• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 15, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    पचपन्न वर्षको उमेरमा नागरिकता

    पचपन्न वर्षको उमेरमा नागरिकता

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    पचपन्न वर्षको उमेरमा नागरिकता

    पचपन्न वर्षको उमेरमा नागरिकता

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी

by
१९ चैत्र २०७९,
0
केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

गलेश्वर। पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो यो ।

सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन् ।खबराका एक सय ६० घरधुरी र बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रूपमा गरेको केरा खेतीबाट दुई गाउँका किसानले वार्षिक रू डेढ करोड आम्दानी गर्दै आएका छन् ।

खबराका किसानले केरा खेतीबाट वार्षिक रू एक करोड गाउँमा भित्र्याउने गरेका छन् भने बगरफाँटका किसानले वार्षिक रू ५० लाखको हाराहारीमा केरा बिक्रि गर्ने गरेका छन् । यी दुई गाउँ पछिल्लो समय केरा गाउँको रूपमा चिनिन थालेका छन् ।

व्यापारीहरु केरा बगानमै आएर खरिद गर्ने गरेको खबराका किसान शोभत शर्मा सापकोटाले बताए । यहाँका किसानले १२ वर्षदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । “बजारमा ‘खबराको केरा’ को ब्राण्ड नै बनेको छ । मैलै १० वर्षदेखि केरा खेती गर्दै आएको छु । केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँका धेरैजसो किसान यसैमा संलग्न हुन थालेका छन्”, उनले भने ।

खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केरा खेतीले छपक्कै ढाकेको किसान चन्द्रबहादुर कार्कीले बताए । यस क्षेत्रमा केरा खेतीको सुरुवात २४ वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरेको स्थानीय बताउँछन् ।

थापा र कार्कीले सुरु गरेको केरा खेती १२ वर्षदेखि व्यवसायिक बन्दै गएको स्थानीयको भनाइ छ । अहिले गाउँनै ढाक्ने गरी खेती गरिएको स्थानीय तेजेन्द्रबहादुर कार्कीले बताए । अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि खबरा र बगरफाँटका किसान आकर्षित भएका उनको भनाइ छ । खबराका प्रत्येक घरधुरीले व्यावसायिकरुपमा हजारी जातको केराको खेती गरेका छन् । यहाँका किसानले वार्षिक रू एक करोडभन्दा बढी आम्दानी गर्ने गरेका कार्कीले बताए ।

स्थानीय शोभित सापकोटाले १० वर्षदेखि व्यावसायिक केरा खेती गरेर गाउँमा पक्की घर बनाउनुभएको छ । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रू १० लाख आम्दानी हुने गरेको उनले बताए । परम्परागत खाद्यबालीको विकल्पका रूपमा खेतबारीमा व्यावसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको सापकोटाको भनाइ छ ।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीतर्फ किसान आकर्षित भएका हुन् । बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकैको बेनी बजारमा सहजै बिक्री हुन्छ ।

“धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ”, बबिता सापकोटाले भने, “पाँच रोपनीमा केरा खेती गरेका छौँ । वार्षिक चार देखि पाँच लाखसम्म आम्दानी हुन्छ ।”

उनले १० वर्षदेखि केरा खेती गर्दै आएका छन् । छोराछोरी पढाउन र घरखर्च चलाउन कुनै समस्या नभएको उनको भनाइ छ । सापकोटाले भन्नुभयो, “केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाडौंँ राखेर पढाउन पुगेको छ ।”

उनले उत्पादन भएको केरा घरबाटै बिक्री हुने बताए । सापकोटाले भने, “केरा लिन बेनीदेखि व्यापारी घरमा आउँछन्, राम्रो कोसाको प्रतिदर्जन रू एक सय २० मा बिक्री हुन्छ ।”

खबराका हरि कुँबरले पनि १० रोपनी जमिनमा केरा खेती गरेका छन् । केरा बिक्री गरेर वार्षिक रू छ लाख आम्दानी हुने गरेको उनले सुनाए । “राम्रो भयो भने केराको एक घारीमा सात सय देखि आठ सयसम्म कोसा हुन्छन्”, उनले भने, “एक घारीको रू चार हजार दुईसयसम्ममा बिक्री गरेको छु ।”

बेनी नगरपालिका–२ बगरफाँटका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ, मकैबालीको विकल्पमा यहाँका किसानले खेतका गह्रामा व्यावसायिक केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको किसानले बताएका छन् ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको किसान खिमबहादुर कार्कीले बताए ।

उनले खेतका गह्रामा पाँच सय केराका बिरुवा लगाएका छन् । उनका अनुसार तीन सय केरा घरीले उत्पादन दिन थालेका छन् । किसान दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन् । खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा केरा खेती थालिएको उनले बताए ।

गत वर्षको जेठमा यहाँका किसानले करिब दुई हजार केराका बिरुवा लगाएका छन् । पाकेको केरा प्रतिदर्जन रू एक सयका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन हुने गरेको किसानको भनाइ छ ।

Previous Post

अमेरिका–चीन चिप युद्धस् जापानले केही उपकरण निर्यातमा प्रतिबन्ध लगाउने

Next Post

वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै ‘पिप्रहर’

सम्बन्धित खबर

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’
आवाज

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

१ जेष्ठ २०८२,
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय
आर्थिक

लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

१ जेष्ठ २०८२,
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जीवन शैली

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

१ जेष्ठ २०८२,
डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित
समाचार

डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

१ जेष्ठ २०८२,
पचपन्न वर्षको उमेरमा नागरिकता
आवाज

पचपन्न वर्षको उमेरमा नागरिकता

१ जेष्ठ २०८२,
कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक
आर्थिक

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

१ जेष्ठ २०८२,
Load More
Next Post
वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै ‘पिप्रहर’

वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै ‘पिप्रहर’

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In