एक पटक फ्रान्सले हल्याण्डमा आक्रमण ग¥यो, तर धेरै कोसिस गर्दा पनि फ्रान्सका सिपाहीले हल्याण्डमा विजय प्राप्त गर्न सकिरहेका थिएनन् । एक दिन युद्धको विषयमा विचारविमर्श गर्दै लुई चौधौँले आफ्ना मन्त्री कलबर्टसँग भने, अचम्म छ, हामीहरु यस्तो महान र सम्पन्न देशका निवासी एउटा सानो देशलाई हराउन सकिरहेका छैनौँ ।
कलबर्टले नम्रताले जवाफ दिए— महाराज कुनै देशको महानता उसको लम्बाइ चौडाइ या धनसम्पत्तिमा आधारित छैन । यो त त्यहाँका नागरिकहरुको चरित्रमा निर्भर पर्छ । चरित्र नै मानिसको महानताको परिचायक हो । यो कुरा सुनेर सम्राटले मनमनै हल्याण्डवासीहरुको प्रशंसा गर्न थाले ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट