• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    काठमाडौँका सडक सुनसान जस्तै

    उपत्यकाका सडकमा सवारी चाप बढ्दै

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घट्यो मातृ मृत्युदर, दिगो विकास लक्ष्य भेट्न भने कठिन

by
२३ चैत्र २०७९,
0
घट्यो मातृ मृत्युदर, दिगो विकास लक्ष्य भेट्न भने कठिन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा यसअघिका तथ्याङ्कले देखाएभन्दा निकै नै कम मातृ मृत्युदर रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ का क्रममा गरिएको दोहोरो अध्ययनबाट मातृ मृत्युदरको वास्तविक स्वरूप पत्ता लगाइएको हो ।

नयाँ तथ्याङ्कअनुसार मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा १५१ जना रहेको छ । यो पनि उच्च मृत्युदर नै मानिन्छ । नेपालले दिगो विकासको लक्ष्य भेट्न मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा ७० भन्दा कम गर्नुपर्छ ।

यसअघिका जनगणना र सर्वेक्षणले भने यो दर अहिलेभन्दा निकै बढी देखाएका थिए । २०६८ को जनगणनाले नेपालमा प्रतिएक लाख महिलामध्ये चार सयको मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको देखाएको थियो ।

त्यसको विश्लेषणमा विविधीकरण नहुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नमुना छनोटका आधारमा २८ जना महिलाको मृत्युदरको घटनालाई आधार मानेर छुट्टै सर्वेक्षण गरी कुल एक लाख महिलामा २३९ मातृ मृत्युदरको अनुपात देखाएको थियो ।

यस्तो अन्योल हटाउन यस पटक भने दोहोरो विधि अपनाइएको थियो । राष्ट्रिय जनगणनाका गणकले घरधुरीमा मातृ मृत्युको घटना पत्ता लगाएपछि स्वास्थ्यकर्मीको अर्को टोली पुगेर समग्र अध्ययन गरेको थियो । त्यस क्रममा गणकबाहेक झन्डै एक हजार स्वास्थ्यकर्मीले मातृ मृत्युदरसँग सम्बन्धित विवरण सङ्कलन गरेका थिए ।

यसका लागि २०७७ मङ्सिर १० देखि २०७८ मङ्सिर ९ सम्मका मातृ मृत्युदरको घटनालाई आधार मानिएको थियो । त्यस अवधिमा भएका कुल ६५३ वटा मातृ मृत्युका घटनामा पनि गर्भावस्थासँग सम्बन्धित मातृ मृत्युका घटना भनेर ६२२ पत्ता लगाइयो । सोही आधारमा ती घरधुरी पत्ता लगाएर मातृ मृत्युदरका विविध विवरण सङ्कलन भएको हो ।

यस विधिबाट मातृ मृत्युदर पत्ता लगाइएको विश्वमा नै पहिलो पटक भएको दाबी गरिएको छ । नेपालको जनगणनाको ११० वर्षको इतिहासमा यसअघि यसरी समन्वयात्मक अध्ययन भएको थिएन ।

मातृ मृत्युदरका कारक तत्वमा गैरप्रसूतिजन्य जटिलता, प्रसूतिका बेला उच्च रक्तस्राव, उच्च रक्तचापजन्य समस्या, गर्भावस्थासँग सम्बन्धित सङ्क्रमण, आत्महत्या, गर्भपतन, शल्यक्रियाका क्रममा एनेस्थेसिया व्यवस्थापनमा समस्या र अन्य कारण छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Previous Post

सफलताको कथाः ओपरा विन्फ्री यसरी बनिन् सफल

Next Post

भारतीय अभिनेत्री हंसिका मोटवानीको ‘ब्युटिफुल’ तस्बिर (फोटोफिचर)

सम्बन्धित खबर

दशैँको टीका : कतै रौनक, कतै सुनसान
आवाज

दशैँको टीका : कतै रौनक, कतै सुनसान

५ कार्तिक २०८३,
काठमाडौँका सडक सुनसान जस्तै
आवाज

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

५ कार्तिक २०८३,
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
आवाज

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

५ कार्तिक २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
टुरिजम

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

५ कार्तिक २०८३,
बडा दसैँको टीका सुरु
जीवन शैली

बडा दसैँको टीका सुरु

५ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

५ कार्तिक २०८३,
Load More
Next Post
भारतीय अभिनेत्री हंसिका मोटवानीको ‘ब्युटिफुल’ तस्बिर (फोटोफिचर)

भारतीय अभिनेत्री हंसिका मोटवानीको ‘ब्युटिफुल’ तस्बिर (फोटोफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In