• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनि हुन्छ… जमल जलमग्न

    अनि हुन्छ… जमल जलमग्न

    येन स्थिरतामा अमेरिकाको जोड

    येन स्थिरतामा अमेरिकाको जोड

    इन्टर्न चिकित्सकको माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह

    इन्टर्न चिकित्सकको माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह

    न्यायाधीशमाथि दबाबको दाबीबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन

    न्यायाधीशमाथि दबाबको दाबीबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन

    प्रदेश सरकारको सत्ता समीकरणमा नजाने राप्रपाको निर्णय

    प्रदेश सरकारको सत्ता समीकरणमा नजाने राप्रपाको निर्णय

    आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले

    आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आम्दानीको स्रोत खसीबाख्रा

by
१५ जेष्ठ २०८०,
0
आम्दानीको स्रोत खसीबाख्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही । ईश्वरपुर नगरपालिका–१२, माथिल्लो गुइडुङका ज्ञानबहादुर स्याङ्तानको खोरमा अहिले पाँच वटा माउ बाख्रा र तिनका आठ वटा पाठापाठी छन् ।

तीन वटा खसी ठूला भएर हुर्किसकेका छन् । चुरेको गाउँमा बसेर सामान्य खेती किसानी गर्ने ज्ञानबहादुर परिवार यही पाँच वटा माउ बाख्राको पाठापाठी हुर्काएर बेचेको पैसाले नै चलिरहेको छ ।

खसीबाख्रा बेचेको पैसाले नै घर खर्च, औषधी उपचारका लागि आवश्यक रकम र दुई छोराको पढाइ खर्च जोहो गरिरहेको स्याङ्तानले बताउनुभयो । “पाखो बारीमा मकै, कोदो लगाउने र बाख्रा पाल्ने काम गर्छु, छ महिनामा ६०र७० हजारको खसी बेच्छु,” उहाँले भन्नुभयो, “व्यावसायिक हिसाबले धेरै बाख्रा पाल्न त सकेको छैन । यी पाँच वटा बाख्राले नै व्यवहार धान्न पुगेको छ ।”

चुरे भेगमा जङ्गल नजिकै रहेको र घाँसको समस्या नहुने हुँदा बाख्रा पाल्न सजिलो रहेको उहाँको भनाइ छ । गुइडुङदेखि पश्चिमतर्फको पाखोमा पर्ने लालबन्दी नगरपालिका–१५, भित्रीखोलाका दीपमान लोप्चनको खोरमा पनि अहिले सात वटा माउ बाख्रा र तिनका सानाठूला गरी ११ वटा पाठापाठी छन् ।

उहाँ पनि बाख्रापालनबाटै घर धानेको बताउनुहुन्छ । “वर्षमा केही नभए पनि डेढरदुई लाखको बाख्रा बेच्छु, यही पैसाले घर चलेको छ,” लोप्चनले भन्नुभयो, “हाम्रोतिर घाँसको समस्या नभएकाले बाख्रापालन गर्न सजिलो छ तर रोग लाग्यो भने पशु चिकित्सक भने नपाउने समस्या छ ।”

लोप्चनका अनुसार चुरेको बस्तीका स्थानीयले फेदीमा झरेर स्थानीय पशु स्वास्थ्यकर्मीलाई लक्षण बताएर औषधी लिएर जाने गरेका छन् । चुरे भेगका किसान बाख्रापाठाको गोठालोसमेत जाँदैनन् ।

नजिकै जङ्गलमा लगेर छाडेपछि बाख्रापाठा आफैँ चरेर आउने गरेका भित्रीखोलाका स्थानीय युवा विवेक दोङले बताउनुभयो । एक गैरसरकारी संस्थामा कार्यरत दोङले बाख्रापाठाबाटै स्थानीय किसानको व्यवहार राम्रैसँग धानिरहेको बताउनुभएको छ ।

यहाँका किसानले पालेको खसीबाख्रा खरिद गर्न व्यापारी गाउँमै पुग्छन् । चुरेका विकट बस्तीमा समेत खसीबाख्रा किन्न नियमितजसो व्यापारी आउने गरेका स्थानीय किसानले बताएका छन् ।

लालबन्दी, हरिवन र बयलबास बजारमा समेत ल्याएर किसानले खसीबाख्रा बेच्ने गर्छन् । हरिवन नगरपालिका–१ का वडाध्यक्ष टमबहादुर घिसिङले बाख्रासहित अन्य पशुचौपाया पालेरै चुरेका बासिन्दाको दैनिक चलिरहेको बताउनुभयो । चुरे भेगका किसानले बाख्रापाठा बेचेर समस्या टार्ने र चामल, दाल, नुन, तेलको जोहो गर्ने गरेको वडाध्यक्ष घिसिङले जानकारी दिनुभयो । जङ्गल क्षेत्र धेरै नै रहेको आफ्नो वडाभित्र अधिकांशले बाख्रापालन गरेका घिसिङको भनाइ छ ।

गोरखापत्रबाट साभार

Previous Post

तमोर आयोजनाबारे पावर चाइनालाई पत्राचार गर्ने निर्णय

Next Post

सार्वजनिक संस्थानः २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य

सम्बन्धित खबर

अनि हुन्छ… जमल जलमग्न
फिचर-ब्यानर

अनि हुन्छ… जमल जलमग्न

२० साउन २०८३,
येन स्थिरतामा अमेरिकाको जोड
अन्तर्राष्ट्रिय

येन स्थिरतामा अमेरिकाको जोड

२० साउन २०८३,
इन्टर्न चिकित्सकको माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह
समाचार

इन्टर्न चिकित्सकको माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह

२० साउन २०८३,
न्यायाधीशमाथि दबाबको दाबीबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन
समाचार

न्यायाधीशमाथि दबाबको दाबीबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन

२० साउन २०८३,
प्रदेश सरकारको सत्ता समीकरणमा नजाने राप्रपाको निर्णय
समाचार

प्रदेश सरकारको सत्ता समीकरणमा नजाने राप्रपाको निर्णय

२० साउन २०८३,
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक

आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले

२० साउन २०८३,
Load More
Next Post
सार्वजनिक संस्थानः २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य

सार्वजनिक संस्थानः २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In