• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पहिलो पटक लाइन पुगेपछि स्थानीयमा खुसीयाली

by
९ चैत्र २०७९,
0
पहिलो पटक लाइन पुगेपछि स्थानीयमा खुसीयाली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बागलुङको बरेङ गाउँपालिका–१ ओखरेनी र छापगाउँमा पहिलो पटक विसं २०५९ मङ्सिरमा बिजुली बल्यो ।

गाउँमा बिजुली बलेपछि यहाँको जनजीवन अँध्यारोबाट उज्यालोतर्फ उन्मुख भयो । स्थानीयको मेहनत र तत्कालीन जिल्ला विकास समितिको सहयोगमा निर्माण भएको पालुङखोला लघु जलविद्युत् आयोजनाले २० वर्ष गाउँ उज्यालो बनायो ।

बीस किलोवाट क्षमताको उक्त लघु जलविद्युत् आयोजनाबाट उत्पादित विजुली बढ्दो जनसङ्ख्या र खपत बढ्दै जाँदा अपुग हुन थालेको थियो । आयोजनाबाट उत्पादित विद्युत्बाट स्थानीयले बत्ती बाल्ने, स–साना मिल र इलोक्ट्रोनिक सामान चार्ज गर्न मात्रै गर्ने गर्थे । अहिले पनि उक्त विद्युत् आयोजना सञ्चालनमा छ ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले केन्द्रीय प्रशारण लाइन गाउँमा पुर्याएपछि स्थानीयमा खुसीयाली छाएको छ । अब ठूला मेसिनरी सामान सञ्चालन गर्न सक्ने अवस्था भएको छ ।

पालुङखोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष सकसबहादुर क्षेत्रीले लघु जलविद्युत्ले स्थानीयको जीवनमा ठूलो परिवर्तन लिएको सुनाउँदै अब केन्द्रीय प्रसारण लाइन पुगेपछि थप परिवर्तन ल्याउने बताए।

लघु जलविद्युत पुरानो हुँदै गएको र बेलाबेलामा सामान्य समस्या आइपर्ने गरेको तर अब भने त्यस्तो समस्या नआउनेमा उनको विश्वास छ । अध्यक्ष क्षेत्रीले भने , “बीस वर्षअघि गाउँमा बिजुली बल्दा धेरै दङ्ग परेका थिए, पछिल्लो समय बिजुली खपत बढेको थियो । अब केन्द्रीय प्रसारण लाइन आएपछि पहिलेको तुलनामा केही सहज हुनेमा विश्वास छ ।”

विद्युत् प्राधिकरण्लो बरेङ गाउँपालिका छापा र ओखरेनीका एक सय ५० घरसँगै जैमिनी नगरपालिका–४, ८, ९ र १० वडाका एक सय ५० गरी तीनसय घरमा केही हप्ता अगाडि मात्रै केन्द्रीय प्रशारण लाइन पुर्याएको छ ।

लघु जलविद्युत्को भरमा रहेका स्थानीयलाई केन्द्रीय प्रसारण लाइन पुगेपछि ठूलो राहत दिलाउने प्राधिकरणले जनाएको छ । स्थानीय थमबहादुर थापाले समय–समयमा विद्युत् गृह समस्या आउने र नहर पहिरोले बगाउँदा अन्धकारमा बस्न बाध्य भएको स्मरण गरे ।

अब उज्यालोमा बस्न पाउनुका साथै साना तथा मझौला उद्योगी सञ्चालन गर्न सकिने उनको भनाइ छ । “बिजुली बाल्न दुर्गम गाउँको समस्या धेरै हुनेरहेछ, बर्खामा कुलो भत्किने, रुख डलेर राता छुने हुँदा बिजुली बन्दहुन्छ, हावाहुरी चल्दा पनि बन्द हुन्छ”, उनले भने , “कहिले पावर हाउसमा सस्या आउँदा महिना दिनसम्म पनि अँध्यारोमा बस्यौँ, सरकारले अहिले गाउँमा केन्द्रीय प्रसारण लाइन ल्याएको छ, अब पहिलाको जस्तो महिनौँसम्म अँध्यारोमा बस्न पदैन की ?”

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले जिल्लाभर केन्द्रीय प्रशारण लाइनलाइन विस्तारलाई तीव्रता दिएको बताए । स्थानीयको समस्या र आवश्यकतालाई हेरेर प्राधिकरणले विद्युत् विस्तार गरिरहेको उनको भनाइ छ ।

मरासेनीले ओखेरी, छापा र बजैमिनीका विभिन्न वडामा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बताए । उनका अनुसार जिल्ला सदरमुकासँग जोेडिएका पालिकाका सबै गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको छ ।

जिल्लाका विभिन्न स्थानमा विद्युत् विस्तारका लागि यसवर्ष प्राधिकरणबाट रु एक करोड र नेपाल सरकारबाट रु ९३ लाख विनियोजन भएको थियो । केही महिना अगाडि पश्चिम बागलुङका सबै पालिकामा विद्युतीकरणका लागि रु १४ करोड ५६ लाख बजेट स्वीकृत भएर ठेक्का प्रक्रियामा गएको उनको भनाइ छ ।

दुई वर्षमा सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन

अगामी दुई वर्षभित्र बागलुङका सबै बस्तीमा केन्द्रीय प्रशारण लाइन पुग्ने भएको छ । विद्युत् प्राधिकरणले पश्चिम बागलुङका पालिकालाई ‘फोकस’ गरेर काम गरी रहेको प्रमुख मरासेनीको भनाइ छ । उनले ताराखोला गाउँपालिकाको सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको र गलकोटको रमुवामा मात्रै बाँकी रहेको बताए ।

बडिगाडको खार बजार र रमुवाका करिब तीन सय घरमा विद्युत् जडान सुरु गरिएको उनको भनाइ छ । सदरमुकाम क्षेत्रतर्फ जैमिनीको सर्कुवा बाहेक सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको छ । बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाको सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको सुनाउँदै अब ढोरपाटन, निसीखोला, बडिगाड र तमानखोलामा काम सुरु गर्ने मरासेनीले बताए ।

जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका दुई सय ५० घरमा केही महिना अगाडि मात्रै केन्द्रीय प्रसारण लाइन पुगेको छ । पश्चिम बागलुङका लागि गलकोटमा सवस्टेशन निर्माण गरेर सञ्चालन गरेको र बुर्तिबाङमा पनि १३२ केभीको सवस्टेशन निर्माण भइरहको उहाँको भनाइ छ । यसवर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय प्रसारण लाइन पु¥याउने गरी काम तीव्र गरिमा गरिरहेको मरासेनीले बताए ।

अबको दुई वर्षभित्र जिल्लाका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन पुग्छ, अहिले सोहीअनुसार काम गरेका छौँ”, उनले भने , “पूर्वी क्षेत्रको अधिकांश ठाउँमा विद्युत् बलिसकेको छ, अब हामीहरुले पश्मिच क्षेत्रलाई ‘फोकस’ गरेका काम गरेका छौँ ।”

Previous Post

सरकारले आयातमाथि कडाइको व्यवस्था हटाउँदाको असरः फागुनमै एक खर्ब ३९ अर्बको वस्तु भित्रियो

Next Post

जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली युवतीको भारतबाट उद्धार

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली युवतीको भारतबाट उद्धार

जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली युवतीको भारतबाट उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In