अन्य खाद्यवस्तु तथा मरमसलाको तुलनामा बेसारको बिक्रिवितरण गर्दा हानिकारक अखाद्य मिलावट गर्न सजिलो हुन्छ । यहाँसम्म कि रातो माटो, काठको धुलो, सुख्खा इनामेल, ईटाको धुलोजस्ता अखाद्यतत्व मिसिएको छुट्याउन निकै गाह्रो पर्छ ।
त्यसैले, बेसार किन्दा या प्रयोग गर्दा सदैव सावधान रहनुपर्दछ । अनुसन्धानहरुले देखाएअनुसार प्रायः व्यापारीहरु बेसारमा पहेँलो रङ मिलाई चम्किलो बनाएर बिक्री गर्दछन् । यस्तो मिलावटयुक्त बेसारको सेवनले हानी धेरै र फाइदा कम दिन्छ । त्यसकारण, अल्छीपन छोडी काँचो बेसार ल्याउनुस् र आफैले धुलो बनाई प्रयोग गर्ने बानी बसाल्नुस् ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट