालको राष्ट्रिय हित र दीर्घकालीन हितका निम्ति धेरै नै महत्वपूर्ण सहमति हो । यसले नेपालको अर्थतन्त्रलाई नयाँ गति दिन्छ भन्ने मेरो विश्वास हो । पश्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने, एक वर्षमा मोडालिटी निर्माण गर्ने भनेर भनिएको छ, त्यसलाई संयुक्तरुपले घोषणा गरिएको छ । २६ वर्षदेखि रोकिएको कामलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रिया सुरु भएको छ । यो नेपालका लागि खुसीको कुरा हो । नेपाल, भारत र बङ्गलादेशका बीचमा विद्युत् व्यापारका सम्बन्धमा जे सहमति बन्यो । भारत र बङ्गलादेश, नेपाल र बङ्गलादेश, नेपाल र भारतबीच सबैका बीचमा सहमति भइसकेको छ । यो पनि नेपालको विद्युत् व्यापारका क्षेत्रमा यसले धेरै महत्वपूर्ण भूमिका खेल्छ । यो नेपालको राष्ट्रिय हितमा भएको अर्को महत्वपूर्ण उपलब्धि हो ।

१० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने घोषणा केबल घोषणामै सीमित हुने हो कि भन्ने आशङ्का उब्जेको छ, यो कसरी अगाडि बढ्छ ?

यसमा कसैले पनि आशङ्का गर्नु कुनै ठाउँ छैन । दुईवटा प्रधानमन्त्रीले औपचारिक वार्तापछि आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिएको हो । भारतले केही प्राविधिक कारणबाट ‘क्याबिनेट’ बैठक बस्न बाँकी हो भनेर हामीलाई विश्वास दिलाएको छ । प्रधानमन्त्री मोदीजस्तो शक्तिशाली नेताले घोषणा गरेको कुरामा शङ्का गर्नु हाम्रै कमिकमजोरी हो जस्तो हुन्छ । शङ्का गर्ने कुनै ठाउँ छैन, यो अगाडि बढ्छ ।

हवाई प्रवेश बिन्दुको विषय नेपालले उठाएको थियो, यस सन्दर्भमा के कुराकानी भयो ?

एयर रुटका विषय नेपालले धेरै पहिलेदेखि उठाउँदै आएको विषय हो । यसपटक पनि मैले धेरै तयारीका सन्दर्भमा पनि सम्बन्धित मन्त्रालय र अधिकारीलाई यस विषयमा छलफल गर्न पहिले पनि दिल्ली पनि पठाएको हो । कुराकानी पनि भएको हो । सिमराबाहेक हामीलाई सिधैँ अन्तर्राष्ट्रिय एयर रुटका रुपमा कम्तीमा एउटा रुट दिन भनेको हो । त्यहीस्तरमा त यो पुगेन अहिले, तर कम ‘अल्टिच्यूड’का जहाज भारतका विभिन्न सहर र नेपालगञ्ज जोड्ने भन्ने भएको छ, यो प्रारम्भिक राम्रो सङ्केत चै हो । हामीले खोजेको जस्तो त होइन । प्रधानमन्त्री मोदीसँग कुरा हुँदा पनि मैले भनेको छु, कम ‘अल्टिच्यूड’बाट जहाज उड्न दिने सहमतिले एउटा सङ्केत त गरेको छ, नेपालको आवश्यकता र चाहनलाई सम्बोधन गरेको छैन, हामी के आशा गर्छौँ भने छिट्टै फेरि ‘हाइअल्च्यिूड’ जहाज पनि आउने गरी महेन्द्रनगर वा नेपालगञ्ज जता भए पनि एउटा एयर रुट प्राप्त हुने विश्वास गर्छौँ भनेका छौँ । मसँगको कुराकानीमा भारत सकारात्मक भएको पाएको छु । जे भए पनि एयर रुटको विषय जुन स्तरमा छलफल भयो र प्रारम्भिकरुपमा जुन सहमति भएको छ, नेपालका लागि महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ ।

भारतको सबैभन्दा सफा सहर इन्दौरको भ्रमण गर्नुभयो, यहाँको फोहर व्यवस्थापनसम्बन्धी अभ्यासका बारेमा पनि जानकारी लिनुभयो । नेपालमा फोहर व्यवस्थापन चुनौतीका रुपमा हेरिएको छ । यसबाट केही सिक्न सकिन्छ ?

इन्दौर भारतकै प्रमुख सफा सहरमा दर्ज भएको छ । इन्दौरबाट केही सिक्न सकिन्छ हेरौँ भन्ने उद्देश्यबाट पुगिएको हो । हिजो हामीले त्यसको अवलोकन पनि ग¥र्यौँ । प्रस्तुति पनि हेरियो । यसबाट हामीले पाठ सिक्ने कुरा छन् । मैले के महसुस गरेँ भने सबैभन्दा ठूलो कुरा सरकारको प्रतिबद्धता हो । सरकार कति दृढ इच्छाशक्तिका साथ अगाडि जान चाहन्छ भन्ने महत्वपूर्ण देखेँ । मध्यप्रदेश सरकार र इन्दौर नगरपालिकाको जुन पहलकदमी र प्रतिबद्धता देखेँ, यो धेरै ठूलो हो । सफा सहर बनाउन हर व्यक्तिले मेहनत गर्नुपर्छ भन्ने मनोभावना र चेतना पैदा गर्ने कुरा महत्वपूर्ण रहेछ । हाम्रा सन्दर्भमा आमजनतामा चेतना ल्याउनुपर्छ भन्नेमा पनि यो सम्बन्धित छ ।

भारत भ्रमणबाट प्राप्त उपलब्धिका बारेमा नेपाली जनतालाई भन्न बाँकी केही छन् ?

यसपटकको भारत भ्रमणको दीर्घकालीन र रणनीतिक अर्थ र महत्व रहेको मैले मसहुस गरेको छु, कताकता नेपालमा हरेक कुरालाई नकारात्मक र शङ्काका नजरले हेर्ने भएका छौँ । तर मलाई लाग्छ, यसपटक अलिकति सकारात्मक ढङ्गले सोच्ने, विषयलाई आवश्यकताभन्दा बढी राजनीतिकरण नगरी विकास, समृद्धि र आर्थिक क्रियाकलापलाई गति दिने कुरामा केन्द्रित हुन आवश्यक छ । त्यसअर्थमा यस भ्रमण ऐतिहासिक नै भएको छ । 

Previous Post

४० घण्टासम्म पानी नखाई सुटिङ गरेकी अदा

Next Post

प्रधानमन्त्री दाहाल स्वदेश प्रस्थान

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
प्रधानमन्त्री दाहाल स्वदेश प्रस्थान

प्रधानमन्त्री दाहाल स्वदेश प्रस्थान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In