• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काभ्रेमा डरलाग्दोगरी बढ्दै सम्बन्ध विच्छेद र बलात्कारका घटना

by
९ जेष्ठ २०८०,
0
काभ्रेमा डरलाग्दोगरी बढ्दै सम्बन्ध विच्छेद र बलात्कारका घटना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा चालु आर्थिक वर्षका ९ महिनामा सम्बन्ध–विच्छेदका ३ सय ६५ मुद्दा दर्ता भएका छन् ।

बढ्दो प्रविधिको विकास एवं प्रयोगसँगै संहिता कानुनले पुरुष र महिला दुवैलाई सम्बन्ध विच्छेदको सहज अधिकार प्रदान गरेका कारण यस्ता घटना बढ्न थालेको विश्लेषण गर्न थालिएको छ ।

काभ्रे अदालतका अनुसार सम्बन्ध विच्छेदको उक्त सङ्ख्या २०७९ साउन महिनादेखि चैतसम्मको हो। चालु आवको उक्त घटना दर्ता अघिल्लो आवको भन्दा निकै बढी भएको अदालतका श्रेष्तेदार गोविन्द घिमिरेले बताए ।

उनका अनुसार वैशाखमा मात्र झन्डै दुई दर्जन सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । ‘अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदसम्बन्धी घटना यो वर्ष ह्वात्तै बढेको पाइयो, यो निकै डरलाग्दो सङ्ख्या हो’, घिमिरेले भने ।

जिल्ला अदालतमा गत वर्ष डेढ सयको हाराहारीमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको जनाइएको छ । जेठ महिना लाग्दै गर्दा अदालतमा दैनिक सम्बन्ध विच्छेदका घटना दर्ता भइरहेको घिमिरेले बताए ।

उनले भने, ‘सम्बन्ध विच्छेदका कारण उनीहरुबाट जन्मेका सन्तान बेवारिसे हुन थालेको गुनासो आउन थालेका छन्। बाल मस्तिष्कमा पार्ने प्रभावले भविष्यमा उत्पन्न हुने जोखिमलाई सोच्न भने सकिएको छैन ।’

सम्बन्ध विच्छेदका घटनाको ग्राफ बढिरहँदा समाजमा नकारात्मक असर पु¥याउने चिन्ता व्यक्त गर्न थालिएको छ । घिमिरेका अनुसार सम्बन्ध विच्छेद भएका घटनामा पनि सम्पत्तिको हक दाबी कार्यान्वयनमा कठिनाइ देखिएको छ । केहिले सम्बन्ध विच्छेदको सट्टा अंश चलन र मानाचामलमा मुद्दा दर्ता गरेका छन् ।

जिल्लामा फौजदारी सरकारवादीअन्तर्गत दर्ता हुने मुद्दामध्ये डरलाग्दो तथ्याङ्क देखिएको करणीसम्बन्धी मुद्दा छन् । हरेक महिना चारभन्दा धेरै जबर्जस्ती करणीका घटना दर्ता हुने गरेको अदालती तथ्याङ्कले देखाएको छ ।

यही अवधिमा महिनाको अवधिमा ४१ करणीसम्वन्धी मुद्दा दर्ता भएको अदालतले जानकारी दिएको छ । जसमा जबर्जस्ती करणीसम्बन्धी ३६ र बालयौन दुर्व्यवहारमा चारवटा र जबर्जस्ती करणी उद्योगमा एउटा मुद्दा दर्ता भएको हो ।

सहमतिमा सम्बन्ध राख्ने र पछि परिवार, समाज र आफन्तले जानकारी पाएपछि जबर्जस्ती करणीमा अभियोग दर्ता भएका केही मुद्दा पनि रहेको जनाइएको छ।

प्रेम गर्ने, सम्बन्ध रहने अनि परिवारले थाहा पाएर असमझदारी भएको दिन जबर्जस्ती करणीमा मुद्दा दर्ता भएको पाइएको छ। यस्ता घटनामा एकल महिला, बालिकादेखि वृद्धासम्म जबर्जस्ती करणीका सिकार बनेको घटनाक्रमले देखाएको छ ।

जिल्ला अदालत धुलिखेलमा दर्ता भएकामध्ये अंश चलनसम्बन्धी एक सय ७५ थान मुद्दा यस वर्षका छन्। नौ महिनाको अवधिमा महिलाले १६ मानाचामलमा र एक सय ७५ वटा अंश चलनसम्बन्धी मुद्दा दर्ता गराएको घिमिरेले जानकारी दिए । उनका अनुसार यही अवधिमा बहुविवाहसम्बन्धी ६ वटा मुद्दा दर्ता भएका छन् ।

Previous Post

अमेरिकाको कन्सास शहरको बारमा गोली चल्दा तीन जनाको मृत्यु

Next Post

मध्यपहाडी लोकमार्गमा फलफूल आयोजना सुरु

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
मध्यपहाडी लोकमार्गमा फलफूल आयोजना सुरु

मध्यपहाडी लोकमार्गमा फलफूल आयोजना सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In