विश्वका अधिकांशलाई माइगे्रनको समस्या छ तर यो रोग निको पार्ने औषधी भने अझैसम्म पनि पत्ता लागेको छैन । टाउकोको आधा भागमात्र दुख्नु यसको लक्षण हो । माइग्रेन केही दिन बिराएर वा महिना दिनमा बल्झिने गर्दछ ।
पुरानो कब्जियत, असन्तुलित भोजन, शरीरमा विकारहरु जम्नु, आरमको अभाव, शारीरिक एवं मानसिक तनाव, महिनावारी गडबडी, दृष्टिदोष आदि कारणले यो रोग लाग्ने गर्दछ ।
आधुनिक चिकित्सा विज्ञानले माइगे्रनबाट छुटकारा नदिलाए तापनि प्राकृतिक जीवनशैली, खानपानमा सुधार, आराम व्यायाम जस्ता कुराहरुमा ध्यान दिनाले माइगे्रन निको बनाउन सकिन्छ ।
भोजनः
– शाकाहारी भोजन गर्नु माइग्रेनमा लाभदायक हुन्छ ।
– दैनिक भोजनमा प्रशस्त फलफूल, तरकारी, सलाद, अंकुरित खाना समावेश गराउनुपर्दछ ।
– अनार, स्याउ, कागती, सुन्तला, अमला, मेथी आदि यो समस्यामा लाभदायक मानिन्छ ।
– मौसमअनुसारका तरकारी र सलादहरु खानुपर्दछ ।
– दूध नहालेको सादा कफी माइग्रेनमा फाइदाजनक मानिन्छ ।
– टन्न पेटभरि खाना नखानु उचित हुन्छ साथै टाउको दुख्ला जस्तो भएमा एक छाक भोजन नलिने र १० मिनेट जति शवासनमा गहन आराम ध्यान गर्दा दुखाइ बढ्न पाउँदैन ।
– मसालेदार, तारेको, भुटेको र तयारी खानाहरु खान बन्द गर्नुपर्दछ ।
– चीज, चकलेट, रक्सी, बियर, अमिलो, क्रिम, शिशीका आदि जसमा टायरमीन तत्व ज्यादा हुन्छ यसको सेवनले बल्झिने हुँदा यसको सेवन बन्द गर्नुपर्दछ ।
– विभिन्न खानाहरुले एलर्जी गराई दुखाई बढाउने गर्छन् । जस्तै : बदाम, पुराना अचारहरु, चिल्लो खानेकुराहरु मिसाइएका पाकेटका तयारी खानाहरुको सेवन बन्द गर्नुपर्दछ ।
– रातिको खाना ढिलो खाने बानी हटाउनु पर्दछ ।
– खुर्सानी पानी पिउनाले दुखाइमा राहत मिल्दछ ।
घरेलु उपचार
– कब्जियत, महिनावारी समस्या, नाक, कान, घाँटीको समस्याहरुको उपचार गराइहाल्नुपर्दछ ।
– दैनिक केही समय प्रकृतिको साथ बिताउने, हरियो दुबोमा हिँड्ने, बगैँचामा काम गर्ने ।
– वातानुकुलित बनाइएको कोठामा लामो समय नबस्ने ।
– ठक समयमा सुत्ने र उठ्ने बानी बसाल्ने ।
– जीवनका समस्याहरुदेखि नडराइ त्यसको सदुपयोग गर्ने वा त्यसलाई स्वीकार गर्ने ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट