१. को हाम्रो समाथ छ ? को हाम्रो मित्र हो ? यो विदेश नीतिले हामीलाई मित्रविहीन बनाएको छ ? यो विदेश नीति राष्ट्रिय हितको संरक्षण गर्नमा विफल भएको छ । यस विदेश नीतिमा पुनर्विचार हुनुपर्छ । कल्पनाको लोकबाट तल झरेर हामीले हाम्रो विदेश नीतिको निर्धारण गरौँ ।
२. हामी आफ्नो घरमा एकअर्कालाई प्रोग्रेसिव भन्न सक्छौँ, रिएक्सनरी भन्न सक्छौँ तर रसलाई अनुमति दिन सक्दैनौँ कि हाम्रो देशका घरेलु समस्यामा दखल गरोस् र कसैलाई प्रोग्रेसिव र रिएक्सनरी भनोस् ।
३. नेपाल हाम्रो छिमेकी देश हो । संसारका कुनै पनि देश यति निकट हुन सक्दैनन् जति भारत र नेपाल छन् । इतिहासले, भूगोलले, परम्पराले, संस्कृतिले, धर्मले, नदीले हामीलाई आपसमा बाँधेका छन् ।
४. परमात्मा पनि आऊन् र यदि भनुन् कि छुवाछूत मान तब म त्यस्ता परमात्मालाई पनि मान्न तयार छैन । तर परमात्माले त्यसो भन्न सक्दैनन् ।
५. मानव–मानवका बीचमा जुन भेदको पर्खाल खडा छ, तिनलाई ढाल्नु छ र त्यसका लागि एक राष्ट्रिय अभियानको आवश्यकता छ ।
६. अस्पृश्यता कानुन विरुद्ध मात्र छैन त्यो त परमात्मा र मानवताको विरुद्धमा एक गम्भीर अपराध हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट












