सजगता जो भनिन्छ, त्यसमा समय परेमा रहन सक्नु, राम्रो शिक्षा सुनेको गुनेर उसमा जीवनयापन गर्नु, मौन रहन भन्नु, सहन गर्न भन्नु परन्तु वातावरण उपस्थित हुँदा दुवै बिर्सेर आफ्नो पुरानो बानीमा पुग्नु असजगता हो यसभन्दा भिन्न सजगता हो ।
इष्ट एक इमानदार, मायालु सेवक हो, परन्तु उसमा अध्यात्मका दुई तत्व आपूmलाई खोज्ने तत्परता र सजगताको अभाव वा न्यूनता देखिन्छ ।
यस्तो पनि हुन सक्छ । अपरिचित रहने र अकिञ्चन हुने दिव्य तत्वका बलले यस्तो जीवन बाहिरबाट देख्नमा हुन सक्छ । यो कठिन छ, वास्तविक भित्र जान्न र सम्झिनुपर्छ ।
अन्यको सान्निध्य मात्र चञ्चलता हो । केवल सजग, एकान्तमा शान्त वास, भिक्षा र साधनाको साहचर्य मात्र उपयोगी हुन्छ । सेवा, भिन्न भाव, सामीप्य, अपनत्व, परापेक्षी अन्य सहयोगी अवलम्बित सबै कर्मले विक्षेप अवश्य दिन्छन् ।
कहाँबाट विचार शब्द ग्रहण गर्छन् त्यो स्रोतमा पुग्ने गम्भीरता हामी ल्याउँदैनौँ । भावना र कल्पनालाई विचारले निरन्तरता नदिए ती धेरै बेर रहँदैनन् स्मृति–विचार प्रवाह भएर चल्दछ परन्तु स्मृतिको स्वरूप, क्षमताबारे जो कि आफ्नो खोज हो, त्यो हामी गर्ने मौका पाउँदैनौँ । एकान्त जीवन, गम्भीर जीवन, शान्त जीवनविना आफ्नो खोज सम्भव छैन । बाहिरबाट हामी सम्पत्ति, सम्बन्ध, सुरक्षामा र भित्रबाट स्वार्थ, शास्त्र, आदर्शमा अल्झिएर मरिसकेका हुन्छौँ, हामी स्वतन्त्र कहिले हुनु ?
साभार : ‘विचारप्रवाह’ पुस्तकबाट












