जामुन स्वास्थ्यका लागि निकै फाइदाजनक फल हो । यसमा विशेष गरेर एस्ट्रन्जेन्ट र एन्टी ड्युरिकजस्ता शरीरका लागि फाइदाजनक पोषकतत्वहरु पाइन्छन् । यसका साथै जामुनको सेवनले रगतमा चिनीको मात्रा कम गर्न पनि सहयोग पुग्दछ । तर, यसको सही तरिका र समयमा सेवन नगर्दा भने उल्टो असर देखिनसक्छ । त्यसैले जामुनको सेवन गर्ने सही तरिका र समयको बारेमा ख्याल राख्न जरुरी छ ।
– जामुन खानेबित्तिकै पानी पिउँदा पखाला लाग्ने, पाचन शक्ति कमजोर हुने जस्ता विभिन्न प्रकारका समस्या हुनसक्छ । त्यसैले जामुन खाएपछि ३० देखि ४० मिनेट पछि मात्र पानी पिउनुपर्दछ ।
– बिहानै खाली पेटमा जामुन खाँदा पेट दुख्ने, पोल्ने, एसिडिटी हुनेलगायतका समस्या हुनसक्छ । त्यसैले खाना खाएपछि मात्र जामुनको सेवन गर्नु राम्रो हुन्छ ।
– बेसारयुक्त खाना खाएपछि जामुन खाँदा पेट पोल्ने समस्या देखिनसक्छ । त्यसैले बेसार खाएको ३० मिनेटपछि मात्र जामुन खानु राम्रो मानिन्छ ।
– जामुन खानेबित्तिकै दूध पिउनु वा दुग्धजन्य पदार्थको सेवन गर्दा पाचन प्रणालीसम्बन्धी समस्या जस्तै, ग्यास्ट्रिक, अपच तथा पेटसम्बन्धी समस्या देखिनसक्छ ।
– अन्य खानेकुराहरू अचारसँग खाएजस्तै जामुन पनि अचारसँग खाँदा हानिकारक हुनसक्छ । यसले पेटसम्बन्धी समस्या निम्त्याउन सक्छ ।












