खिया लागेका फलाम आदिले काटे वा घोचेमा धनुष्टङ्कार हुनसक्छ । त्यसको उपचार
क) घाउ चोट भएको ठाउँमा तत्काल पिसाबले धुने । बाहिरी फोहोर र पानी पर्न नदिन कपडा भिजाएर बाँध्ने ।
ख) मह लगाउने ।
ग) दूबोको मुन्टा पिसेर लगाउने ।
घ) रगत नरोकिए बोकेझार मिचेर रस लाउने सानोतिनो घाउको रगत रोकिन्छ ।
ङ) कपुर पिसेर लगाउने ।
च) किला काँटाजस्तो चीजले घोचेको ठाउँमा दुख्ने र पानी पसेको शङ्का लागेमा तोरीको तेलमा बत्ती बाल्ने र नबलेको भागमा समाएर सहन सकेसम्म घाउमा हान्ने ।
छ) चुत्रोको पहेँलो बोक्राको रसले धुने (यसले एण्टिसेफ्टिकको काम गर्छ ।)
ज) घाउ भर्नुप¥यो भने धएँरो र कोइरालाको बोक्रा प्रयोग गर्नुपर्दछ ।
झ) यदि घाउ पाकेर बिग्रियो भने काफलको बोक्रा पकाएर धुने गर्नुपर्दछ ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट