• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा

by
७ चैत्र २०७९,
0
पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । पाल्पाको १० पालिकामध्ये सात पालिका वन डढेलोको उच्च जोखिममा रहेका छन् ।जिल्लाका तिनाउ, रिब्दीकोट, तानसेन, रैनादेवी माथागढी, निस्दी र पूर्वखोला उच्च जोखिममा रहेका डिभिजन वन कार्यालय पाल्पाका वन अधिकृत उपेन्द्र अर्यालले बताए ।

उनका अनुसार सातवटा स्थानीय तहका २७ वडा वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका कूल एकासी वडा मध्ये ३३ प्रतिशत डढेलोको उच्च जोखिममा छन् । डिभिजन वन कार्यालय पाल्पाको तथ्याङ्कानुसार जिल्लामा वन डढेलो हुनुका प्रमुख कारण मानवीय नै रहेको छ ।

डढेलोका बारेमा प्रत्येक वर्ष चैत १ देखि सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम हुने गरेका छन् । यस वर्ष जनचेतना जगाउन राष्ट्रिय कलाकारसहित दोहोरी गीत कार्यक्रमदेखि अग्नि नियन्त्रणको प्रहसनसम्मका कार्यक्रम आयोजना गरिएको छ । सोमबार तानसेनमा आयोजित बृहत् सांस्कृतिक कार्यक्रममा कलाकारद्वय चिज गुरुङ र अस्मिता डल्लाकोटीले वन डढेलो लाग्न नदिन जनचेतनामूलक दोहोरी गीत प्रस्तुत गरे ।

जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा ७१ स्थानमा वन ढडेलो लागेको थियो, यसमा एक जनाको ज्यान गएको थियो । वन अधिकृत अर्यालका अनुसार २०७८/७९ मा अधिक वर्षा हुँदा समेत पाँच स्थानमा वन ढडेलो लागेको थियो । यस वर्ष वन डढेलोका घटनामा वृद्धि हुने उनको प्रक्षेपण छ । जिल्लामा सात सय बढी सामुदायिक वन छन् । यिनै सामुदायिक वनमा अधिक डढेलो हुने गरेको छ । ‘मानवीय कारण नै वन डढेलोका घटना बढी हुने गरेका छन्’, डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराई भन्छन्, ‘जनचेतना जगाउनु नै यसको अन्तिम विकल्प हो ।’

जिल्लामा अग्नि नियन्त्रणका लागि उपकरण र जनशक्ति दुवै छैनन् । उनका अनुसार तानसेन नगरपालिकामा एउटा दमकल छ । अन्य नौ स्थानीय तहसँग दकमल छैनन् । जेट सुटर, फायर एक्जुगेटर र सुटको प्रयोगबाट मात्रै अग्नि नियन्त्रणको प्रयास हुँदै आएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीनवटै सुरक्षा निकायको परिचालनबाट अग्नि नियन्त्रण हुँदै आएको बताए ।

Previous Post

हातको रेखाः एक प्रेरक प्रसङ्ग

Next Post

को बन्ला नयाँ प्रहरी महानिरीक्षक ? नम्बरका हिसावमा कुँवर अगाडी

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
को बन्ला नयाँ प्रहरी महानिरीक्षक ? नम्बरका हिसावमा कुँवर अगाडी

को बन्ला नयाँ प्रहरी महानिरीक्षक ? नम्बरका हिसावमा कुँवर अगाडी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In