• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर्णालीवासीका लागि दसैँ उल्लासभन्दा शोक र पीडा

by
२५ अशोज २०७९,
0
कर्णालीवासीका लागि दसैँ उल्लासभन्दा शोक र पीडा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । लगातार पाँच दिनसम्म निरन्तर भएको वर्षाका कारण बाढीपहिरामा परी कर्णाली प्रदेशमा अहिलेसम्म २२ जनाको अकालमा मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन् ।

यही असोज १९ गतेबाट परेको अविरल वर्षापछिको बाढीपहिरामा २२ जनाको मृत्यु भएको र ३४ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार सात घाइते भएका छन् । अझै घटनाको सबै विवरण सञ्चार सेवा अवरुद्ध हुँदा आउन नसकेको जनाइएको छ ।

मृत्यु हुनेमा मुगुका मात्रै आठ जना छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–११ तलि सालिमका घर माथिबाट आएको पहिरामा पुरिएर आठ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । पहिरामा परेर सात घाइते भएका छन् । मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–११ का ८२ वर्षीया गौरीकला बोहोरा, १९ वर्षीया सुस्मिता भग्री, ३० वर्षीया होजाली भग्री, ५४ वर्षीय वीरबहादुर भग्री, १५ वर्षीय चक्रवीर बोहोरा, २० वर्षीय सक्कबहादुर सावत, २० वर्षीय कृष्णा सावत, ६० वर्षीया हाजिरा भग्री रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी हुम्लामा चार जनाको मृत्यु भएको छ । चङ्खेली गाउँपालिका–६ मा पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको चङ्खेली गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले जानकारी दिनुभयो । मृत्यु हुनेमा ५७ वर्षकी तुलसा, नौ वर्षकी सुष्मिता , सात वर्षकी हुइजाली र पाँच वर्षका वसन्त विक छन् ।

यस्तै जुम्लामा सात, डोल्पामा एक, दैलेखमा एक र सल्यानमा एक जनाको बाढीपहिरामा परी मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

यसैबीच सबैभन्दा ठूलो असर कालिकोटमा परेको छ । कालिकोटमा मात्रै एक प्रहरी जवानसहित २३ बेपत्ता भएको विवरण छ । तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी गएका १३ जना पहिरामा पुरिएर बेपत्ता भएका छन् । आइतबार दिउँसो १ बजेतिर मलामी गएका उनीहरूमाथि तिलाकर्णाली नदीमा शव जलाउने क्रममा पहिरो खसेको जनाइएको छ ।

पहिरामा पुरिएर तिलागुफा –४ का नवनिर्वाचित वडाध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता भएका कालिकोटका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । आइतवार दिउँसोदेखि उनीहरु सम्पर्कमा नआएपछि खोजी गर्दा पहिरामा पुरिएको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको तिलाकर्णाली नदीमा अन्तिम संस्कार चलिरहँदा त्यहाँ पुगेका मलामीमाथि पहिरो खसेको हो ।

बेपत्ता हुनेमा कालिकोट तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षीय कालीबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३१ वर्षीय क्षेत्रजङ्ग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही छन् । यसैगरी ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भक्तबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५९ वर्षका परबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही पहिरामा पुरिएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूको खोजी र घाइतेको उद्धार चलिरहेको प्रहरीले जनाएको छ । बाढीपहिराबाट सयौँ परिवार घरबारविहीन भएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ ।

लगातारको वर्षाले हिमाली जिल्लाका सञ्चार सेवा अवरुद्ध भएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा बाढीपहिराबाट भएको क्षतिको विवरण अझै आउन नसकेको प्रहरीले जनाएको छ । टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध हुँदा मानवीय र अन्य क्षतिको सम्पूर्ण विवरण आइनसकेको प्रदेश प्रहरी कार्यालका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

Previous Post

ताइवानी स्वतन्त्रता बिक्रीका लागि होइनः राष्ट्रपति वेन

Next Post

कक्षा १२ को परीक्षा वैशाख दोस्रो र ११ को अन्तिम सातादेखि

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
कक्षा १२ को परीक्षा वैशाख दोस्रो र ११ को अन्तिम सातादेखि

कक्षा १२ को परीक्षा वैशाख दोस्रो र ११ को अन्तिम सातादेखि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In