• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत

by
२४ बैशाख २०८०,
0
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताउनुभएको छ । बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)ले आज काठमाडौँमा आयोजना गरेको ‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ मा अर्थमन्त्री महतले वित्त नीति चलाउनका लागि सरकारसँग धेरै विकल्प नरहेकाले मौद्रिक नीतिबाट समस्या समाधानका लागि पहल थालिने बताउनुभएको हो । “वित्त नीति कार्यान्वयनमा हाम्रो क्षमता बढ्न सकेको छैन । हामीले वित्त नीतिबाट पुँजी प्रवाह गर्न सकेका छैनौँ । फिस्कल स्पेस बढाउनका लागि स्रोत छैन”, उहाँले भन्नुभयो । मौद्रिक नीति र वित्त नीतिको समन्वयकारी प्रयोगबाटै अर्थतन्त्रलाई चलायमान गरिने भए पनि अर्थमन्त्री महतले अहिले सरकारी राजस्व सङ्कलन न्यून हुँदा वित्त नीतिमार्फत सरकारले धेरै काम गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

“समन्वयात्मक र साझा लक्ष्य प्राप्तिका लागि काम गर्नुपर्ने बेला भएको छ । नेपाल राष्ट्र बैंकले यही महिनाको अन्तिमसम्ममा समीक्षा गर्ने तयारी भइरहेको छ । मौद्रिक उपकरण चलाएर ब्याजदर घटाउन सकिन्छ”, अर्थमन्त्री महतले भन्नुभयो, “वित्त नीतिमार्फत पुँजी परिचालन गर्नका लागि स्रोत न्यून छ । सरकारी राजस्व असुली कमजोर छ । त्यस कारण मौद्रिक उपकरण चलाएर ब्याजदर घटाइ लगानीको वातावरण सिर्जना गर्नतर्फ हामी केन्द्रित हुनुपर्छ ।” सरकारले विनियोजन गरेको विकास बजेट खर्चको प्रभावकारिता देखिन नसकेको उहाँले स्वीकार्नुभयो । अहिलेसम्म बजेट खर्च गर्न नसकेका आयोजना वर्षान्तमा भुक्तानी माग्दै अर्थमन्त्रालयमा फाइल पठाउन थालेका उल्लेख गर्नुहुँदै अर्थमन्त्री महतले आर्थिक वर्ष सुरु भएदेखि नै पुँजीगत खर्च गर्ने गरी संयन्त्र तयार पारिनुपर्ने बताउनुभयो । पुँजीगत खर्च नबढ्दा अर्थतन्त्र चलायमान हुन नसकेको र अर्थतन्त्र गतिशील नहुँदा राजस्व असुली लक्ष्यअनुसार हुन नसकेको उहाँको भनाइ छ ।

“अहिले अर्थतन्त्रमा केही समस्या र शिथिलता देखिएको छ । बाह्य क्षेत्रमा सुधार भए पनि आन्तरिक उद्योग व्यवसायको क्षेत्र शिथिल भएको छ । मूल्यवृद्धि नियन्त्रणको सीमाभित्रै छ तर त्यहाँ पनि समस्या छ”, अर्थमन्त्री महतले भन्नुभयो, “ब्याजदरको दबाबले उद्योग व्यवसायको क्षेत्रमा समस्या देखिएको छ । राजस्वको अवस्था सन्तोषजनक मान्न सकिँदैन । लक्ष्यभन्दा निकै कम छ । यी सूचक हेर्दा अर्थतन्त्र समस्यामा नै रहेको मान्न सकिन्छ ।” अर्थतन्त्र सुधारका लागि सरकारबाट भएका प्रयासमात्र पर्याप्त नरहेकाले निजी क्षेत्रको साथ आवश्यक रहेको उहाँले बताउनुभयो । “सरकार आफैँले सबै कुरा गर्न सम्भव छैन । निजी क्षेत्रको पनि भूमिका चाहिन्छ । निजी क्षेत्रलाई सहज बनाउन मौद्रिक उपकरण परिचालनमार्फत ब्याजदर घटाएर लगानीको वातावरण बनाउनुपर्नेछ ।”

विसं २०४६ को परिवर्तन पछि उदार अर्थनीति अवलम्बन हुँदा निजी क्षेत्रको सहभागितामा बैंक वित्तीय संस्थाको व्यापक विस्तार भएको अर्थमन्त्री महतले उल्लेख गर्नुभयो । अहिले बचत तथा ऋण कारोबार गर्ने सहकारी सिद्धान्तअनुरुप चल्न नसक्दा समस्या भएको उहाँले बताउनुभयो । समुदायको हितलाई हेरेर स्वनियमनमा चल्नुपर्ने सहकारी अहिले अरु व्यावसायिक बैंक वित्तीय संस्थाजस्तो भएको उहाँको भनाइ छ । उत्पादनशील क्षेत्रमा लगानी प्रवाह हुन नसकेको विषयलाई तत्काल सम्बोधन गरिनुपर्ने अर्थमन्त्री महतले बताउनुभयो । बढीभन्दा बढी उत्पादनमा केन्द्रित हुनुपर्ने र रोजगारी सिर्जना गरिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

Previous Post

गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि हो : प्रधानमन्त्री

Next Post

यसवर्ष फुलेन गुराँस

सम्बन्धित खबर

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
आर्थिक

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

१५ साउन २०८३,
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
अन्तर्राष्ट्रिय

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

१५ साउन २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
आर्थिक

अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

१५ साउन २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

१५ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
Load More
Next Post
यसवर्ष फुलेन गुराँस

यसवर्ष फुलेन गुराँस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In