• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारले आयातमाथि कडाइको व्यवस्था हटाउँदाको असरः फागुनमै एक खर्ब ३९ अर्बको वस्तु भित्रियो

by
९ चैत्र २०७९,
0
सरकारले आयातमाथि कडाइको व्यवस्था हटाउँदाको असरः फागुनमै एक खर्ब ३९ अर्बको वस्तु भित्रियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आर्थिक मन्दी बढ्दै गएको अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माले आयातमाथि कडाइको व्यवस्था गरेका थिए । जसकारण नेपालमा धेरै वस्तु भित्रिन सकेका थिएनन् । विलासिताका वस्तुमा पैसा खर्चिन थालेपछि सरकारले नाम तोकेरै वस्तु आयातमा कडाइ गरेको थियो । जसकारण धेरै विदेशी मुद्रा र नेपाली रुपैयाँ विदेशिनबाट रोकिएको थियो ।

तर पछिल्लो तीन महिनायता (मंसिरदेखि माघसम्म) आयात बढ्न थालेको छ । भन्सार विभागका अनुसार फागुनमा मात्रै एक खर्ब ३९ अर्बको वस्तु आयात भएको छ । मंसिरमा एक खर्ब ३२ अर्बको वस्तु आयात भएको थियो । त्यसपछिका दुई महिना आयातमा निरन्तर गिरावट आयो ।

पुसमा एक खर्ब २७ अर्ब र माघमा एक खर्ब २६ अर्बका वस्तु आयात भयो ।गत वैशाखदेखि पुससम्म सरकारले केही वस्तुको आयातमाथि लगाएको प्रतिबन्ध र शतप्रतिशत नगद मार्जिनको व्यवस्थाका कारण चालू आर्थिक वर्षमा तुलनात्मक रूपमा आयात घटेको थियो । गत आर्थिक वर्षको पहिलो आठ महिनामा १३ खर्ब आठ अर्बको वस्तु आयात भएको थियो । चालू आर्थिक वर्षको आठ महिनामा १० खर्ब ५८ अर्बबराबर वस्तु आयात भएको छ ।

अत्यधिक आयात हुनेमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धन, कच्चा खानेतेल, स्मार्टफोन, सुनलगायतका वस्तु छन् । विभागका अनुसार आठ महिनामा ९८ अर्ब ९५ करोडको डिजेल, ४४ अर्ब १५ करोडको पेट्रोल, ३८ अर्ब ७२ करोडको खाना पकाउने ग्यास, १४ अर्ब ५१ करोडको हवाई इन्धन, २७ अर्ब ६७ करोडको भटमासको कच्चा तेल, १० अर्ब ९८ करोडको सूर्यमुखी कच्चा तेल, २० अर्ब ११ करोडको पाम तेल, १६ अर्ब ६० करोडको स्मार्टफोन र १६ अर्ब ४६ करोडको सुन आयात भएको छ । केही समययता नेपालमा विद्युतीय गाडीको माग उच्च छ ।

डिजेल र पेट्रोलबाट चल्नेभन्दा विद्युतीय गाडीको माग उच्च रहेको अटोमोबाइल व्यवसायीहरू बताउँछन् । चालू आर्थिक वर्षको आठ महिनामा ६ अर्ब १९ करोडबराबरका दुई हजार एक सय ९८ विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् ।

नेपालमा भारतमा उत्पादित विद्युतीय गाडी सबैभन्दा धेरै आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । भारतबाट मात्रै आठ महिनामा चार अर्ब २६ करोडका एक हजार पाँच सय ७१ विद्युतीय गाडी आयात भएका छन् । नेपालमा भारतबाट टाटाको नेक्सन र टिगोर, महिन्द्रा इभीलगायत गाडी आयात गरिन्छ । यस्तै, पछिल्लो समय टाटाको इभी ट्याक्सी एक्सप्रेस–टी पनि नेपाल भित्रिन थालिसकेको छ ।

चीनबाट तीन सय ६८ विद्युतीय गाडी भित्रिएका छन् । चीनबाट एमजी, निटा भी, बिवाइडी, विलिङलगायत विद्युतीय कार आयात हुन्छन् । यस्तै, दक्षिण कोरियाबाट २५२ र अमेरिकाबाट चारवटा विद्युतीय गाडी आयात भएका छन् । दक्षिण कोरियाबाट हुन्डाई कोना र अमेरिकाबाट टेस्ला विद्युतीय कार नेपाल भित्रिने गरेका छन् ।

यसअघि कोरियाबाट कियाको सोल र निरो इभी आयात हुने गरेकोमा पछिल्लो समय कर बढेपछि आयात करिब ठप्प छ । इन्डोनेसियाबाट पनि तीनवटा विद्युतीय कार भित्रिएको विभागको तथ्यांक छ । सरकारले एक सय किलोवाटसम्मका विद्युतीय गाडीमा कर सहुलियत दिएको हुँदा सस्तो पर्ने भएकाले आयात धेरै भएको भन्सार विभागका कर्मचारीहरूको भनाइ छ ।

सरकारले आयातमाथिको कसिलो नीति हटाएपछि आयातमा वृद्धि भए पनि निर्यात व्यापार भने ओरालो लागेको छ । विभागका अनुसार फागुनमा ११ अर्ब ३६ करोडको मात्रै वस्तु निर्यात भएको छ । पुसमा १३ अर्ब ५० करोडको निर्यात भएको थियो । माघमा १२ अर्ब ६२ करोड निर्यात गरेको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको फागुनमा नेपालले १६ अर्ब नौ करोडको निर्यात भएको थियो ।

Previous Post

काजु एक फाइदा अनेक, यसरी खानुस् काजु

Next Post

पहिलो पटक लाइन पुगेपछि स्थानीयमा खुसीयाली

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
पहिलो पटक लाइन पुगेपछि स्थानीयमा खुसीयाली

पहिलो पटक लाइन पुगेपछि स्थानीयमा खुसीयाली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In