• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पर्यटकको रोजाइमा कञ्चनजङ्घा क्षेत्र

by
५ बैशाख २०८०,
0
पर्यटकको रोजाइमा कञ्चनजङ्घा क्षेत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फुङ्लिङ । चाँदी झैँ टल्किइरहेको छ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा । हिमालको फेदीमा गुराँसका फूलहरुले मनै आकर्षित गरिरहेको छ यतिबेला । यस क्षेत्रका पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना तथा जङ्गलको बाटो हिँड्दा सुनिने चराचुरुङ्गीका सङ्गीतमय आवाजले जो कोहीलाई पनि मोहित बनाउँछ । यही सौन्दर्यको आनन्द लिन आउँछन् कञ्चनजङ्घा क्षेत्रमा बर्सेनि हजारौँ विदेशी र स्वदेशी पर्यटक ।

हातमा लठ्ठी र काँधमा क्यामेरा बोेकेका विदेशी यहाँका पदमार्गमा भेट्न सकिन्छ । कञ्चनजङ्घा क्षेत्र प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण छ । कञ्चनजङ्घा प्रवेशद्वार घुन्सा क्षेत्रमा गत साता मात्र ८५ जना बाह्य पर्यटक पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । कोरोना महामारीपछि लामो समय सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कंदै छ । गत चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् ।

आर्थिक वर्ष २०७६र७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा आएको परिषद्को तथ्याङ्कमा उल्लेख छ । दक्षिण एसियाली मुलुकबाट २५ पुरुष र चार महिला पर्यटक यहाँ आएका थिए । विसं २०५६ मा सात सय ९९ विदेशी पर्यटक घुमघाम गर्न आएको तथ्याङ्क छ । विसं २०५७ मा आठ सय ७३ तथा २०५७ देखि २०७७ सालसम्म ११ हजार एक सय ९७ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमालको अवलोकन गरेका थिए ।

कञ्चनजङ्घाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका भएर पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्छन् । काठमाडौँबाट हवाई मार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजङ्घाको आधार शिविर पुग्न सकिन्छ ।

अष्ट्रेलियाली नागरिक क्यारोन मिल्नी गत वर्ष कञ्चनजङ्घा हिमाल क्षेत्रमा चार महिना बिताइन् । कञ्चनजङ्घा क्षेत्रमा बस्दा मिल्नीले भनेका भनेकी थिइन्, “म नेपाल आएको ६ पटक भयो । नेपालको प्राकृतिक सौन्दर्य त छँदैछ यहाँको संस्कृति एवं संस्कार पनि विश्वमै उदाहरणीय छ । यहाँका प्राकृतिक सुन्दरताले मलाई सधैँ नेपाल तानिरहन्छ । त्यसैले मलाई नेपाल छ पटक घुम्न आएको छु ।”

कञ्चनजङ्घा आउने पर्यटकलाई लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानो ठूलो लगानीका ५२ वटा होटल सञ्चालनमा रहेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा माथिको लगानीमा बनेको सिंगी नामजोंग होटल सञ्चालनमा आएको छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा रु एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको परिषद्का कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । उनका अनुसार अन्य करिब रु ८० लाखदेखि माथि लगानीमा होटलहरु सञ्चालनमा रहेका छन् ।

ताप्लेजुङको समदरमुकाम फुङलिङ बजारमा समेत पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा होटलहरु खोलिएका छन् । पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्रका समुदायको प्रमुख व्यवसाय भनेकै पर्यटन, होटल र पशुपालन हो । पर्यटकीय क्षेत्र घुन्सा, फले र याम्फुदिन क्षेत्रका प्रत्येक घरपरिवार पर्यटनसँग प्रत्यक्ष जोडिएको परिषद्का कार्यक्रम सहायक जितेन चेम्जोङ बताउँछन् ।

केही होटल सञ्चालन गरेर स्वरोजगार बन्दै आएका छन् भने कोही पर्यटकको सहयोगी बनेर राम्रो आयआर्जन गर्दै आएको छ । यी क्षेत्रहरुमा खेतीपाती नहुने भएकाले पछिल्लो समय युवा पुस्ता पशुपालनभन्दा पर्यटन व्यवसयतर्फ नै आकर्षित देखिन्छन् । इलाइट एक्सपिडिसन ग्रुरुपका मिङमा डेभिड शेर्पाका अनुसार कञ्चनजङ्घा आरोहणका लागि यस याममा ५० भन्दा बढी विदेशीसहित उनीहरुको सहयोगीसमेत गरी करिब तीन सयजना मानिस आधार शिविरमा जम्मा हुनेछन् । दक्षिणी मोहडाबाट आरोहण गर्नेहरू अर्को साता आधार शिविरमा पुग्ने तयारीमा रहेको पर्यटन व्यवसायीले बताएका छन् ।

कञ्चनजङ्घा क्षेत्रको घुन्सा आधार शिविरमा अहिले नै ट्रेकिङ गर्नेहरू पुग्न थालेका छन् । पैदलमार्ग खराब भएकाले उनीहरुका लागि खाद्यान्न, एक्सपिडिसनमा प्रयोग हुने सामग्री हेलिकप्टरबाट लाने तयारी भइरहेको पनि शेर्पाले बताए । सन् १९५५ मे २५ का दिन पहिलोपटक कञ्चनजङ्घाको आरोहण भएको थियो । अहिलेसम्म कति आरोहीले कञ्चनजङ्घा हिमालको सफल आरोहण गरिसकेका छन् भन्ने यकिन तथ्याङ्क नभएको परिषद्ले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण २०७५ देखि २०७७ सालमा हुन नसकेको कञ्चनजङ्घामा गत वर्ष आरोहण भएको थियो । गएको याममा पाँच सय ४३ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका थिए भने यो वर्ष पनि त्योभन्दा बढी विदेशी आरोही आउने व्यवसायी बताउँछन् ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रका पर्यटन सहायक टाँसी शेर्पाका अनुसार जर्मनी, इरान, जापानलगायतबाट पदयात्रा गर्नेहरू चाहिँ घुन्सा पुगिसकेका छन् । दक्षिणी र उत्तरी दुई बेसक्याम्पबाट आरोहण गर्न सकिने भए पनि उत्तरी मोहडाबाट आरोहण गर्न अलि कठिन हुने भएकाले यसपटक कोही पनि आरोही नभएको टाँसीले बबताए ।

सदरमुकाम फुङलिङदेखि पैदल यात्रा गर्दा २४ दिनमा मात्रै एक फन्को लगाएर फर्कन सकिने कञ्चनजङ्घा क्षेत्रको भ्रमण दूरी अहिले छोटिएर ११ देखि १६ दिनमा दुवै आधार शिविर पुगेर फर्कन सकिन्छ ।

कञ्चनजङ्घा क्षेत्रमा ठूलो सङ्ख्यामा पर्यटक भने चैत, वैशाख, जेठ र असोज, कात्तिक, मङ्सिरमा आउने गर्दछन् । कञ्चनजङ्घा आरोहण भने वैशाख र जेठमा मात्रै हुने गरेको छ । सामान्यतः ४५ दिनको कोसिसमा आरोहण गरेर फर्कने पर्यटन व्यवसायी मिङमा डेभिड बताँछन् । यहाँ जापानी, जर्मनी, अस्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्विडेनलगायत देशबाट आउने गरेको तथ्याङ्क छ । भारत र चीनबाट पनि आरोहण तथा भ्रमणका लागि केही पर्यटक आउने गरेका छन् ।

विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल भएर पनि यहाँ आउने पर्यटकको सङ्ख्या न्यून रहेको छ । यसलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा समृद्ध पहाड र परिषद्ले पर्यटनको प्रवर्द्धनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । यस क्षेत्रहरुमा इन्टरनेट सेवाका लागि वर्ड लिङ्कको प्राविधिकहरुले याम्फुदिन, लासे, नयाँझोरेनी, कस्तुरी डाँडा, तोरोङ्देन, अन्धाफेदी, चेराम, राम्जेर र ओक्ताङ क्षेत्रमा वाइफाई सेवा सञ्चालन गर्ने तयारी भएको परियोजनाले जनाएको छ ।

साथै, यस क्षेत्रमा खानेपानी, शौचालय, होटल तथा लज, चिया पसल, क्याम्प साइट, पदमार्ग, विश्राम गृह, विद्युत् आपूर्ति, फोहोरमैला व्यवस्थापन, पुलपुलेसा निर्माण, हेलिप्याड निर्माण गर्ने बारेमा तयारी थालिएको जनाइएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँगको सहकार्यमा विगतमा समृद्ध पहाडले लामो समयदेखि यस क्षेत्रको पर्यटन प्रवर्द्धन र वित्तीय पहुँचको क्षेत्रमा काम गरिरहको छ ।

यही कार्यक्रमले कञ्चनजङ्घा क्षेत्रको दक्षिणी क्षेत्रको पर्यटकीय पदमार्गहरुमा पर्ने यासाङ, केङ्स्रा, तोरोङदेन, अन्धाफेदी, चेराम र राम्जेरलाई लक्षित गरी गुरुयोजना तयार गर्न लागिएको परियोजनाका कार्यक्रम संयोजक चित्राकुमारी चंसुले जानकारी दिए ।

यस कार्यक्रमलाई आफ्नै लगानीमा आर्थिक सहयोग गरिरहेको समृद्ध पहाडका दाता तथा हिमालयन ट्रष्ट युकेका अध्यक्ष सर ग्राम रिग्लीले गत चैत्रमा कञ्चनजङ्घा क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकासको ढाँचाबारे परिषद्का पदाधिकारीहरुसँग छलफल गरी स्थलगत भ्रमण पनि गरेका थिए । सो अवसरमा उहाँले यस क्षेत्रलाई विशवकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिउका थिए ।

Previous Post

आनन्द, अलंकार र सामथ्र्यको निम्ति पढाई काम लाग्दछ – लक्ष्मीप्रसाद देवकोटा

Next Post

हेल्थ टिप्सः हाम्रो शरीरमा पानीको मात्रा कम भएमा देखिने समस्याहरु

सम्बन्धित खबर

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
Load More
Next Post
पिउने पानी कस्तो भाँडोमा राख्ने ?

हेल्थ टिप्सः हाम्रो शरीरमा पानीको मात्रा कम भएमा देखिने समस्याहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In