• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 15, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    पचपन्न वर्षको उमेरमा नागरिकता

    पचपन्न वर्षको उमेरमा नागरिकता

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    पचपन्न वर्षको उमेरमा नागरिकता

    पचपन्न वर्षको उमेरमा नागरिकता

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्टः किसान चिन्तित

by
६ चैत्र २०७९,
0
दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्टः किसान चिन्तित
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् ।

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेत, डाँडाखानीलगायत जिल्लाका उच्च लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले खेतीबालीमा क्षति पुर्याएको किसानले बताएका छन् । हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको भकिम्लीका किसान भीमबहादुर थापाले बताए ।

शनिबार हिउँजस्तै जम्नेगरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उनको भनाइ छ । खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौ, उवालगायत भित्र्याउने समय भएका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रदै गरेको मकै, सिमी, आलु, काँक्रो, घिरौला लगायतका तरकारी र बालीका बिरुवामासमेत क्षति पुगेको चिनाखेतका किसान श्याम पुनले बताए ।

त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पु¥याएको छ । असिनाले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौँ, फापर लगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए । अलिअलि भएको बालीसमेत असिनाले नष्ट गरिदिँदा किसान मारमा परेको उनले बताए ।

जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै पाँच हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका किसान भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ । वर्षा भएपछि चैते धान रोप्न र खेतबारीमा मकै बाली लगाउन पाउँदा असिना नपरेका ठाउँका किसान खुसी भएका छन् । “फागुन पहिलो साता रोप्नुपर्ने मकै अहिलेसम्म रोप्न सकिएको थिएन, पानीपरेसँगै खेतबारीमा मकै छर्ने चटारो छ”, ज्यामरुककोटका किसान नारायण सापकोटाले बताए ।

बारीमा मकै लगाउन, लहरेबालीलगायत विभिन्न तरकारी र बर्खे आलु लगाउन भने सहज भएको अन्य किसानको भनाइ थियो । शनिबार र आइतबार जिल्लाको धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण र बेनी नगरपालिका गरी छवटै पालिकामा वर्षा भएको थियो । वर्षासँगै बेकामे बनेका किसान खेतबारीमा व्यस्त हुने भएका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ३५ देखि ४५ प्रतिशतसम्म कमी आएको छ । सबैभन्दा बढी तेलहन बालीमा असर परेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारीबालीमा समेत असर परेको छ ।

विगतका वर्षमा तीनरचार पटक हिमपात भइसक्ने म्याग्दीका उच्च लेकाली क्षेत्रमा यो वर्षभने चैत लागिसक्दा पनि हिमपात हुनसकेको छैन ।

जिल्लाका गुर्जा, मुदी, टोड्के, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा हिमपात नहुँदा पशुपालक किसानलाई समस्या भएको छ । बुकी र खर्कमा हिमपात नभएपछि घाँस पलाउन नसक्दा पशुपालक किसानलाई समस्या भएको हो । समयमा नै हिमपात नहुँदा लेकाली क्षेत्रमा लगाइएको आलुलगायत हिउँदेबालीको उत्पादनमा ह्रास आएको छ भने पशुलाई चरनको समस्या हुने देखिएको किसानले बताएका छन् ।

Previous Post

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

Next Post

प्रधानमन्त्री प्रचण्ड आँफैले खोले गठबन्धन फेर्नुको रहस्य !

सम्बन्धित खबर

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’
आवाज

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

१ जेष्ठ २०८२,
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय
आर्थिक

लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

१ जेष्ठ २०८२,
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जीवन शैली

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

१ जेष्ठ २०८२,
डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित
समाचार

डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

१ जेष्ठ २०८२,
पचपन्न वर्षको उमेरमा नागरिकता
आवाज

पचपन्न वर्षको उमेरमा नागरिकता

१ जेष्ठ २०८२,
कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक
आर्थिक

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

१ जेष्ठ २०८२,
Load More
Next Post
हरेक नागरिकलाई लागोस्– सरकार मेरो अभिभावक हो : प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड आँफैले खोले गठबन्धन फेर्नुको रहस्य !

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In