• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

यादव असुरक्षित ,देउवा, प्रचण्ड, ओली, नेपाल र लिङदेन सुरक्षित

by
२६ अशोज २०७९,
0
यादव असुरक्षित ,देउवा, प्रचण्ड, ओली, नेपाल र लिङदेन सुरक्षित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सत्ता र एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनबीच चुनावी टक्कर हुँदैछ । कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र र नेकपा ९समाजवादी० लगायतका दलहरु छन् भने एमाले नेतृत्वको गठबन्धनमा राप्रपा र जनता समाजवादी पार्टी नेपाल (जसपा) लगायतका दलहरु छन् ।

दुबैतर्फका उम्मेदवार हेर्दा अधिकांश क्षेत्रमा ‘गर या मर’को तहमा प्रतिस्पर्धा हुने स्पष्ट देखिएको छ । तर, संयोग नै भन्नुपर्ला शीर्ष पाँच दलमध्ये जसपा अध्यक्ष उपेन्द्र यादवलाई छाडेर अन्य दलका शीर्ष नेताले भने कमजोर प्रतिस्पर्धी पाएका छन् । अन्तिम समयमा आएर गठबन्धन परिवर्तन गरेर जसपा अध्यक्ष यादव अप्ठ्यारोमा परेको देखिन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनको प्रतिस्पर्धी बलियो भए पनि गठबन्धनको आधारले उनी सफल हुने देखिएको छ । अन्य दलका अध्यक्षहरुले चुनावी प्रतिस्पर्धा औपचारिकताका लागि मात्र हुने सम्भावना बलियो देखिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, प्रतिस्पर्धी मात्रै कमजोर पाएका छैन, क्षेत्रमा स्थानीय तहको मत पनि सकारात्मक नजिताका लागि प्रोत्साहित गर्ने खालको छ । राप्रपा अध्यक्ष लिङदेनलाई एमालेको साथले बलियो बनाएको छ भने जसपा अध्यक्ष यादवका लागि यो निर्वाचन ०७४ को जस्तो सजिलो नहुने स्पष्ट देखिएको छ ।

शेरबहादुर देउवा
२०४८ देखि निरन्तर डडेलधुराबाट चुनाव जित्दै आएका देउवा यसपटक अझ बढी सुरक्षित छन् । देउवाविरुद्ध कांग्रेस ९विपी० का कर्णबहादुर मल्ल र एमालेका चक्रप्रसाद स्नेहीले उम्मेदवारी दिएका छन् । कांग्रेस (विपी) का बरिष्ठ उपाध्यक्ष मल्ल देउवाकै छत्रछायाँमा हुर्किएको नेता हुन् । एमालेका स्नेही राष्ट्रियसभाका पूर्वसदस्य हुन् । एमालेले उम्मेदवारी फिर्ता लिएर मल्ललाई सघाउने सम्भावना जीवित नै छ । तर, पनि मल्लले देउवालाई पराजित गर्ने आधार देखिँदैन, छैन ।

देउवाले वामगठबन्धन रहेको अघिल्लो निर्वाचनमा २८ हजार ४४ मतका साथ निकटतम प्रतिद्वन्द्वीलाई ७ हजार मतले पराजित गरेका थिए ।डडेलधुरामा गत स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनका मुख्य तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका वडा अध्यक्षले करिब २८ हजार ल्याएका थिए । जवकि, एमाले र कांग्रेस ९विपी० मिल्दा करिब १३ हजार ५ सय मत हुन्छ । पूरानै मतका आधारमा पनि देउवा करिब १५ हजार मतले अगाडि हुन सक्छन् ।

केपी शर्मा ओली
२०४८ सालयता हरेक चुनावमा प्रतिस्पर्धा गरिरहेका ओलीले २०६४ सालमा बाहेक हार व्यहोर्नु परेको छैन । झापा–५ बाट उम्मेदवारी दिएका ओलीले कांग्रेसका पुरानै प्रतिस्पर्धी खगेन्द्र अधिकारी पाएका छन् । ओलीविरुद्ध राम्रो मत भएको राप्रपाले उम्मेदवारी दिएको छैन ।

वाम गठबन्धन रहेको २०७४ सालको निर्वाचनमा ओलीले अधिकारीलाई २८ हजार ८ सय २४ मतको अन्तरमा हराएका थिए । अघिल्लो निर्वाचनमा अधिक मतान्तरमा चुनाव जित्ने दोस्रो नेता थिए ओली ।

झापा–५ सत्तारुढ गठबन्धनका मुख्य तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहमा ३९ हजार ४ सय मत जोडेका थिए । जवकि, त्यहाँ एमाले एक्लैको ४५ हजार ५ सय मत थियो । राप्रपाले ८ हजार ७ सय मत ल्याएको थियो । झापा–५ मा सत्तारुढ गठबन्धनको भन्दा एमाले र राप्रपाको मत करिब १५ हजारले बढी छ ।

पुष्पकमल दाहाल
निर्वाचन क्षेत्र फेर्न माहिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसपटक गोरखा–२ रोजेका छन् । माओवादी एक्लै काफी हुने क्षेत्रमा गठबन्धनको साथ पाएका दाहालको प्रतिस्पर्धी दल र उम्मेदवार दुबै कमजोर छन् । एमालेले नवप्रवेशी अब्दुस मियालाई दाहालको प्रतिस्पर्धी बनाएको छ ।

दाहालले अघिल्लोपटक वाम गठबन्धन हुँदा चितवन–३ बाट ४८ हजार २ सय ७६ मत ल्याएर निकटतम प्रतिद्वन्द्वीलाई ९ हजार ३ सय ४१ मतान्तरले हराएका थिए ।

गत स्थानीय तहको वडागत विश्लेषण गर्दा गोरखा–२ मा माओवादी एक्लैको २२ हजार २ सय छ । त्यसमा कांग्रेसको २१ हजार १ सय थपिँदा ४३ हजार ३ सय मत हुन्छ । जवकि त्यहाँ एमालेको ७ हजार ९ सय मत मात्रै छ । स्थानीय तहकै गणित कायम रहे र कांग्रेसले तलमाथि नगरे दाहालले अत्यन्तै फराकिलो अन्तरले चुनाव जित्ने छन् ।

माधवकुमार नेपाल
नयाँ पार्टी भए पनि सत्ता गठबन्धनको दरिलो साथका कारण एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका लागि पनि चुनावी प्रतिस्पर्धा कठिन मानिएको छैन । गत चुनावमा आफू उठेको काठमाडौं–२ बाट सरेर नेपाल यसपटक रौतहट–१ पुगेका छन् । उनीविरुद्ध एमालेले अजयकुमार गुप्तालाई उतारेको छ । टिकट दिने सर्तमा एमालेले असारमा गुप्तालाई पार्टी प्रवेश गराएको थियो ।

२०७४ सालमा वामगठबन्धनका उम्मेदवार नेपालले काठमाडौं–२ मा २७ हजार ३६६ मत ल्याएर जितेका थिए । जीतको मतान्तर १२ हजार ४ सय ६३ थियो ।

वडाअध्यक्षले पाएको मतका आधारमा रौतहट–१ मा एकीकृत समाजवादीको १९ हजार ६ सय ९८, कांग्रेसको १६ हजार ९ सय २८ र माओवादी केन्द्रको ८ हजार १ सय ९१ मत गरी सत्तारुढ गठबन्धनको कूल मत ४४ हजार ८ सय १७ हुन्छ । रौतहट–१ मा विपक्षी गठबन्धन कायम रहे उसँग करिब २७ हजार ८ सय मत हुन्छ । दुबैतर्फ गठबन्धन इमान्दार रह्यो भने नेपाल फराकिलो मतान्तरले जित्ने छन् ।

राजेन्द्र लिङदेन
२०७४ को चुनावमा कृष्ण सिटौलाले ३१ हजार एक सय ५९ मत ल्याउँदा लिङ्देनले ४४ हजार छ सय १४ मतसहित बिजयी भएका थिए। त्यो बेला लिङदेनलाई एमाले र माओवादी केन्द्रको साथ थियो। उक्त निर्वाचन क्षेत्रमा यसपटक पनि एमालेले उम्मेदवार उठाएको छैन ।

झापा क्षेत्र नम्बर ३ मा गत स्थानीय चुनावमा कांग्रेसले २१ हजार सात सय ३५ मत ल्याएको थियो। दोस्रोमा एमालेले १७ हजार छ मत ल्याएको थियो। यहाँ लिङ्देनको दल राप्रपा भने तेस्रो शक्ति हो। राप्रपाले स्थानीय चुनावमा झन्डै एमालेकै जति मत ल्याएको छ, १६ हजार ९ सय २७ मत। माओवादीले जम्मा चार हजार आठ सय ३५ मत ल्याएको थियो। जसपाले चार सय ७४ र लोसपाले दुई सय ८ मत मात्रै ल्याएका थिए। यहाँ नेकपा एकीकृत समाजवादीले जम्मा १२ मत ल्याएको देखिन्छ।

स्थानीय चुनावमा एमाले, जसपा र राप्रपाले ल्याएको मत जोड्दा भने झापा ३ मा सिटौलालाई अप्ठेरो पर्ने देखिन्छ। एमाले, जसपा र राप्रपाको मत जोड्दा ३८ हजार ७ पुग्छ। जबकी सत्ता गठबन्धनको मत जोड्दा २६ हजार ५ सय ७० हाराहारी देखिन्छ। यसरी सिटौला ११ हजार जति मत पछि देखिन्छन्।

उपेन्द्र यादवलाई अप्ठ्यारो
२०७४ सालको निर्वाचनमा राजपासँग गठबन्धन गरेर उपेन्द्र यादवले सप्तरी–२ बाट संघीय समाजवादी पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका थिए। यसपटक उनको पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल भएको छ । उक्त निर्वाचन क्षेत्रबाट यादवले २१ हजार ६ सय २० मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० गठबन्धनका उम्मेदवार उमेशकुमार यादवले ११ हजार ५ सय ८० मत ल्याएका थिए।

अध्यक्ष यादवले सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेता जयप्रकाश ठाकुर र जनमत पार्टीका अध्यक्ष डा।चन्द्रकान्त राउत ९सिके राउत० सँग प्रतिस्पर्धा गर्नुपर्छ । राउत गठबन्धनबिना नै चुनाव लड्दैछन् भने यादवले एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका हुन् ।

हालै सम्पन्न स्थानीय निर्वाचनलाई विश्लेषण गर्ने हो भने ४ पालिकामध्ये २ वटामा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले प्रमुख जितेको छ, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले १–१ पालिका हाँसिल गर्दा तिलाठी–कोइलाडी गाउँपालिकामा नेपाली कांग्रेस र राजविराजमा जसपा विजयी भएको छ ।

गत वैशाखमा स्थानीय तह निर्वाचनमा सप्तरी २ का स्थानीय तहमा वडाध्यक्षका उम्मेदवाहरूले प्राप्त गरेको मतका आधारमा सत्ता गठबन्धन निकै अघि छ। जसपाका वडाध्यक्षले स्थानीय तह निर्वाचनमा १४ हजार ४ सय ३ मत प्राप्त गरेका थिए। एमालेका वडाध्यक्षका उम्मेदवाहरूले ५ हजार ९ सय ५१ मत प्राप्त गरेका थिए। दुई दलको मत जोड्दा २० हजार ३ सय ५४ मत पुग्छ।

यता जसपा र एमालेको मतभन्दा सत्ता गठबन्धनको मत १२ हजार भन्दा बढी रहेको छ। स्थानीय तहको निर्वाचनमा लोसपाका वडाध्यक्षका उम्मेदवाले १० हजार ४ सय ३५ र कांग्रेसका वडाध्यक्षका उम्मेदवाहरूले १० हजार ८ सय ७ मत प्राप्त गरेका थिए। यस्तै माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएकाहरूले ९ हजार ५ सय ३४ र एकीकृत समाजवादीका उम्मेदवारहरूले २४ सय ८ मत प्राप्त गरेका थिए। सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरूको मत ३३ हजार १ सय ८४ छ।

Previous Post

चीनको प्रविधि विश्वव्यापी सुरक्षामा खतराः बेलायत

Next Post

बेलायतकी नर्समाथि ७ जना शिशुको हत्या र १० को हत्या प्रयासको अभियोग

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
बेलायतकी नर्समाथि ७ जना शिशुको हत्या र १० को हत्या प्रयासको अभियोग

बेलायतकी नर्समाथि ७ जना शिशुको हत्या र १० को हत्या प्रयासको अभियोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In