• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    गोरखामा योग शिविर

    गोरखामा योग शिविर

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तोकिएभन्दा बढी शुल्क लिने होटललाई जरिवाना

by
२९ अशोज २०७९,
0
तोकिएभन्दा बढी शुल्क लिने होटललाई जरिवाना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिएभन्दा बढी शुल्क लिने दुई होटललाई रु चार लाख जरिवाना गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई होटललाई प्रशासन कार्यालयले रु दुई लाखका दरले जरिवाना गरेको हो ।

व्यास नगरपालिकास्थित ग्रिनपार्क हाइवे रेष्टुरेण्ट र कल्चर भिलेज रिसोर्टले ग्राहकसँग कुनै वस्तुमा तोकिएभन्दा बढी मूल्य लिएको प्रमाणित भएपछि रु दुई र दुई लाखका दरले जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।

‘ती दुई होटलले मूल्यसूचीभन्दा बढी मूल्य लिएर सामग्री बेचेको पटक–पटक गुनासो आएको थियो, हाम्रो टोलीले पनि स्थलगत अनुगमन गर्दा त्यो प्रमाणित भयो’, गैह्रेले भने, ‘सोही आधारमा दुई होटललाई रु दुई लाखका दरले जरीवाना गर्ने निर्णय गरेका हौँ ।’

सहायक प्रजिअ गैह्रेका अनुसार दुवै होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम रु दुई लाखका दरले जरिवाना गरिएको छ । उक्त जरिवाना असोज २७ गतेदेखि सात दिनभित्र प्रशासन कार्यालयको नाममा नेपाल बैङ्क दमौली शाखाको राजश्व शीर्षक नम्बर १४३१२ मा जम्मा गर्न निर्देशन दिइएको छ । ‘उक्त अवधिभर जरिवाना रकम नबुझाएमा सोही ऐनको दफा ३९ को उपदफा ९४० बमोजिम थप कारवाही हुनेछ’, गैह्रेले भने ।

प्रशासनको उक्त निर्णयमा चित्त नबुझेमा सात दिनभित्र उल्लेखित जरिवानाको पचास प्रतिशत रकम वाणिज्य विभाग काठमाडौँको धरौटी खातामा जम्मा गरेको सक्कलै भौचरको तेस्रो प्रतिसहित विभागका महानिर्देशक समक्ष पुनरावलोकनका लागि निवेदन गर्न सकिने जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले यो निर्णयले अन्य होटललाई पनि सच्चिने मौका मिल्ने बताए । ‘अन्य होटलमा पनि यस्तो कार्य भएको हुन सक्छ, प्रशासनले जरीवाना गरेको निर्णयले अरु होटल सञ्चालकलाई पनि झस्काउन सक्ने र सचेत हुने मौका मिल्छ’, उनले भने । पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा सञ्चालित होटलहरूले ग्राहकसँग तोकिएभन्दा बढी मूल्य लिने गरेको गुनासो बेला–बेलामा आउने गरेको थियो ।

Previous Post

क्रिमिया पुल मर्मत जुलाई २०२३ सम्म गरिसक्न आदेश

Next Post

खोटाङमा अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई घाइते

सम्बन्धित खबर

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
आवाज

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

८ असार २०८३,
गोरखामा योग शिविर
आवाज

गोरखामा योग शिविर

८ असार २०८३,
आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
आवाज

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

८ असार २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
Load More
Next Post
खोटाङमा अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई घाइते

खोटाङमा अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In