• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अजिरकोटमा शैक्षिक सुधारका लागि विद्यालय गाभिए

by
५ बैशाख २०८०,
0
अजिरकोटमा शैक्षिक सुधारका लागि विद्यालय गाभिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अजिरकोट गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय समायोजन र योग्यताका आधारमा विद्यालयमा प्रधानध्यापक नियुक्त गरेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन तथा विद्यालयको खस्किँदो शैक्षिक अवस्था सुधारका लागि पालिकाभित्रका पाँच विद्यालय एकैमा गाभेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

“गाउँपालिकाले पनि शिक्षा क्षेत्रमा ठूलो धनरासी खर्च गरेको हुन्छ”, उनले भने , “राज्यले लगानी गरिसकेपछि शैक्षिक गुणस्तर राम्रो हुुनुपर्छ, सामुदायिक विद्यालय राम्रो बनाउन मुख्य कुरा विद्यालयको नेतृत्व राम्रो हुनपर्ने तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्छ भन्ने उद्देश्यका साथ नीति बनाएर विद्यालय गाभेर र योग्यताका आधारमा प्रधानध्यापक नियुक्त गरिएको हो ।”

सामुदायिक विद्यालयप्रति अभिभावक र बालबालिकामा समेत विश्वास नहुदा गाउँबाट शहरमा बसाइँ सर्नेको सङ्ख्या बढ्दो रहेको भन्दै गाउँका सामुदायिक विद्यालयलाई तीव्र गतिमा प्रशासनिक, शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलापमा सुधार गर्न क्रमबद्ध ढङ्गबाट गाउँपालिकाले काम थालनी गरिसकेको अध्यक्ष देवकोटाको भनाइ छ ।

“गाउँबाट सहरमा बसाइँ सर्ने मानिसको सङ्ख्या बढ्दो छ”, उनले भने , “आमजनताको सामुदायिक विद्यालयप्रति आर्कषण बढाउन ठोस कार्यक्रम नै बनाएर अघि बढ्नुको कुनै विकल्प छैन, त्यसका लागि हामीले थालनी गरेका छौँ ।” अध्यक्ष देवकोटाले शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयको प्रशासनिक क्षेत्रको सुधारसँगै विद्यालयको भौतिक पूर्वाधारको विकास पनि अनिवार्य भएकाले गाउँपालिकाले त्यसतर्फसमेत योजना निर्माण गरिरहेको बताए ।

उनले भने , “गाउँपालिकाभित्रका अभिभावक र बालबालिकाको मन जित्ने गरी शैक्षिक क्षेत्रको विकास गर्न गाउँपालिका प्रतिबद्ध भएर लागेको छ ।’ अध्यक्ष देवकोटाले पालिकाभित्रका २८ मध्ये पाँच आधारभूत विद्यालयलाई गाभेको बताए ।

“विद्यार्थी सङ्ख्या कम हुने शिक्षक धेरै हुने, विद्यार्थी कम हुँदा झनै निगरानी पनि कम हुने अवस्था सामुदायिक विद्यालयमा छ”, उनले भने , “कम विद्यार्थी भएका विद्यालयका विद्यार्थीलाई बढी विद्यार्थी भएका विद्यालयमा सार्दा व्यवस्थापन पनि पनि प्रभावकारी ढङ्गबाट गर्न सकिने र अभिभावकको पनि बढी चासो हुने ठाउँमा सार्दा शैक्षिक प्रगति गर्न सकिन्छ, शैक्षिक सेवा प्रवाहलाई सहजीकरण र सरलीकरण गर्न सजिलो हुन्छ भनेर विद्यालय गाभिएको हो ।” उनले सामुदायिक विद्यालयलाई व्यवस्थित गरेर सञ्चालन गर्दा गाउँपालिकाले दिने सेवा सुविधालाई पनि व्यवस्थित र उपलब्धि देखिने गरी लगानी गर्ने वातावरण तयार हुने बताए ।

अध्यक्ष देवकोटाले गाउँपालिकाले विद्यालय समयोजनसँगै पालिकाभित्रका विद्यालयमा दरबन्दी मिलान तथा योग्यताका आधारमा प्रधानाध्यापक नियुक्त गरिसकेको जानकारी दिए । उनले विद्यालयको नेतृत्व सबल भएपछि मात्र विद्यालयका सबै क्षेत्रको विकास गर्न सकिने भएकाले सवल र सक्षम नेतृत्वको छनोट गरी विद्यालयको नेतृत्व गर्न पठाइएको बताए ।

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने एक मात्र उद्देश्य गाउँपालिकाको रहेकाले राजनीतिक आस्थाका आधारमा दक्षता र क्षमता नहेरी प्रधानध्यापक नियुक्त गर्ने प्रचलनको गाउँपालिकाले अन्त्य गरेको उनको भनाइ छ ।

Previous Post

मारिलिनाले गाएको लोरीको कमालः एक प्रेरक प्रसङ्ग

Next Post

सफलताको कथाः एनरिको कारुसोको सफलता

सम्बन्धित खबर

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
Load More
Next Post
सफलताको कथाः एनरिको कारुसोको सफलता

सफलताको कथाः एनरिको कारुसोको सफलता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In