ग्राहकः साहुजी चाउचाउ छ ?
पसलेः छैन ।
ग्राहकः विस्कुट छ ?
पसलेः छैन ।
ग्राहकः त्यसो भए के छ त साहुजी ?
पसलेः ठिकै छ यार सन्चै छु आरामै छु बरु तपाईंलाई कस्तो छ ?
बहिरो हुनुहुन्छ नि त
बच्चाः (चिच्याउँदै) हे भगवान् यसपालिको बर्थ डेमा चाहिँ मलाई साईकल दिनुस है ।
आमाः किन त्यसरी चिच्याएको भगवान् बहिरो त छैनन् नि ।
बच्चाः थाहा छ तर हजुरबा त बहिरो हुनुहुन्छ नि त ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












