• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, December 7, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत

    फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत

    बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ

    चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित

    ‘कृषकलाई मौसमले ठग्दो रहेछ’

    ‘कृषकलाई मौसमले ठग्दो रहेछ’

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

    ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

    ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

    दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण

    दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

झापामा हात्तीमैत्री ‘सामूहिक खेती’

by
१४ चैत्र २०७९,
0
झापामा हात्तीमैत्री ‘सामूहिक खेती’
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

झापा । जङ्गली हात्तीको क्षतिबाट आजित झापाको बाहुनडाँगीका किसानले हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती सुरुआत गरेका छन् । बालीमा गाईभैँसी र बाख्रालाई जस्तो हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि हात्तीमैत्री अवधारणा प्रयोगमा ल्याइएको स्थानीयवासी बताउँछन् ।

मेचीनगर नगरपालिका वडा नं ४ को प्रधानगाउँका ५० वर्ष उमेर नाघेका २६ किसानले हात्तीमैत्री किसान समूह गठन गरी अढाई बिघा जग्गा भाडामा लिएका छन् । सो जग्गामा किसानले तरकारी खेती लगाएका छन् । भर्खरै उनीहरूले आलु फलाएका छन् भने भिण्डी, टमाटर, घिरौला, बोडी, फर्सी, लौका, सिमरायोको सागलगायतका सब्जीको बिरुवा हुर्काइरहेका छन् ।

किसान समूहका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार खेतीका लागि हरेक सदस्यबाट रु पाँच हजारका दरले बीउ पूँजी सङ्कलन गरिएको छ भने समूहलाई वडा कार्यालयले रु एक लाख ५० हजार अनुदान दिएको छ । ‘हात्तीसँग दुश्मनी गरेर होइन, सहअस्तित्वलाई स्वीकार गरेर अब हामी मानव–हात्तीबीच मैत्रीपूर्ण वातावरण बनाउने प्रयासमा लागेका छौँ’, मेचीनगर वडा नं ४ का अध्यक्ष अर्जुनकुमार कार्कीले भने, ‘हात्ती र मान्छेबीच खुनी सङ्घर्ष भएको धेरै वर्ष भइसक्यो । धेरै मानिस र हात्तीले ज्यान गुमाएका छन् । अब दुवैले बाँच्ने वातावरण बनाउन जरुरी छ ।’

‘किसानको हात, वडाको साथ’ कार्यक्रमअन्तर्गत वडा कार्यालयले हात्तीमैत्री किसान समूह गठनलाई सामूहिक सब्जी खेतीमा प्रोत्साहित गरेको हो । वडाका विभिन्न टोलमा सामूहिक खेतीलाई विस्तार गर्ने र पालिकाबाट समेत अनुदान दिलाउने अभियानमा जुटिरहेको वडाध्यक्ष कार्की बताउँछन् ।

सब्जी खेती गर्न भाडामा लिइएको जग्गा वार्षिक रु ३५ हजार भाडा तिर्ने गरी १० वर्षका लागि लिइएको हात्तीमैत्री किसान समूहका अध्यक्ष आचार्यले बताए । किसानले जग्गा वरिपरि अहिले तरुल रोपेका छन् । बजारमा बिक्ने र हात्तीले भरसक नोक्सानी नगर्ने खालका तरकारी बालीको उत्पादनमा किसानले जोड दिएका छन् ।

हात्तीले नष्ट नगर्ने कोदो, तोरी, रहरी दाल, अदुवा, बेसार, पिडालुजस्ता तरकारीको खेतीमा किसान लागेका छन् । सामूहिक खेतीको बालीमा पसेर हात्तीले नष्ट गरिदिएमा सबै सब्जीको क्षतिपूर्ति दिलाउन पालिकाले सहयोग गर्ने वडाध्यक्ष कार्कीले बताए ।
‘हात्तीको क्षति रोक्न सकिँदैन भन्नेमा हामी लगभग सहमत भइसक्यौँ’, समूहका सदस्य एवं किसान धनपति गौतमले भने, ‘हात्तीले खाएर नष्ट गर्‍यो भने बीमाबाट क्षतिपूर्ति भराउँछौँ । तरकारी बालीको बीमा गर्छौँ । जतिपटक हात्तीले खाएर बिगार गरे पनि हामी नोक्सानीमा पर्दैनौँ ।’

नगरपालिका बैठकले हात्तीबाट किसानको बालीनाली क्षति भएमा क्षतिपूर्ति दिलाउन बाली बीमा गरिदिने निर्णय गरेको वडाध्यक्ष कार्कीले जानकारी दिए । मेचीनगरमा यस्तो बाली बीमा कार्यक्रम आगामी आर्थिक वर्षदेखि मात्र लागू हुने बताइएको छ ।

कृषि प्राविधिक करण अधिकारीले मानव–द्वन्द्वबाट झापामा सबैभन्दा बढी प्रभावित मानिएको बाहुनडाँगीमा स्थानीय किसानले सुरु गरेको सामूहिक खेती जिल्लाका अरु पालिकाका लागि अनुकरणीय बन्ने बताए । किसानले उत्पादन गरेका सब्जीको बजारीकरणमा समस्या भए स्थानीय सरकारले यसको जिम्मा लिने समेत वडाध्यक्ष कार्कीले आश्वासन दिएका छन् ।

Previous Post

उद्योग बाणिज्य महासंघमा आबद्ध भएको अनुभवको आधारमा नेतृत्व लिन तयार छुः वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ

Next Post

१० वर्षमा आगलागीका घटना तेब्बर

सम्बन्धित खबर

फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत
आवाज

फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत

२० मंसिर २०८२,
बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ
आर्थिक

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित

२० मंसिर २०८२,
‘कृषकलाई मौसमले ठग्दो रहेछ’
आर्थिक

‘कृषकलाई मौसमले ठग्दो रहेछ’

२० मंसिर २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
आवाज

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

२० मंसिर २०८२,
ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित
आवाज

ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

२० मंसिर २०८२,
दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण
अन्तर्राष्ट्रिय

दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण

२० मंसिर २०८२,
Load More
Next Post
पाँचथरको फिदिममा आगलागीमा परि दुई महिलाको मृत्यु

१० वर्षमा आगलागीका घटना तेब्बर

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In