• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फेरियो रुम गाउँको मुहार

by
१५ जेष्ठ २०८०,
0
फेरियो रुम गाउँको मुहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका टेकबहादुर विक ७९ वर्षको भए ।

उमेरले आठ दशक छुनै लागे पनि स्वच्छ खानपानले उहाँ अझै हट्टाकट्टा छन् । फरासिला विकले जीवनका अधिकांश समय ढुङ्गाखानीबाट घर छाउनी ढुङ्गा निकाल्दै, गाईभैसी र भेडाबाख्राको गोठालो गरेरै बिताए । विकसँग जीवनका अनेकौँ भोगाइ छन् । उतिबेला उनले भोगेका कैयौँ अनुभव अहिले विक आफैँलाई नौला लाग्छन् ।

उनले भोगेका सयौँ अनुभवमध्ये एउटा यस्तो अनुभव छ जो विक कहिल्यै भुल्दैनन् । चौध दिनको पैदलयात्रा गरेर बुटवल पुगेर नुन बोकेर उपभोग गरेको अनुभव उनको मानसपटलमा अझै ताजै छ। उनले यो दुःख चाहेर पनि भुल्न सक्दैनन् । दुर्गम गाउँ रुम सरकारी निकायको ध्यान कम पुगेको गाउँ ।

विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौँ सङ्घर्षपछि बल्ल गाउँसम्म बिजुलीबत्ती र सडक पुगेको छ ।

गाउँमा यसरी मोटर गाडी गुड्ला, बिजुलीबत्तीले गाउँ घर झिलिमिली होला भन्ने उहाँले कहिल्लै कल्पना गरेका थिएनन् । तर अहिले गाउँघरमै सरर गाडी गुड्दा, बिजुलीबत्तीले झिलिमिली हुँदा विक दङ्ग छन् । विकमात्रै होइन गाउँमै सडक गाडी, बिजुली, स्वास्थ्यचौकी, विद्यालयलगायतका विकासका पूर्वाधार पुुगेपछि यहाँका बासिन्दाको खुसीको सीमा नै छैन ।

सडक बनेर गाडीमार्फत बुटवल र चितवनलगायतका ठाउँबाट घरदैलोमै खाद्यान्नलगायतका आवश्यक चिज आउन थालेपछि उमेरले ७० वसन्तपार गरेका यहाँका वृद्धवृद्धाले विकास भनेको कस्तो हुँदोरहेछ भन्ने कुरा महसुस गर्न पाएका छन् ।

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट दुईतर्फी सडक गाउँमा पुगेपछि यस क्षेत्रका बासिन्दाको जीवनमा खुसियाली छाएको हो ।

“हाम्रो ठाउँमा यस्तो विकास होला भन्ने त मैले कहिल्यै सोचेको थिएन, तर अहिले त हेर्नुस् गाडी सरर चल्छन्, बिजुलीबत्ती पनि थिएन त्यतिबेला, हामीले त सिठा र दियालो बालेर उज्यालो गराउँथ्यौँ, अहिले बिजुलीले झिलिमिली छ, एकदिन लाइन आएन भने अन्धकारमा बसेजस्तो हुन्छ”, रुमबेलीका मेखबहादुर पुनले भने, “बटौलीमा गाडी देख्दा डराउँथ्यौँ, अहिले त के को डराउनु अली तल जानुपर्यो भने हिँड्नै मन लाग्दैन, गाडीमै जाने भन्ने हुन्छ, गाडी नहुँदा, धेरै टाढा हिँडियो, अहिले सुविस्ताले गर्दा दुई(चार पाइला पनि हिँड्न गाह्रो लाग्छ ।”

जिल्ला सदरमुकाम बेनीबजार आवतजावत गर्न चार दिन लागेको सुनाउँदै तत्कालीन समयमा यहाँका जनताले निकै दुःख पाएको पुन सुनाउछन् ।

“कागजपत्रको काम गर्न बेनी जानुपथ्र्यो, उतिबेला गाडीको बाटो आएकै थिएन, हिँड्दै जानुपथ्र्यो, यहाँबाट हिँडेर बेनीपुग्दा दुई दिन, फर्किंदा दुई दिन लाग्थ्यो, बाटोमा चोर लाग्ने गथ्यो, निकै डर पनि हुन्थ्यो, आइमाई केटाकेटीलाई झन धेरै समस्या हुन्थ्यो”, पुनले भने, “अहिले त बिहान सरर गाडीमा गयो, साँझ खाना खान घरै आइन्छ, यस्तो सुविधा होला भन्ने त कसले सोचेको थियो होला र रु”

अहिले गाउँगाउँमा मोटर गाडी आउन थालेपछि १५ दिन लगाएर नुन ल्याउनुपर्ने बाध्यता हटेको भन्दै यसले आफ्नो चोली फेरिएको जस्तो भएको पुनले बताए ।

“पहिलेको दुःखलाई सम्झिँदाखेरी त अहिले जुनी फेरिएको जस्ता लाग्छ, पहिलो कस्ता थिए ती दिन रु, अहिले कस्तो भयो रु, उतिबेला भोगेको दुःखलाई सम्झिँदा अहिले त कथा जस्तो लाग्छ”, पुनले भने, “अहिले त सबथोक छ, के छैन रु, उतिबेला घ्यु बोकेर १५(१५ दिन लगाएर बटौली पुगेर नुन, चामल बोकेर आउने दिन गए, अहिले त घरमै जे भन्यो त्यही एकै छिनमा आउँछ ।”

खच्चड र मानिसले नै बोकेर खाद्यान्नलगायतका सामान ढुवानी गर्दै आएका स्थानीयवासीले सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने उपजलाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् ।

मालिका गाउँपालिकाको दक्षिणी भेगमा पर्ने रुम गाउँ २०।७४ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । बागलुङ जिल्लासँग सिमाना जोडिएको यो गाउँमा तीन हजार सात सय तीन जनसङ्ख्या छ । यहाँ मकै, कोदो, गहुँ, जौ, फापर आदिको राम्रो खेती हुन्छ ।

यस क्षेत्रमा उत्पादन हुने कृषिउपज, स्लेट ढुङ्गा र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पुर्याएको मालिका गाउँपालिका–२ रुमका वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताए ।

Previous Post

हरेक वर्ष काठको आयात दोब्बरभन्दा बढी

Next Post

बि.पी. कोइरालाका केही अमर वाणीहरु

सम्बन्धित खबर

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
आर्थिक

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

१५ साउन २०८३,
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
अन्तर्राष्ट्रिय

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

१५ साउन २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
आर्थिक

अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

१५ साउन २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

१५ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
Load More
Next Post
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

बि.पी. कोइरालाका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In