• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नक्कली भुटानी काण्डमा को-को मुछिए ?

by
२५ चैत्र २०७९,
0
निर्वाचन बिथोल्न २३ समूह सक्रिय भएको गृहको निष्कर्ष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । तेस्रो मुलुकमा पुनर्वासपछि शिविरमा बाँकी रहेका भुटानी शरणार्थीलाई व्यवस्थापन गर्ने नाममा गृह मन्त्रालय र त्यहाँकै पदाधिकारीको भूमिका शंकास्पद देखिएको छ । नक्कली शरणार्थी बनाउन बिचौलियाको भूमिका खेल्ने चारजना पक्राउ परे पनि गृहका तत्कालीन पदाधिकारीलाई भने उन्मुक्ति दिने खेल सुरु भएको छ ।

राजनीतिक नेतृत्व र बिचौलियाको प्रभावमा परि स्वयं गृह मन्त्रालयले नक्कली शरणार्थीलाई जारी गरेको परिचयपत्र प्रहरी अनुसन्धानबाट सतहमा आएपछि अहिले घटनमा संलग्न भएको संकित राजनीतिक तथा प्रशासनिक उच्च तहका पदाधिकारीलाई जोगाउने खेल भएको छ ।

गृह मन्त्रालयबाट नककली शरणार्थीको परिचयपत्र पाएकाहरुको एकिन तथ्यांक नभए पनि , रेगन गुरुङ, राम आचार्य, महेश कार्की, टेक मैनालीलगायतले परिचयपत्र पाइसकेका छन् । उनीहरु वास्तविक भुटानी नभएको स्रोतको दाबी छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली भुटानी शरणार्थी बनाउन बिचौलियाको भूमिका खेल्ने केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरिसकेको छ ।

पक्राउ परेकाहरुले नक्कली शरणार्थी थप गर्ने क्रममा गृह मन्त्रालयका तर्फबाट संलग्न व्यक्तिको नाम नभन्ने गरी मुद्दा मिलाउन खोजिएको स्रोतको दाबी छ । शरणार्थी समस्या समाधानका लागि भन्दै २०७८ जेठ ३० मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको समितिले प्रमाणीकरणमा छुटेको भन्दै ४२९ जनालाई सूचीमा समावेश गर्न सिफारिस गरेको थियो ।

त्यसैका आधारमा मन्त्रिपरिषद्‌ले कार्यान्वयनमा लैजाने निर्णय गरेको भन्दै त्यससम्बन्धी जानकारी गृह मन्त्रालयले झापा तथा मोरङका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको देखिन्छ ।

भुटानी शरणार्थी व्यवस्थापनमा गृहको शंकास्पद भूमिका, बिचौलिया पक्राउ परे पनि गृहपदाधिकारीलाई उन्मुक्ति दिने चलखेल

त्यसरी थप भएका ४२९ जना नै नक्कली भएको खुलिसकेको छ । अध्ययन समिति गठनदेखि सूचीमा नक्कली समावेश गर्दासम्मकोम काम हुँदा रामबहादुर थापा र बालकृष्ण खाण गृहमन्त्री थिए भने महेश्वर न्यौपाने र टेकनारायण पाण्डे सचिव थिए । पीडित प्रहरीमा पुगेपछि यो प्रकरण बाहिरिएको थियो । पीडितको जाहेरीमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आश्वासनमा एक जनाबाट २५ देखि ४५ लाखसम्म नगदै बुझाएको उल्लेख छ ।

पक्राउ परेका चार जनाबाट तत्कालीन गृहमन्त्री, सचिव र अन्य पदाधिकारीको संलग्नता नखुलाउने गरी सामान्य ठगीमा मुद्दा चलाउने प्रयास भइरहेको स्रोतको दाबी छ । तर यो संगठित र राष्ट्रिय सुरक्षामै प्रभाव पार्ने घटना भएको नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीको भनाइ छ ।

पक्राउ परेका व्यक्तिसँग नेकपा एमालेका सचिव नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोराको नाम पनि जोडिएको छ । नेता रायमाझीले स्वयं आरोपीसँग खिचेको तस्बिर पनि सार्वजनिक भएको छ । आफ्नो तर्फबाट वास्तविकता नबुझेर गिरोहलाई बल पुग्ने काम भएको स्वीकार गरेका छन् । भुटानी शरणार्थीजस्तो गम्भीर विषयमा गृह मन्त्रालयबाट गरिएको गतिविधि अक्षम्य भएको पूर्वसचिव बताउँछन् ।

पक्राउ परेका चार जनामाथि जिल्ला प्रहरी परिसर काठमाडौंमार्फत कारबाही अगाडि बढाइएको छ । रकम बुझाएर पनि अमेरिका जान नपाउने भएपछि पीडित उजुरी दिएपछि भएको अनुसन्धानले कहाँसम्म पुर्याउाछ हेर्न बाँकी नै छ ।

एमाले मौन

यसैगरी नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै आठ सय जनाभन्दा बढी नेपालीसँग रकम असुल्ने गिरोहमा राजनीतिक दलका नेताहरुको पनि संलग्नता देखिएपछि यसको बाछिटाले नेकपा एमालेलाई पनि छोएको छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिव टोपबहादुर रायमाझीलगायत नेताहरुको राजनीतिक संरक्षणमा गिरोहले ठगी धन्दा चलाएको खुलासा भएको छ । थापा केपी ओली नेतृत्वको तत्कालीन सरकारको गृहमन्त्री थिए । तर, गम्भीर अपराधमा आफ्ना नेताको स‌ंलग्नताबारे एमालेले थाहै नपाएजस्तो गरिरहेको छ ।

एमाले उपाध्यक्ष थापा र सचिव रायमाझीसँगै कांग्रेस नेतृ सुजाता कोइरालाका सहयोगीसमेत ठगी प्रकरणमा मुछिएको पाइएको छ । राजनीतिको आडमा हुने यस्ता अपराधमा नेताहरुको नाम मुछिँदा सम्बन्धित पार्टी नेतृत्व मौन रहनु रहस्यमय छ ।

Previous Post

हेल्थ टिप्सः ‘पत्थरी’ रोगको उपचारमा घरेलु औषधी

Next Post

आईपीएलः लखनऊको दोस्रो जित, हैदराबादको दोस्रो हार

सम्बन्धित खबर

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
आवाज

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
Load More
Next Post
आईपीएलः लखनऊको दोस्रो जित, हैदराबादको दोस्रो हार

आईपीएलः लखनऊको दोस्रो जित, हैदराबादको दोस्रो हार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In