-कागतीको रस एक तोला र सिधेनुन ३ मासा मिलाएर खाने गरेमा पनि पत्थरी रोगमा फाइदा हुन्छ ।
-गहतको झोल वा बियाँ ५–१० ग्राम खाने गर्नुपर्छ । गहत खाएपछि पानी खुब खानुपर्छ । गहत धेरै खाए अम्लपित्त हुन्छ, पाक्न नसकेको खटिरोमा (ब्रणाशोथ) दाना पिसेर लगाए घाउ पाक्छ ।
-गोखुर (त्रिकण्टक, गोक्षुर यो झार र यसको फलमा काँडा हुन्छन्) फलको धुलो ३–६ ग्राम, जराको काँडा भए ५०–१०० मि.लि. दिनको ३, ४ पटक खाने ।
-पखाने (पाषणभेद) धुलो भए ३–६ ग्राम तातो पानीसित (यदि पिसाब पोल्ने बिमार छ भने चिसो पानीसित) खाने । पखाने (पाषणभेद) को काँडा ५० देखि १०० मि.लि. दिनमा २–३ पटक खाने ।
-दूबो तथा बेलपत्रको रस २०० ग्राम खाने, करेलाको हरिया पातको रस (२५ मि.लि. बराबर) मोहीसित २ पटक ३ दिन पिउने अनि दिन बिराएर एक महिना खानाले पत्थरी बिसेक हुन्छ ।
-दूबोको रस २ चम्चा १ तोला मिश्री मिलाई १ माना पानीमा दिनको ३ पटक खाएमा ठीक हुन्छ ।
-स्किपिङ गर्ने (एक दिनमा दुई तीन सय पटक) एक महिनासम्म ।
-कुविन्डोको ७ दाना दिनको एक पटक ३० दिनसम्म खानाले पनि ठिक हुन्छ ।
-दैनिक आठमासा दत्तिवनको जरा कुटेर एक महिना खाँदा पत्थरी गल्छ र मृगौला सम्बन्धिरोग पनि ठिक हुन्छ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट













