• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सगरमाथा आरोहण: बाटो बनाउन कठिन

by
३० चैत्र २०७९,
0
सगरमाथा आरोहण: बाटो बनाउन कठिन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । यस पटकको वसन्तयाममा सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सुरु भएको छ। हरेक वर्ष आरोहण सुरु हुनुपूर्व दोस्रो शिविर (क्याम्प टु) सम्मको कठिन बाटो बनाउनुपर्ने हुन्छ। यसरी बाटो बनाउने कार्य निकै कठिन बन्दै आएको छ।

बाटो बनाउने काम सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले गर्दै आएको छ। एसपीसीसीले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर क्याम्प टुसम्म बाटो बनाउने र मानव मलमूत्रको व्यवस्थापनको जिम्मा लिँदै आएको छ।

यस पटक क्याम्प टुसम्मको बाटो बनाउन खटिएका १० जना अनुभवी आइसफल डाक्टर (हिमालमा बाटो बनाउने मानिस) ले १० दिन पहिले नै क्याम्प टुसम्मको बाटो तयार पारिसकेका छन्। एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार बाटो बनाउने तयारी सुरु भएपछि आधार शिविरमा बौद्ध परम्पराअनुसार पूजापाठ, क्षमापूजा गर्ने, शक्ति माग्ने र लामापूजा गरेपछि हिमालमा कुल्चने गरिन्छ।

उनले भने, “आधार शिविरबाट दोस्रो शिविरसम्म पुग्ने बाटोमा रहेको खुम्बु आइसफललगायतका ठाउँको बाटो निकै अप्ठ्यारो छ। ल्होत्से र नुप्त्से हिमाल आरोहणको बाटो पनि त्यही भएकाले समय–समयमा बिग्रिरहन्छ। यो बाटो बनाउन प्रायः एक महिना लाग्ने गरेको छ।”

सगरमाथा आरोहण गर्नुअघि आरोहीहरू आधार शिविरबाट क्याम्प टुसम्म पटक–पटक आवातजावतमा प्रयोग हुने यो बाटो बिग्रिरहने भएकोले आरोहण सिजन सकिने दिन (मे २९) सम्मै बाटो बनाउने टोली तयारी अवस्थामा रहने गरेका छन्। उनका अनुसार आइसफल डाक्टरले बाटोमा सङ्केत राख्ने, भ¥याङ राख्ने, डोरी टाँग्नेलगायतका काम गरेर आरोहीका लागि बाटो तयार पार्ने गर्छन्।

यस पटक आधार शिविरदेखि क्याम्प टुसम्मका विभिन्न स्थानमा १५ वटा भ¥याङ प्रयोग गरिएको छ। उक्त मार्गमा सन् २०१८ मा ३२ वटा भ¥याङ प्रयोग भएकोमा सन् २०१९ मा २० वटा प्रयोग भएको थियो। हिमनदी, हिउँ खाल्डा तथा चिरा धेरै रहेको क्याम्प टुसम्म हरेक वर्ष संरचना परिवर्तन भइरहने भएकाले भ¥याङ कति राख्ने भन्ने सुरुमा यकिन नै हुँदैन।

क्याम्प टुसम्म बाटो बनाएपछि आइसफल डाक्टरको टोली आधार शिविर फर्किने र आरोहण सकिएपछि टाँगिएका डोरी, भ¥याङलगायतका सामान निकालेर मात्रै करिब तीन महिनापछि फर्किन्छन्। आरोहणमा प्रयोग हुने डोरीको मोटाइ नौ मिलिमिटर र भ¥याङ बाँध्न प्रयोग हुने डोरी सात मिलिमिटरसम्मको हुन्छ।

जुन विदेशबाट आयात हुँदै आएको छ। उनले आइसफल डाक्टरले पनि आफ्नो सुरक्षाको त्यत्तिकै ध्यान दिनुपर्ने भएकोले हेल्मेट, चस्मा, पन्जा, हावा नछिर्ने खालका कपडा र बुट अनिवार्य लगाउनुपर्ने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Previous Post

‘चुहिएका दस्तावेज’ बाट युक्रेनमा पश्चिमा देशका सैनिकहरू रहेकोे खुलासा

Next Post

डोल्पामा केन्द्रीय प्रसारण लाइनको परीक्षण सुरु

सम्बन्धित खबर

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
आवाज

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

२५ असार २०८३,
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
आवाज

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
Load More
Next Post
विद्युत् विस्तारमा गति लिँदै

डोल्पामा केन्द्रीय प्रसारण लाइनको परीक्षण सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In